bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Mark 14
Mark 14
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 15 →
1
यसको दुई दिनपछि निस्तार र अखमिरी रोटीको चाड थियो। मुख्य पूजाहारीहरू र शास्त्रीहरू उहाँलाई कसरी छलद्वारा पक्रेर मारौं भन्ने दाउमा थिए।
2
किनभने तिनीहरूले भनेका थिए, “चाड़को बेलामा होइन, नत्रता मानिसहरूमा हूलदङ्गा मच्चिएला।
3
उहाँ बेथानियामा सिमोन कुष्ठरोगीको घरमा खान बस्नुहुँदा एउटी स्त्री विशुद्ध जटामसीको बहुमूल्य अत्तर सिङ्गमरमरको शीशीमा लिएर आई, र त्यो शीशी फुटाएर त्यो सुगन्धित जटामसीको अत्तर उहाँको शिरमा खन्याई।
4
तर कोही-कोहीले रीस गरेर आपसमा भन्न लागे, “यो सुगन्धित अत्तर किन यसरी नोक्सानी गरेको?
5
किनकि यो अत्तर तीन सय चाँदीका सिक्काभन्दा बढ़ीमा बिक्री गरेर गरीबहरूलाई त्यो पैसा दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई झपारे।
6
तर येशूले भन्नुभयो, “छोडिदेओ, किन तिमीहरू यिनलाई सताउँछौ? यिनले मप्रति असल काम गरेकी छे।
7
किनभने गरीबहरू त तिमीहरूसँग सधैँ हुन्छन्, र इच्छा लागेको कुनै पनि समय तिमीहरू तिनीहरूको भलाइ गर्न सक्छौ। तर म त सधैँ तिमीहरूका साथमा हुँदिनँ।
8
यस स्त्रीले जे गर्न सक्थी त्यही गरेकी छे। यिनले मेरो शरीरको दफनको निम्ति अघिबाटै सुगन्धित अत्तर घसेर तयार पारेकी छे।
9
साँच्चै, म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे गरेकी छे यिनको सम्झनाको लागि यो कार्यको वर्णन गरिनेछ।”
10
तब बाह्र चेलाहरूमध्ये एक जना यहूदा इस्करियोतचाहिँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनका निम्ति मुख्य पूजाहारीहरूकहाँ गयो।
11
तिनीहरू यो सुनेर खुसी भए, र त्यसलाई पैसा दिने कबूल गरे। अनि उहाँलाई कसरी पक्राऊँ भनी त्यसले अनुकूल मौका खोज्न लाग्यो।
12
अखमिरी रोटीका चाड़को प्रथम दिनमा, जब तिनीहरूले निस्तार-चाड़को थुमा बलिदान चढ़ाउँथे, उहाँका चेलाहरूले उहाँलाई सोधे, “तपाईंको इच्छा के छ? हामी कहाँ गएर तपाईंको निम्ति निस्तार-चाड़को भोज तयार गरौं?”
13
अनि उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “सहरमा जाओ, र गाग्रोमा पानी बोकेर लैजाने एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। उसको पछि लाग।
14
त्यो मानिस जहाँ पस्ला त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू भन्नुहुन्छ, मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खाने मेरो पाहुना कोठा कहाँ छ?’
15
अनि तिनले तिमीहरूलाई सजिसजाउ गरेर तयार पारिएको माथिल्लो तलाको एउटा ठूलो कोठा देखाउनेछन्, र त्यहीँ तिमीहरूले हाम्रा निम्ति भोज तयार गर।”
16
तब ती चेलाहरू गए, र सहरमा पसे, अनि उहाँले तिनीहरूलाई भन्नुभएजस्तै भेट्टाए, र तिनीहरूले निस्तार-चाड़को भोज तयार गरे।
17
साँझ हुँदा उहाँ बाह्रै जनासँग आउनुभयो।
18
उहाँहरू ढल्केर खानुहुँदैगर्दा येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये मसँग खाने एक जनाले मलाई धोका दिनेछ।”
19
तिनीहरू दुःखित भए, अनि पालैपालो उहाँलाई “के त्यो म हुँ?” भनी सोध्न लागे।
20
उहाँले तिनीहरूलाई भन्नुभयो, “बाह्रैमध्ये एक जना, जसले मसँग थालमा रोटी चोपिरहेछ।
21
किनकि मानिसको पुत्रलाई उसको विषयमा लेखिएबमोजिम हुन्छ, तर धिक्कार त्यस व्यक्तिलाई जसद्वारा मानिसको पुत्रलाई धोका हुन्छ। त्यस मान्छेको त जन्मै नभएको भए असल हुनेथियो।”
22
अनि खाइरहनुहुँदा येशूले रोटी लिनुभयो, आशीर्वाद दिनुभयो र भाँच्नुभयो र तिनीहरूलाई दिँदै भन्नुभयो, “लेओ, यो मेरो शरीर हो।”
23
अनि कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो, र तिनीहरू सबैले त्यसबाट पिए।
24
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति बगाइन्छ।
25
साँच्चै, म तिमीहरूलाई भन्दछु, म दाखको रसबाट त्यस दिनसम्म पिउनेछैनँ, जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिनँ।”
26
अनि एउटा भजन गाएर उहाँहरू निस्केर जैतून डाँड़ातिर जानुभयो।
27
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबै पछि हटिजानेछौ, किनकि यस्तो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र भेड़ाहरू तितरबितर हुनेछन्।’
28
तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा पहिले गालीलमा जानेछु।”
29
पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे तापनि मचाहिँ हट्नेछैनँ।”
30
तब येशूले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, आजकै राती भाले दुई पल्ट बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।”
31
तर तिनले झन् जोड दिएर भने, “तपाईंसँग म मर्नैपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ।” अनि तिनीहरू सबैले त्यसै भने।
32
त्यसपछि उहाँहरू गेतसमनी नाउँ भएको ठाउँमा जानुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरुञ्जेल तिमीहरू यहीँ बस।”
33
तब उहाँले पत्रुस, याकूब र यूहन्नालाई साथमा लैजानुभयो, र उहाँ अत्यन्तै विचलित र ज्यादै खिन्न हुन लाग्नुभयो।
34
उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो आत्मा मृत्युसम्मै शोकले व्याकुल भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।”
35
अनि अलि पर गएर उहाँ भूइँमा घोप्टिनुभयो, र हुन सक्छ भने त्यो घड़ी उहाँबाट टलोस् भनी प्रार्थना गर्नुभयो।
36
अनि उहाँले भन्नुभयो, “अब्बा, पिता, तपाईंको निम्ति सबै कुरा सम्भव छ। यो कचौरा मबाट हटाइदिनुहोस्। तर पनि मैले इच्छा गरेजस्तो होइन, तपाईंले इच्छा गर्नुभएजस्तो होस्।”
37
उहाँ फेरि आउनुहुँदा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, के तिमी निदाइरहेछौ? के एक घण्टा पनि जागा बस्न सकेनौ?
38
जागा रहो, अनि प्रार्थना गर, र तिमीहरू परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ।”
39
फेरि गएर उहाँले दोहोर्याएर त्यही प्रार्थना गर्नुभयो।
40
फेरि आएर उहाँले तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा निद्राले साह्रै लट्ठिएका थिए, र उहाँलाई के जवाफ दिने हो, सो जानेनन्।
41
उहाँ तेस्रो पल्ट आउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै निदाउँदैछौ र आराम गरिरहेका छौ? अब भयो, बेला आइपुग्यो। हेर, मानिसको पुत्र पापीहरूका हातमा पक्राउ पर्न लागेको छ।
42
उठ, जाऔं। हेर, मलाई विश्वासघात गर्ने नजिकै छ।”
43
येशू बोल्दैहुनुहुँदा बाह्रै चेलाहरूमध्येको एक जना यहूदा अचानक त्यहाँ देखा पर्यो। मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरूले पठाएको एक दल तरवार र लाठो लिएर त्यससँग त्यहाँ आयो।
44
उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई यस्तो एउटा सङ्केत दिएको थियो, “जसलाई म म्वाइँ खाउँला त्यो व्यक्ति तिनै हुन्, तिनलाई पक्र र पहरा दिएर लैजाओ।”
45
अनि सोझै येशूकहाँ गएर यहूदाले भन्यो, “हे रब्बी,” र उहाँलाई म्वाइँ खायो।
46
तब तिनीहरूले येशूलाई समाते र गिरफ्तार गरे।
47
त्यहाँ नजिक उभिनेहरूमध्ये कुनै एउटाले तरवार थुतेर प्रधान पूजाहारीको कमारालाई प्रहार गर्यो, र त्यसको कान च्वाट्ट काटिदियो।
48
येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू एउटा डाँकूलाई जस्तै तरवार र लाठोसमेत लिएर मलाई पक्रन आएका छौ?
49
दिनदिन मन्दिरमा सिकाउँदै म तिमीहरूसँग थिएँ, र तिमीहरूले मलाई गिरफ्तार गरेनौ। तर धर्मशास्त्र पूरा होस्।”
50
अनि सबै चेलाहरू उहाँलाई त्यागेर भागे।
51
आफ्नो शरीरलाई एउटा सूती कपड़ाले मात्र बेह्रेको एक जना जवान उहाँको पछि लाग्यो। तिनीहरूले त्यस जवानलाई समाते,
52
तर कपड़ा छोड़ेर त्यो नाङ्गै भाग्यो।
53
तब तिनीहरूले येशूलाई प्रधान पूजाहारीकहाँ लगे, र त्यहाँ सबै मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्त्रीहरू जम्मा भएका थिए।
54
पत्रुसचाहिँ टाढ़ैबाट प्रधान पूजाहारीको आँगनभित्र उहाँको पछिपछि लागे, अनि त्यहाँ सिपाहीहरूसँग बसेर तिनी आगो ताप्न लागे।
55
अब मुख्य पूजाहारी र जम्मै महासभाले येशूलाई मार्नको निम्ति उहाँको विरुद्धमा गवाही खोजे, तर केही पाएनन्।
56
धेरैले उहाँको विरुद्धमा झूटो गवाही दिए। तर तिनीहरूले दिएको गवाहीले मेल खाएन।
57
कसै-कसैले उठेर उहाँको विरुद्धमा यसो भन्दै गवाही दिए,
58
“यसले यसो भनेको हामीले सुन्यौं, ‘मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु, र हातैविना बनाइएको अर्को मन्दिर म तीन दिनमा निर्माण गर्नेछु’।”
59
तर यसमा पनि तिनीहरूको गवाही एकै मतको थिएन।
60
तब प्रधान पूजाहारीले बीचमा खड़ा भएर येशूलाई सोधे, “के तँसँग केही जवाफ छैन? यी मानिसहरूले तेरो विरुद्धमा गवाही दिएको के हो?”
61
तर येशू चूप लाग्नुभयो, र केही जवाफ दिनुभएन। फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ परमधन्यको पुत्र ख्रीष्ट होस्?”
62
येशूले भन्नुभयो, “म हुँ, अनि तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने बाहुलीतर्फ बसिरहेको र आकाशका बादलहरूका साथमा आइरहेको देख्नुहुनेछ।”
63
तब प्रधान पूजाहारीले आफ्नो वस्त्र च्यातेर भने, “हामीलाई अरू साक्षीहरूको के दरकार पर्यो र?
64
तिमीहरूले ईश्वर-निन्दा त सुनिहाल्यौ। तिमीहरूको के विचार छ?” अनि तिनीहरू सबैले उहाँलाई मृत्युदण्डको योग्य ठहराए।
65
अनि कोही-कोहीले उहाँलाई थुक्न लागे, र उहाँको मुख छोपेर उहाँलाई थप्पड़ हानेर भने, “अगमवाणी बोल्।” त्यसपछि पहरादारले उहाँलाई आफ्नो जिम्मामा लिए, र उहाँलाई मुक्का हाने।
66
पत्रुस तल आँगनमा हुँदा प्रधान पूजाहारीका नोकर्नीहरूमध्ये एक जना त्यहाँ आई,
67
र पत्रुसलाई आगो तापिरहेका देखेर तिनलाई नियालेर हेरी भनी, “तिमी पनि येशू नासरीसँग थियौ।”
68
तर तिनले यसो भन्दै इन्कार गरे, “तिमीले के भनेकी त्यो न जान्दछु न बुझ्दछु।” अनि तिनी बाहिरको मूल ढोकातिर गए। अनि भाले बास्यो।
69
नोकर्नीले उभिनेहरूसँग फेरि भन्न लागी, “यिनी त तिनीहरूमध्येका एक हुन्।”
70
तर पत्रुसले फेरि इन्कार गरे। तर केही बेरपछि वरपर उभिनेहरूले फेरि पत्रुसलाई भने, “पक्कै, तिमी तिनीहरूमध्येका एक हौ, किनकि तिमी गालीली हौ।”
71
तर तिनले आफूलाई धिक्कार्दै कसम खाएर भन्न लागे, “जसको विषयमा तिमीहरू भन्छौ त्यस मानिसलाई म चिन्दिनँ।”
72
अनि तुरुन्तै दोस्रो पल्ट भाले बास्यो, र पत्रुसलाई येशूले यसो भन्नुभएको कुरा सम्झना भयो, “भाले दुई पल्ट बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” अनि त्यस कुरालाई सम्झेर तिनी धुरुधुरु रोए।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16