bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Mark 12
Mark 12
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 13 →
1
उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा भन्न लाग्नुभयो: “एक जना मानिसले दाखबारी लगाएर त्यसको वरिपरि बार लगाए, र कोलको निम्ति एउटा खाल्डो खने। अनि एउटा मचान बनाएर तिनले दाखबारी मोहीहरूलाई कमाउन दिए, र आफूचाहिँ परदेश लागे।
2
फसलको समयमा तिनले ती मोहीहरूबाट केही फल लिन एक जना नोकरलाई पठाए।
3
तर तिनीहरूले त्यसलाई पक्रेर पिटे र रित्तै हात पठाए।
4
फेरि तिनले तिनीहरूकहाँ अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसको टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे।
5
मालिकले अझै अर्कालाई पठाए, तर त्यसलाई तिनीहरूले मारे, र अरू धेरैलाई पनि पठाए, तर तिनीहरूले कसैलाई पिटे र कसैलाई मारे।
6
“तिनको अब एक जना थियो— तिनका प्रिय पुत्र। ‘तिनीहरूले मेरा छोरालाई त आदर गर्लान्’ भनेर सबैभन्दा पछि तिनले उनैलाई तिनीहरूकहाँ पठाए।
7
“तर ती मोहीहरूले आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, हामी यसलाई मारौं, र हक हाम्रो नै हुनेछ।’
8
अनि तिनीहरूले उनलाई पक्रेर मारे, र दाखबारीको बाहिर फ्याँकिदिए।
9
“तब दाखबारीका मालिकले के गर्नेछन्? तिनी आउनेछन्, र ती मोहीहरूलाई नाश गर्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्।
10
के तिमीहरूले धर्मशास्त्रको यो वचन पढ़ेका छैनौ? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्यो,
11
यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा यो आश्चर्यमय छ।’
12
त्यसपछि तिनीहरूले उहाँलाई पक्रन खोजे, किनकि यो दृष्टान्त उहाँले तिनीहरूकै विरुद्धमा भन्नुभएको हो भनी तिनीहरूले बुझे। तर तिनीहरू भीड़सँग डराएको कारणले उहाँलाई छोड़ेर गइहाले।
13
पछिबाट उहाँलाई कुरामा फसाऔं भनेर तिनीहरूले फरिसीहरू र हेरोदीहरूमध्येका कोही व्यक्तिहरूलाई उहाँकहाँ पठाए।
14
तिनीहरू आएर उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं, तपाईं साँचो हुनुहुन्छ, र कसैको वास्ता गर्नुहुन्न। किनकि तपाईं मुख हेरेर काम गर्नुहुन्न, तर परमेश्वरको मार्ग साँचो रीतिले सिकाउनुहुन्छ। भन्नुहोस्, कैसरलाई कर तिर्नु न्यायसङ्गत छ कि छैन?
15
हामी कर तिरौं कि नतिरौं?” येशूले तिनीहरूको कपटीपन थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन मलाई परीक्षा गर्दछौ? एउटा दिनार ल्याएर देखाओ।”
16
तिनीहरूले एउटा सिक्का ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, “यो तस्वीर र छाप कसको हो?” तिनीहरूले उहाँलाई भने, “कैसरको।”
17
तब येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरका चीजहरू कैसरलाई देओ, र परमेश्वरका चीजहरू परमेश्वरलाई।” तिनीहरूले उहाँसँग अचम्म माने।
18
मृतकबाट पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँकहाँ आए, अनि उहाँलाई सोधे,
19
“गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका छन्, कि कसैको दाजु मर्यो र निस्सन्तान भएर पत्नीलाई छोडिराख्यो भने, उसको भाइले त्यस स्त्रीलाई लैजानुपर्छ र आफ्नो दाजुको निम्ति सन्तान खड़ा गर्नुपर्छ।”
20
एउटा परिवारमा सात भाइ थिए। जेठोले एउटी पत्नी ल्यायो, अनि त्यो मानिस निस्सन्तान भएर मर्यो।
21
अब माहिला भाइले त्यस स्त्रीलाई विवाह गर्यो, र त्यो पनि निस्सन्तान भएर मर्यो। अनि साहिँलाले पनि त्यस्तै गर्यो।
22
अनि सातै भाइको सन्तान भएन। सबैभन्दा पछि त्यो स्त्री पनि मरी।
23
अब मृतकहरूको पुनरुत्थानमा तिनीहरूमध्ये त्यो कसकी पत्नी हुन्छे? किनकि ती सातै जनाले त्यसलाई विवाह गरेका थिए।”
24
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू भूलमा परेको कारण यही होइन र, कि तिमीहरू न त धर्मशास्त्र जान्दछौ, न परमेश्वरको शक्तिलाई जान्दछौ?
25
किनकि जब मृतकबाट तिनीहरूको पुनरुत्थान हुन्छ, तिनीहरू न त विवाह गर्छन्, न तिनीहरूको विवाह हुन्छ, तर तिनीहरू स्वर्गमा भएका दूतहरूजस्तै हुन्छन्।
26
मृतकहरू जीवित भई उठ्ने कुराको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा पढ़ेका छैनौ? कि कसरी पोथ्रोको विषयमा लेखिएको खण्डमा परमेश्वरले मोशालाई भन्नुभयो, ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।’
27
उहाँ मुर्दाहरूका परमेश्वर हुनुहुन्न, तर जिउँदाहरूका हुनुहुन्छ। तिमीहरू एकदमै भूलमा परेका छौ।”
28
शास्त्रीहरूमध्ये एक जना आए, र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने। येशूले मानिसहरूलाई ठीक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, “सबै आज्ञाहरूमा मुख्यचाहिँ कुन हो?”
29
येशूले जवाफ दिनुभयो, “सबैभन्दा मुख्यचाहिँ यो हो: ‘हे इस्राएल सुन्, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ।
30
तैंले परमप्रभु आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर्।’
31
दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।’ योभन्दा ठूलो आज्ञा अर्को छैन।”
32
त्यस शास्त्रीले उहाँलाई भने, “गुरुज्यू, तपाईंले ठीक भन्नुभयो, परमेश्वर एउटै हुनुहुन्छ, उहाँबाहेक अर्को कोही छैन।
33
उहाँलाई सारा हृदयले, सारा समझले, सारा शक्तिले प्रेम गर्नु, र छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु सबै होमबलि र बलिदानहरूभन्दा उत्तम हो।”
34
तिनले बुद्धिमानीसाथ जवाफ दिएका देखेर येशूले तिनलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्यदेखि टाढ़ा छैनौ।” त्यस समयदेखि उहाँलाई प्रश्न गर्ने कसैको साहस भएन।
35
अनि मन्दिरमा सिकाउनुहुँदा येशूले भन्नुभयो, “कसरी ख्रीष्ट दाऊदका पुत्र हुन् भनी व्यवस्थाका शास्त्रीहरू भन्दछन्?
36
किनकि दाऊद आफैले पवित्र आत्माद्वारा भनेका छन्, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैतालामुनि राख्दिनँ।’
37
जब दाऊद आफैले उनलाई ‘प्रभु’ भन्दछन्, त कहाँबाट उनी तिनका पुत्र भए?” अनि त्यहाँको ठूलो भीड़ले उहाँको वचन खुसीसाथ सुन्यो।
38
तब शिक्षा दिनुहुँदा येशूले भन्नुभयो, “शास्त्रीहरूदेखि होशियार रहो। तिनीहरू लामो वस्त्र लाएर यताउता डुल्न र बजारहरूमा अभिवादन पाउन,
39
तथा सभाघरहरूमा प्रमुख स्थान र भोजहरूमा आदरको स्थान पाउन रुचाउँछन्।
40
तिनीहरू विधवाहरूका घर लुट्छन्, तर लोकाचारको लागि लामो-लामो प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले अझ बढ़ी दण्ड पाउनेछन्।”
41
अनि उहाँ मन्दिरको भेटी चढ़ाउने ठाउँको सामुन्ने बस्नुभयो, र भीड़ले भेटीपात्रमा भेटी चढ़ाएको हेर्नुभयो। धेरै धनी मानिसहरूले ठूला-ठूला रकम चढ़ाए।
42
अनि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का, अर्थात् एक पैसा चढ़ाई।
43
आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, भेटीपात्रमा चढ़ाउनेहरूमध्ये यस गरीब विधवाले सबैभन्दा बढ़ी चढ़ाई।
44
किनभने सबैले आफ्नो-आफ्नो प्रशस्तताबाट चढ़ाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरी।”
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16