bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Mark 15
Mark 15
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 16 →
1
बिहान हुने बित्तिकै मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू, शास्त्रीहरू र जम्मै महासभाले आपसमा सल्लाह गरी येशूलाई बाँधेर लगे, र पिलातसकहाँ सुम्पिदिए।
2
पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले उनलाई जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ।”
3
मुख्य पूजाहारीहरूले उहाँमाथि धेरै कुराको दोष लगाए।
4
पिलातसले उहाँलाई फेरि यसो भनेर सोधे, “के तिमीसित केही जवाफ छैन? हेर, तिम्रो विरुद्धमा तिनीहरूले कति कुराहरूको दोष लगाउँछन्।”
5
तर येशूले फेरि केही जवाफ दिनुभएन, यहाँसम्म कि पिलातस छक्क परे।
6
निस्तार-चाड़को बेला मानिसहरूले मागेको एक जना कैदीलाई तिनीहरूका निम्ति पिलातसले छोड्ने गर्थे।
7
विद्रोहको समयमा हत्या गर्ने विद्रोहीहरू झ्यालखानमा थिए। तीमध्ये बारब्बा नाउँको एक जना त्यहाँ थियो।
8
भीड आयो र पिलातसलाई उनको चलनअनुसार तिनीहरूका निम्ति गरिदेऊन् भनी बिन्ती गर्न लाग्यो।
9
पिलातसले यसो भनेर तिनीहरूलाई प्रश्न गरे, “के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?”
10
किनकि ईर्ष्याले गर्दा नै मुख्य पूजाहारीहरूले येशूलाई उनीकहाँ सुम्पेका हुन् भनी उनलाई थाहा थियो।
11
तर बरु बारब्बालाई तिनीहरूका निम्ति उनले छोडिदेऊन् भनेर मुख्य पूजाहारीहरूले भीड़लाई सुर्याए।
12
पिलातसले फेरि तिनीहरूलाई सोधे, “त्यसो भए जसलाई तिमीहरू यहूदीहरूका राजा भन्छौ, उसलाई चाहिँ म के गरूँ त?”
13
तिनीहरू फेरि चिच्च्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्।”
14
पिलातसले तिनीहरूलाई भने, “किन? उसले के अपराध गरेको छ र?” तर झन् साह्रो गरी चिच्च्याएर तिनीहरूले भने, “त्यसलाई क्रूसमा टाँग्नुहोस्।”
15
तब पिलातसले भीड़लाई सन्तुष्ट पार्ने इच्छाले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, र येशूलाई कोर्रा लाएर क्रूसमा टाँग्न सुम्पिदिए।
16
सिपाहीहरूले उहाँलाई प्रेटोरियन, अर्थात् महलभित्र लगे, र जम्मै पल्टनलाई भेला गराए।
17
अनि तिनीहरूले उहाँलाई बैजनी रङ्गको वस्त्र लगाइदिए, र काँढ़ाहरूको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए,
18
अनि “यहूदीहरूका राजाको जय” भन्दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे।
19
अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके, र घुँड़ा टेकेर उहाँलाई दण्डवत् गरे।
20
अनि येशूको गिल्ला गरिसकेपछि तिनीहरूले बैजनी वस्त्र फुकालिदिए, र उहाँका आफ्नै लुगा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्नलाई बाहिर लगे।
21
अनि अलेक्जेन्डर र रूफसका बुबा, कुरेनी बासिन्दा सिमोनलाई गाउँबाट आइरहेका तिनीहरूले भेटे, र येशूको क्रूस बोकेर लैजान तिनलाई कर लगाए।
22
त्यसपछि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा ल्याए— गलगथाको अर्थ खोपड़ीको स्थान हो।
23
अनि तिनीहरूले उहाँलाई मूर्र मिसाएको दाखमद्य दिए। तर उहाँले त्यो ग्रहण गर्नुभएन।
24
तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। अनि कसले कुन भाग पाउने सो निश्चय गर्न चिट्ठा हालेर तिनीहरूले उहाँका लुगाहरू आपसमा बाँड़े।
25
तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो।
26
उहाँको दोष-पत्रमा “यहूदीहरूका राजा” भन्ने लेखिएको थियो।
27
तिनीहरूले उहाँसँग दुई जना डाँकूहरू क्रूसमा टाँगे— एउटालाई उहाँको दाहिनेपट्टि, र अर्कालाई उहाँको देब्रेपट्टि।
28
[धर्मशास्त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।”]
29
त्यहाँबाट जाने मानिसहरूले आफ्नो मुन्टो हल्लाउँदै यसो भनेर उहाँलाई गिल्ला गरे, “वाह! तँ मन्दिर भत्काएर तीन दिनमा बनाउने,
30
क्रूसबाट ओर्लेर आइज, र आफूलाई बचा।”
31
त्यसै गरी मुख्य पूजाहारीहरूले पनि शास्त्रीहरूसँग यसो भन्दै आपसमा उहाँको ठट्टा गरे, “यसले अरूलाई बचायो, तर आफूलाई चाहिँ बचाउन सक्दैन।
32
यो इस्राएलका राजा, ख्रीष्ट अब क्रूसबाट ओर्लेर आओस्, र हामी त्यो देख्नेछौं र विश्वास गर्नेछौं।” उहाँसँग क्रूसमा टाँगेकाहरूले पनि उहाँको निन्दा गरे।
33
बाह्र बजेदेखि तीन बजेसम्म सारा देशलाई अन्धकारले छोप्यो।
34
तीन बजेतिर यसो भनेर येशू ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” — जसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”
35
वरपर उभिनेहरूमध्ये कोही-कोहीले यो सुनेर भने, “सुन, त्यसले एलियालाई बोलाउँदैछ।”
36
अनि एक जनाले दौड़ेर गई एउटा स्पन्ज सिर्कामा पूरै चोपेर एउटा लामो निगालोमा यसो भनेर उहाँलाई पिउन दियो, “हेरौं, कतै एलिया त्यसलाई झार्न आउँछन् कि।”
37
तब येशूले ठूलो सोर निकालेर प्राण त्याग्नुभयो।
38
अनि मन्दिरको पर्दा टुप्पादेखि फेदसम्मै दुई भाग भई च्यातियो।
39
येशूले यसरी प्राण त्याग्नुभएको देखेर उहाँको सामने उभिएका कप्तानले भने, “साँच्चै नै यी मानिस परमेश्वरका पुत्र रहेछन्।”
40
त्यहाँ टाढ़ैबाट हेरिरहने केही स्त्रीहरू पनि थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी अनि सानोचाहिँ याकूब र योसेफकी आमा मरियम र सलोमी थिए।
41
उहाँ गालीलमा हुनुहुँदा, यिनीहरूले उहाँलाई पछ्याउँथे, र उहाँको सेवा-टहल गर्थे। येशूको साथमा यरूशलेममा आएका अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए।
42
तयारीको दिन, अर्थात् शबाथ-दिनको अघिल्लो दिन, साँझ पर्दैथियो।
43
महासभाका प्रतिष्ठित सदस्य अरिमाथियाका योसेफ, जसले परमेश्वरका राज्यको बाटो हेर्दैथिए, तिनले साहसपूर्वक पिलातसकहाँ गएर येशूको लाश मागे।
44
येशू अघि नै मरिसक्नुभएको सुन्दा पिलातस छक्क परे। अनि कप्तानलाई आफूकहाँ बोलाएर उहाँको मृत्यु भएको हो कि होइन भनी सोधपूछ गरे।
45
उहाँको मृत्यु भइसकेको कुरा कप्तानबाट थाहा पाएपछि पिलातसले येशूको मृत शरीर योसेफलाई लैजाने अनुमति दिए।
46
अनि योसेफले मलमलका कपड़ा किने, र लाश तल झारेर कपड़ाले बेह्रे, अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे। त्यसपछि चिहानको मुखमा तिनले एउटा ढुङ्गा राखिदिए।
47
मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखेको ठाउँ हेरिराखेका थिए।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16