bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Mark 9
Mark 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 10 →
1
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, यहाँ उभिएकाहरूमध्ये कोही-कोही छन्, जसले परमेश्वरको राज्य शक्तिमा आएको नदेखुञ्जेल कुनै किसिमले मृत्यु चाख्नेछैनन्।
2
त्यसको छ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्नालाई उहाँको साथ लिई एउटा उच्च पहाड़मा लैजानुभयो। त्यहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो, अनि तिनीहरूका सामुन्ने उहाँको रूप बद्लियो।
3
अनि उहाँका वस्त्र उज्ज्वल र अति सेता भए, यस्तो कि पृथ्वीमा कसैले पनि धोएर त्यतिको सेतो पार्न सक्दैन।
4
त्यहाँ तिनीहरूकहाँ एलिया र मोशा देखा परे, र उनीहरू येशूसँग बातचीत गरिरहेका थिए।
5
पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामी यहाँ भएको असल भयो। हामी यहाँ तीन वटा वासस्थान बनाऔं, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति।”
6
तिनीहरू ज्यादै डराएको कारणले के भन्ने हो सो तिनले जानेनन्।
7
अनि एउटा बादल आएर तिनीहरूलाई ढाक्यो, र बादलबाट एउटा आवाज निस्क्यो, “यिनी मेरा प्रिय पुत्र हुन्, तिमीहरूले उनको वचन सुन।”
8
अनि झट्टै वरिपरि हेर्दा तिनीहरूले आफ्ना साथमा येशूलाई बाहेक अरू कसैलाई देखेनन्।
9
उहाँहरू पहाड़बाट ओर्लंदैगर्नुहुँदा येशूले तिनीहरूलाई “मानिसको पुत्र मृतकबाट पुनरुत्थान नहोउञ्जेल तिनीहरूले जे देखेका थिए त्यो कसैलाई नभन्नू भनी आज्ञा दिनुभयो।
10
तिनीहरूले त्यो कुरा आफ्नो मनमा राखे, तर मृतकबाट पुनरुत्थान हुनु भनेको के हो भनी आपसमा बातचीत गर्न लागे।
11
अनि तिनीहरूले उहाँलाई यसो भनेर सोधे, “पहिला एलिया आउनुपर्छ भनी व्यवस्थाका शास्त्रीहरू किन भन्छन्?”
12
येशूले भन्नुभयो, “निश्चय नै, एलिया पहिले आउँछन्, र सबै कुराको पुनर्स्थापना गर्छन्। तर मानिसको पुत्रले धेरै कष्ट भोगेर अरूबाट तिरस्कृत हुनेछ भनी कसरी धर्मशास्त्रमा लेखिएको छ त?
13
तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र उनको विषयमा लेखिएबमोजिम उनीसँग जे मन पर्यो तिनीहरूले त्यसै गरे।”
14
उहाँहरू अरू चेलाहरूकहाँ फर्किआउँदा तिनीहरूलाई एउटा ठूलो भीड़ले घेरिराखेको र तिनीहरूसँग शास्त्रीहरूले बहस गरिरहेका उहाँहरूले देख्नुभयो।
15
जम्मै भीड़ले उहाँलाई देख्ने बित्तिकै साह्रै आश्चर्य माने, र उहाँकहाँ दौड़ेर गई उहाँलाई अभिवादन गरे।
16
उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू यिनीहरूसँग केको बहस गर्दैछौ?”
17
भीड़बाट एक जनाले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मेरो छोरालाई गूँगो पार्ने आत्मा लागेको छ, र तपाईंकहाँ ल्याएको छु।
18
जब यसले मेरो छोरालाई पक्रन्छ, त्यसलाई भूइँमा पछार्छ, र त्यसले मुखबाट फीँज काढ्छ, र त्यसले दाह्रा किट्न लाग्छ, र त्यो अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई त्यो भूतात्मा निकालिदेऊन् भनी बिन्ती गरें, तर तिनीहरूले सकेनन्।”
19
तब उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “ए अविश्वासी पुस्ता, म कहिलेसम्म तिमीहरूसँग रहुँला? तिमीहरूलाई कति सहूँ? त्यसलाई मकहाँ ल्याओ।”
20
तिनीहरूले त्यस केटालाई उहाँकहाँ ल्याए। येशूलाई देख्ने बित्तिकै त्यस आत्माले केटालाई लछारपछार पार्यो, र त्यो भूइँमा पछारिएर फीँज काढ्दै लड़ीबड़ी गर्न लाग्यो।
21
उहाँले त्यसका बाबुलाई सोध्नुभयो, “कहिलेदेखि यसलाई यस्तो भएको हो?” तिनले भने, “बाल्यकालदेखि नै।
22
यसलाई नाश गर्न त्यस आत्माले घरीघरी यसलाई आगो र पानीमा पनि फालेको छ। यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने, दया गरी हामीलाई मद्दत गरिदिनुहोस्।”
23
येशूले तिनलाई भन्नुभयो, “‘तपाईंले सक्नुहुन्छ!’ भनी के भनेको? विश्वास गर्नेको लागि त सबै कुरा सम्भव छ।”
24
तब झट्टै केटाको बाबुले कराएर भने, “म विश्वास गर्दछु। मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्।”
25
तब भीड एकसाथ दगुरी आएको देखेर उहाँले त्यस अशुद्ध आत्मालाई यसो भनेर हप्काउनुभयो, “ए गूँगो र बहिरो आत्मा, म तँलाई हुकुम गर्दछु, त्यसबाट निस्केर आइज, र फेरि कहिल्यै त्यसभित्र नपस्।”
26
अनि चिच्च्याएर त्यस केटालाई साह्रै लछारपछार पारी त्यो आत्मा निस्क्यो, र त्यो केटो मुर्दासरि भयो, यहाँसम्म कि धेरैले त त्यो मरेछ भनी ठाने।
27
तर येशूले त्यसको हात समातेर त्यसलाई जुरुक्क उठाउनुभयो, र त्यो उठ्यो।
28
अनि जब उहाँ घरमा जानुभयो तब उहाँका चेलाहरूले गुप्तमा उहाँलाई यसो भनी सोधे, “हामीले त्यसलाई किन निकाल्न सकेनौं?”
29
उहाँले तिनीहरूलाई भन्नुभयो, “यस किसिमको चाहिँ प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन।”
30
अनि त्यहाँबाट निस्केर उहाँहरू गालील भएर जानुभयो। यो कुरा कसैले थाहा नपाओस् भन्ने उहाँको इच्छा थियो,
31
किनकि उहाँले आफ्ना चेलाहरूलाई शिक्षा दिँदैहुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्र मानिसहरूका हातमा सुम्पिदिइनेछ, र तिनीहरूले उसलाई मार्नेछन्, र ऊ मारिएको तीन दिनपछि फेरि जीवित भई उठ्नेछ।”
32
तर उहाँले भन्नुभएको यो कुरा तिनीहरूले बुझेनन्, र उहाँसँग सोध्न डराए।
33
उहाँहरू कफर्नहुममा आउनुभयो, र घरमा हुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, “बाटोमा तिमीहरूले के बहस गरिरहेका थियौ?”
34
तर तिनीहरू चूप रहे, किनकि बाटोमा तिनीहरूले “हामीमा सबैभन्दा महान् को हो?” भनी आपसमा बहस गरेका थिए।
35
तब उहाँ बस्नुभयो, र बाह्रै जनालाई बोलाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “कोही मानिस पहिलो हुने इच्छा गर्छ भने, त्यो सबैभन्दा पछिल्लो र सबैको सेवक हुनुपर्छ।”
36
अनि एक जना सानो बालकलाई लिएर उहाँले त्यसलाई तिनीहरूका बीचमा राख्नुभयो, र त्यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्नुभयो,
37
“जसले यस्ता साना बालकहरूमध्ये एक जनालाई मेरो नाउँमा ग्रहण गर्छ त्यसले मलाई नै ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ।”
38
यूहन्नाले उहाँलाई भने, “गुरुज्यू, एक जना मान्छेले तपाईंको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्यौं। हामीले त्यसलाई त्यसो गर्न मनाही गर्यौं, किनकि त्यो हामीलाई पछ्याउने मान्छे होइन।”
39
तर येशूले भन्नुभयो, “त्यसलाई मनाही नगर, किनकि मेरो नाउँमा शक्तिको काम गर्नेले तुरुन्तै मेरो विरुद्धमा खराब बोल्नेछैन।
40
किनकि जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो पक्षमा छ।
41
किनभने जसले तिमीहरू ख्रीष्टका हौ भनेर तिमीहरूलाई मेरो नाउँमा एक कचौरा पानी पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु, त्यसले कुनै किसिमले आफ्नो इनाम गुमाउनेछैन।
42
“जसले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई बाधा देला, त्यसको निम्ति त बरु एउटा ठूलो जाँतोको ढुङ्गा त्यसको घिच्रोमा झुण्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो।
43
यदि तिम्रो हातले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ। दुई हात भएर नरकको ननिभ्ने आगोमा जानुभन्दा डुँड़ो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो। [
44
नरकमा त न कीराहरू मर्दछन्, न आगो नै निभ्दछ। ]
45
अनि तिम्रो खुट्टाले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ। दुई खुट्टा भएर नरकमा फालिनुभन्दा त खोरन्डो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो। [
46
नरकमा न कीराहरू मर्दछन्, न आगो नै निभ्दछ। ]
47
यदि तिम्रो आँखाले तिमीलाई बाधा दिन्छ भने त्यसलाई झिकेर फालिदेऊ। दुई आँखा भएर नरकमा फालिनुभन्दा त एक आँखा भएर परमेश्वरको राज्यमा पस्नु तिम्रो निम्ति असल हो।
48
नरकमा त न कीरा मर्दछन्, न आगो नै निभ्दछ।
49
किनकि प्रत्येकलाई आगोले नै नुनिलो पार्छ।
50
“नून असल हो, तर नूनको स्वाद गयो भने त्यो केले स्वादिलो तुल्याउने? तिमीहरू आफू-आफूमा नून राख, र आपसमा शान्तिमा रहो।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16