bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Song of Solomon 2
Song of Solomon 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 3 →
1
म त शारोनको गुलाफ र बेँसीमा उम्रने लिली फूल हुँ,
2
काँढ़ाहरूका माझमा फुलेको लिली फूलझैँ मेरी प्यारी अन्य कन्येहरूका बीचमा छिन्।
3
वनमा भएका रूखहरूमध्ये स्याउको रूखजस्तै पुरुषहरूका बीचमा मेरा प्रेमी हुनुहुन्छ। त्यस छहारीमा म बड़ो आनन्दले बस्छु अनि उहाँको फलको स्वाद मलाई साह्रै मीठो लाग्छ।
4
उहाँले मलाई भोजको गृहमा लानुभएको छ, र ममाथि भएको उहाँको झन्डा प्रेम हो।
5
मलाई सजीव पार्न किसमिसको परिकार दिनुहोस्, स्याउले मलाई ताजा बनाउनुहोस् किनभने म प्रेमले शिथिल भएकी छु।
6
उहाँको देब्रे हात मेरो शिरमुनि छ, र उहाँको दाहिने हातले मलाई अँगालो हालेको छ।
7
यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्छु, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा: आफूले नचाहेसम्म प्रेमलाई नउठाओ वा नजगाओ।
8
सुन! मेरा प्रेमीको सोर! हेर त! उहाँ आउँदैहुनुहुन्छ, पहाड़हरूमा हामफाल्दै डाँड़ाहरू हुँदो दर्गुदै आउनुहुन्छ।
9
मेरा प्रेमी त एउटा हरिण वा जवान मृगजस्तै हुनुहुन्छ। हेर त! उहाँ हाम्रो पर्खालको पछाड़ि उभिनुभएको छ, उहाँले झ्यालहरूभित्र हेर्दैहुनुहुन्छ, आँखी-झ्यालभित्र चियाउँदैहुनुहुन्छ।
10
मेरा प्रेमी बोल्नुभयो र मलाई भन्नुभयो, “उठ, हे मेरी प्यारी, मेरी सुन्दरी, र मसित आऊ।
11
हेर, अब हिउँद बित्यो, वर्षा पनि सिद्धियो।
12
पृथ्वीमा फूलहरू देखा पर्न थाले, गीत गाउने समय आयो, र ढुकुर कुर्लेको सोर हाम्रो देशमा सुनिन्छ।
13
अञ्जीरका बोटमा अञ्जीरका हरिया दाना लागेका छन्, र दाखबारीमा दाखको फूलले मीठो बास्ना फिँजाउँछ। उठ, मेरी प्यारी, मेरी सुन्दरी, र मसित आऊ।”
14
पहरामा गोप्य प्वालहरू हुँदो, भिरालो चट्टानमा बस्ने मेरी ढुकुर, मलाई तिम्रो अनुहार देखाऊ, तिम्रो सोर सुन्न पाऊँ, किनभने तिम्रो सोर मीठो छ, र तिम्रो मुहार सुन्दर छ।
15
हाम्रा निम्ति फ्याउराहरू समातिदेऊ, यी ससाना फ्याउराहरू, जसले दाखबारी बिगार्छन्, भरखरै पलाएको हाम्रो दाखबारी।
16
मेरा प्रेमी मेरै हुनुहुन्छ, र म उहाँकी हुँ, लिली फूलहरूका बीचमा उहाँ घुमेर हिँड्नुहुन्छ।
17
झिसमिसे बिहान नआएसम्म र छाया हराउँदै नगएसम्म, फर्कनुहोस्, मेरा प्रेमी, भिराला पर्वतहरूतिर हुने हरिण अथवा जवान मृगझैँ हुनुहोस्।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8