bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Mark 2
Mark 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 3 →
1
केही दिनपछि उहाँ कफर्नहुम फर्कनुभयो, अनि मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्ने सुने।
2
अनि यति धेरै मानिसहरू जम्मा भए कि तिनीहरू त्यहाँ अटाएनन्, यहाँसम्म कि ढोकाको बाहिर पनि ठाउँ भएन, र उहाँले तिनीहरूलाई परमेश्वरको वचन प्रचार गर्दैहुनुहुन्थ्यो।
3
अनि चार जनाले बोकेको एक जना पक्षाघातीलाई लिएर मानिसहरू उहाँकहाँ आए।
4
भीड़को कारणले येशूको नजिक त्यस मानिसलाई पुर्याउन नसक्दा तिनीहरूले उहाँ हुनुभएको ठाउँको माथिको छाना खोले, र उघारिएको ठाउँबाट पक्षाघातीलाई त्यो सुतेको खाटसमेत तल ओह्रालिदिए।
5
येशूले तिनीहरूको विश्वास देखेर त्यस पक्षाघातीलाई भन्नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भए।”
6
तर त्यहाँ केही शास्त्रीहरू बसिरहेका थिए, र आफ्ना मनमा यसो भनेर विचार गरिरहेका थिए,
7
“यस मानिसले किन यसरी बोल्दछ? यो त ईश्वर-निन्दा हो। केवल एक, अर्थात् परमेश्वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?”
8
अनि तिनीहरू आपसमा यसरी विचार गर्दैछन् भन्ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “किन तिमीहरू आफ्ना मनमा यस्तो विचार गर्दैछौ?
9
पक्षाघातीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्नु, कि ‘उठ, तिम्रो खाट उठाएर हिँड़’ भन्नु, कुनचाहिँ सजिलो छ?
10
तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो,
11
“म तिमीलाई भन्दछु, उठ, तिम्रो खाट उठाऊ, र घर जाऊ।”
12
त्यो उठ्यो, र तुरुन्तै खाट उठाएर सबैका सामुन्नेबाट गइहाल्यो। यहाँसम्म कि, सबै जना आश्चर्य-चकित भए, र “हामीले यस्तो त कहिल्यै देखेका छैनौं” भन्दै तिनीहरूले परमेश्वरको महिमा गरे।
13
उहाँ फेरि एक पल्ट समुद्रको किनारमा जानुभयो। अनि मानिसहरूको एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो।
14
त्यसपछि जाँदैगर्दा उहाँले अल्फयसका छोरा लेवीलाई कर उठाउनेहरूको ठाउँमा बसिरहेका देख्नुभयो र तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” तिनी उठेर उहाँको पछि लागे।
15
उहाँ लेवीको घरमा भोजन गर्न बस्नुहुँदा कर उठाउने धेरै जना र पापीहरू पनि येशू र उहाँका चेलाहरूका साथमा बसिरहेका थिए। किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए।
16
उहाँ पापीहरू र कर उठाउनेहरूसँग खाइरहनुभएको देखेर फरिसी दलका शास्त्रीहरूले उहाँका चेलाहरूलाई भने, “तिनी किन कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?”
17
यो सुनेर येशूले तिनीहरूलाई भन्नुभयो, “निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”
18
यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बस्तथिए। मानिसहरूले आएर उहाँलाई भने, “यूहन्नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्तछन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”
19
येशूले तिनीहरूलाई भन्नुभयो, “के दुलहा तिनीहरूका साथमा रहुञ्जेल जन्तीहरू उपवास बस्छन् र? जहिलेसम्म दुलहा तिनीहरूका साथमा हुन्छन् तिनीहरू उपवास बस्दैनन्।
20
तर समय आउनेछ, जब दुलहा तिनीहरूबाट अलग गराइनेछन्, तब तिनीहरू त्यस दिन उपवास बस्नेछन्।
21
“कसैले पुरानो लुगामा नयाँ कपड़ाको टालो हाल्दैन, नत्रता टालेको कपड़ा फाटिनिस्कन्छ, अर्थात् नयाँ पुरानोबाट फाटेर निस्कन्छ, र फटाइ झन् नराम्रो हुनेछ।
22
अनि कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता त्यस दाखमद्यले छालाका मशकहरू फुटाइदिन्छ, र दाखमद्य र मशक पनि नष्ट हुन्छन्। तर नयाँ दाखमद्यचाहिँ नयैँ भाँड़ामा हालिन्छ।”
23
एक शबाथ-दिन उहाँ अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। त्यताबाट जाँदा उहाँका चेलाहरूले हिँड्दाहिँड्दै अन्नका बाला टिप्न लागे।
24
यो देखेर फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, शबाथ-दिनमा जे गर्नु अनुचित छ तिनीहरू किन त्यही गर्दछन्?”
25
उहाँले तिनीहरूलाई भन्नुभयो, “जब दाऊद र तिनीसँग हुनेहरू खाँचोमा परेका र भोकाएका थिए तब दाऊदले के गरे? के तिमीहरूले कहिल्यै पढ़ेका छैनौ?
26
प्रधान पूजाहारी अबियाथारको पालोमा परमेश्वरको भवनमा तिनी पसे, र परमेश्वरलाई चढ़ाइएको रोटी खाए, जो पूजाहारीले बाहेक अरूले खान अनुचित छ, र त्यो रोटी तिनको साथमा हुनेहरूलाई पनि दिए।”
27
तिनीहरूलाई उहाँले भन्नुभयो, “शबाथ-दिन मानिसको लागि बनेको हो, मानिस शबाथ-दिनको निम्ति होइन।
28
यसैकारण मानिसको पुत्र शबाथ-दिनको पनि प्रभु हो।”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16