bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Mark 16
Mark 16
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
1
शबाथ-दिन बितेपछि मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित द्रव्य येशूको शरीरमा घस्नलाई किने।
2
साताको पहिलो दिनमा बिहानै घाम झुल्कँदा तिनीहरू चिहानमा गए।
3
अनि तिनीहरूले आपसमा भने, “हाम्रा निम्ति चिहानको ढोकाको ढुङ्गा कसले हटाइदेला?
4
अनि मास्तिर हेर्दा तिनीहरूले चिहानको त्यो ढुङ्गा हटाइराखेको देखे। त्यो ढुङ्गा खूब ठूलो थियो।
5
अनि चिहानभित्र पसेर तिनीहरूले सेतो वस्त्र लाएको एक जना जवान मानिसलाई दाहिनेपट्टि बसिरहेको देखे, र तिनीहरू आश्चर्यचकित भए।
6
तर उनले तिनीहरूलाई भने, “आश्चर्य नमान, तिमीहरू नासरतका येशूलाई खोज्दछौ, जो क्रूसमा टाँगिनुभएको थियो। उहाँ जीवित भई उठ्नुभएको छ। उहाँ यहाँ हुनुहुन्न। उहाँलाई राखेको ठाउँ हेर।
7
जाओ, र उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ कि उहाँ तिमीहरूका अगिअगि गालीलमा जाँदैहुनुहुन्छ। उहाँले तिमीहरूलाई भन्नुभएबमोजिम तिमीहरू उहाँलाई त्यहाँ देख्नेछौ।”
8
तिनीहरू निस्केर चिहानबाट दौड़े, किनकि डर र आश्चर्यले तिनीहरू कामिरहेका थिए। अनि तिनीहरूले कसैलाई केही भनेनन्, किनकि तिनीहरू डराएका थिए।
9
[हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभएपछि उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो। तिनीबाट येशूले सात वटा भूतहरू निकाल्नुभएको थियो।
10
मरियमले गएर उहाँका चेलाहरूलाई यो खबर दिइन्। तिनीहरू विलाप गर्दै रोइरहेका थिए।
11
तर जब येशू जीवित हुनुभयो र मरियमकहाँ देखा पर्नुभयो भन्ने कुरा तिनीहरूले सुने, तब तिनीहरूले पत्याएनन्।
12
त्यसपछि दुई चेलाहरू गाउँतिर गइरहेको बेला तिनीहरूकहाँ उहाँ अर्को रूपमा देखा पर्नुभयो।
13
अनि तिनीहरू फर्केर गई अरूहरूलाई बताए। तर तिनीहरूले उनीहरूलाई पनि विश्वास गरेनन्।
14
पछिबाट उहाँ एघार चेलाहरूकहाँ तिनीहरू भोजनमा बसेको बेला देखा पर्नुभयो। अनि तिनीहरूको अविश्वास र हृदयका कठोरताको लागि उहाँले तिनीहरूलाई हप्काउनुभयो। किनभने उहाँ मृतकबाट जीवित भई उठ्नुभएपछि उहाँलाई देख्नेहरूका कुरा तिनीहरूले विश्वास गरेका थिएनन्।
15
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर।
16
विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ।
17
विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्,
18
तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्ना हात राख्नेछन् र तिनीहरू निको हुनेछन्।
19
तब यसरी तिनीहरूसँग बोलिसक्नुभएपछि प्रभु येशू स्वर्गारोहण हुनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो।
20
अनि ती चेलाहरूले गएर सबै ठाउँमा प्रचार गरे। प्रभुले तिनीहरूका साथमा काम गर्दैरहनुभयो, र चिन्हहरूद्वारा वचनलाई सुदृढ़ पार्नुभयो। आमेन।]
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16