bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Mark 3
Mark 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 4 →
1
पछिबाट फेरि उहाँ सभाघरमा पस्नुभयो। त्यहाँ सुकेको हात भएको एक जना मानिस थियो।
2
कतै उहाँले त्यसलाई शबाथ-दिनमा निको पार्नुहुन्छ कि भनी उहाँलाई दोष लाउन मानिसहरू उहाँको चेवामा थिए।
3
तब उहाँले सुकेको हात भएको मानिसलाई भन्नुभयो, “यता आऊ।”
4
उहाँले तिनीहरूलाई भन्नुभयो, “शबाथ-दिनमा भलो गर्नु कि खराबी गर्नु, प्राण बचाउनु कि नाश गर्नु, कुनचाहिँ उचित छ?” तर तिनीहरू चूप लागिरहे।
5
तिनीहरूका हृदयको कठोरतामा दुःखित भई क्रोधित भएर उहाँले तिनीहरू सबैलाई हेर्नुभयो अनि त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात पसार।” त्यसले हात पसार्यो र त्यसको हात निको भयो।
6
तब निस्केर गई उहाँलाई कसरी नाश पारौं भनी फरिसीहरूले तुरुन्तै हेरोदीहरूसँग उहाँको विरुद्धमा मतो गरे।
7
त्यसपछि येशू आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो, र गालीलबाट मानिसहरूको ठूलो भीड उहाँको पछि लाग्यो।
8
यहूदिया, यरूशलेम, इदुमिआ, यर्दनपारी र टुरोस र सीदोनका वरिपरिबाट मानिसहरूको ठूलो भीड उहाँका अचम्मका कामको कीर्ति सुनेर उहाँकहाँ आयो।
9
भीड़ले उहाँलाई नमिचोस् भनी उहाँले आफ्ना चेलाहरूलाई आफ्नो निम्ति एउटा डुङ्गा तयार पार्न लगाउनुभयो।
10
उहाँले धेरैलाई निको पार्नुभएको हुनाले रोग लागेका सबैले उहाँलाई छोऔं भनेर ठेलमठेला गर्दथे।
11
जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे, तब उहाँको अगि घोप्टो परेर यसो भन्दै कराउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”
12
तर उहाँलाई प्रकट नगर्नू भनी तिनीहरूलाई उहाँले कड़ा हुकुम दिनुभयो।
13
त्यसपछि येशू डाँड़ामा उक्लनुभयो, र उहाँले चाहनुभएका जतिलाई बोलाउनुभयो, र तिनीहरू उहाँकहाँ आए।
14
आफूसँग रहन र प्रचार गर्न पठाउनलाई उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो,
15
र तिनीहरूलाई भूतहरू निकाल्ने अधिकार पनि दिनुभयो।
16
ती बाह्र प्रेरितहरू यी नै हुन्: सिमोन, जसको नाउँ उहाँले पत्रुस राख्नुभयो,
17
जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्ना। उहाँले तिनीहरूलाई बोअनर्गेश, अर्थात् गर्जनका छोराहरू भन्ने नाउँ दिनुभयो।
18
अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, र थेदियस, सिमोन कनानी,
19
र यहूदा इस्करियोत जसले उहाँलाई धोका दियो।
20
त्यसपछि येशू फेरि घरतिर जानुभयो। फेरि भीड जम्मा भयो, यहाँसम्म कि उहाँहरूले भोजन खान पनि पाउनुभएन।
21
जब येशूका परिवारले यो सुने, तब उहाँलाई लैजानलाई उनीहरू निस्के, किनकि उहाँको मन ठेगानमा छैन भनी उनीहरू भन्थे।
22
यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “त्यसमा बालजिबुल भूत छ, र भूतहरूको मालिकद्वारा नै त्यसले भूतहरू निकाल्दछ।”
23
तर उहाँले तिनीहरूलाई आफूकहाँ बोलाएर दृष्टान्तहरूमा भन्नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्न सक्छ?
24
कुनै राज्यको आपसमा फूट भयो भने त्यो राज्य टिक्न सक्दैन।
25
कुनै घरको पनि आपसमा फूट भयो भने त्यो घर टिक्न सक्नेछैन।
26
यदि शैतानले शैतानकै विरुद्धमा खड़ा भएर फाटो ल्याएको छ भने त्यो टिक्न सक्दैन, तर त्यसको अन्त्य आइसकेको हुन्छ।
27
कसैले बलियो मानिसको घरमा पसेर उसको धनमाल लुट्न सक्दैन जबसम्म त्यसले त्यो बलियो मानिसलाई पहिला बाँध्दैन। तब पो त्यसले उसको घर लुट्न सक्छ।
28
साँच्चै, म तिमीहरूलाई भन्दछु, मानिसहरूका सबै पाप र ईश्वर-निन्दा क्षमा गरिनेछन्,
29
तर पवित्र आत्माको विरुद्धमा निन्दा गर्नेलाई कदापि क्षमा हुनेछैन, तर त्यो अनन्त पापकर्मको दोषी ठहर्छ।’
30
उहाँले यो वचन भन्नुभयो, किनकि “उसमा अशुद्ध आत्मा छ” भनी तिनीहरूले भनेका थिए।
31
तब उहाँकी आमा र उहाँका भाइहरू त्यहाँ आए, र बाहिरै खड़ा भएर उहाँलाई डाकिपठाए।
32
भीड उहाँको वरिपरि बसिरहेको थियो र तिनीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंलाई बाहिर खोज्दैछन्।”
33
उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?”
34
अनि आफ्नो वरिपरि चारैतिर हेरेर उहाँले भन्नुभयो, “हेर, यी नै हुन् मेरी आमा र मेरा भाइहरू।
35
किनकि जसले परमेश्वरको इच्छा पालन गर्छ त्यो नै मेरो भाइ र मेरी बहिनी र मेरी आमा हुन्।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16