bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Esther 5
Esther 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 6 →
1
तेस्रो दिन एस्तरले आफ्नो राजकीय पोशाक पहिरिन्, र राजमहलको भित्री आँगनमा उभिरहिन्। राजाचाहिँ सिंहासनमा बसेर मूल ढोकातिर फर्केका थिए।
2
जब राजाले एस्तर रानीलाई आँगनमा उभिरहेकी देखे, तब राजाको निगाह तिनीमाथि भयो, र आफ्नो साथमा लिइराखेको सुनको राजदण्ड उनले तिनीतिर पसारे। तब अगि बढ़ेर एस्तरले राजदण्डको टुप्पालाई छोइन्।
3
राजाले तिनलाई भने, “रानी एस्तर, तिमी के चाहन्छ्यौ? तिमी जेसुकै माग, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।”
4
एस्तरले भनिन्, “हे महाराजा, हजूरलाई असल लागे हजूरको निम्ति मैले तयार गरेको भोजमा आज हामानको साथमा हजूरको सवारी होस्।”
5
एस्तरको इच्छा पूरा गर्न राजाले हामानलाई तुरुन्तै बोलाएर ल्याउने हुकुम गरे। तब एस्तरले तयार गरेको भोजमा राजा र हामान गए।
6
दाखमद्य पिउँदै राजाले एस्तरलाई फेरि भने, “तिमीले मलाई जेसुकै मागे पनि म तिमीलाई दिनेछु। तिम्रो माग के हो भन, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।”
7
जवाफमा एस्तरले भनिन्, “मेरो बिन्ती र अनुरोध यही छ:
8
यदि मैले महाराजाको निगाह पाएकी छु, र यदि मैले मागेको कुरा दिनु र मैले चढ़ाएको बिन्ती पूरा गर्नु महाराजालाई असल लागे हजूर दुवैका निम्ति मैले तयार गरेको भोजमा हजूर महाराजा र हामान भोलि पनि आइबक्सिओस्। भोलि म महाराजालाई आफ्नो कुरा भन्नेछु।”
9
त्यस दिन हामान रमाउँदै र मनमा खुशी हुँदै गए। तर जब तिनले मोर्दकैलाई राजाको मूल ढोकामा र तिनको सामु खड़ा नभएका र नडराएका देखे, तब तिनी रीसले चूर भए।
10
तर आफैलाई सह्मालेर तिनी घर गए। त्यसपछि तिनले आफ्ना मित्रहरू र आफ्नी पत्नी जेरेशलाई बोलाइपठाए, र तिनीहरूलाई आफ्ना धन-सम्पत्ति र धेरै छोराहरू भएको रवाफ,
11
र राजाले तिनलाई उच्च पद दिएका र अरू भारदारहरू र अधिकारीहरूमा आफूलाई बढ़ी मान दिएका कुरा बताए।
12
हामानले भने, “त्यति मात्र होइन, तर रानी एस्तरले तयार गर्नुभएको भोजमा राजासित जान मलाई मात्र रानीले निम्तो दिनुभयो। अनि राजासित जान भोलि पनि मलाई निम्तो दिनुभएको छ।
13
तापनि त्यस यहूदी मोर्दकैलाई राजदरबारको मूल ढोकामा बसिरहेको देख्दा यी सबैले सन्तोषै लाग्दैन।”
14
तब तिनकी पत्नी जेरेश र तिनका सबै मित्रहरूले तिनलाई भने, “पच्चीस मिटर अल्गो एउटा फाँसीको काठ खड़ा गर्नुहोस्, र बिहान मोर्दकैलाई त्यसमा झुण्ड्याउन राजासित बिन्ती गर्नुहोस्। त्यसपछि खुशीसित राजाकहाँ भोजमा जानुहोस्।” हामानलाई यो कुरो साह्रै असल लाग्यो, र तिनले त्यो फाँसीको काठ खड़ा गर्न लगाए।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
Recommended Reading
Commentary
Esther Commentaries
→
Devotional
Esther Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→