bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Song of Solomon 4
Song of Solomon 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 5 →
1
मेरी प्यारी, तिमी साह्रै सुन्दरी छ्यौ! असाध्यै सुन्दरी! घुम्टोभित्र लुकेका तिम्रा आँखा ढुकुरजस्ता छन्, तिम्रा केश गिलाद डाँड़ाको भिरालोबाट झरिरहेका बाख्राको बगालजस्तै छ।
2
तिम्रा दाँत भरखरै कत्रेका, नुहाएर आएका भेड़ाहरूका बथानजस्तै छन्। प्रत्येकको जुम्ल्याहा छ, कुनै पनि एकलो छैन।
3
तिम्रा ओठ राता रिबनजस्ता छन्, तिम्रो मुख अति सुन्दर छ। घुम्टोभित्र तिम्रा गालाहरू दुई फ्याक परेको दारिमजस्तै छन्।
4
तिम्रो घाँटी दाऊदको भव्य धरहराजस्तै छ। त्यहाँ एक हजार ढाल झुण्डाइएका छन्, ती सबै योद्धाहरूका ढाल हुन्।
5
तिम्रा दुई स्तन दुई पाठाजस्तै छन्, लिली फूलका बीचमा चर्ने हरिणका जुम्ल्याहा पाठाजस्तै छन्।
6
झिसमिसे बिहान नआएसम्म र छाया हराउँदै नगएसम्म, म मूर्रको पर्वतमा र धूपको डाँड़ामा जानेछु।
7
मेरी प्यारी, तिमी साह्रै सुन्दरी छ्यौ, तिमीमा कुनै दाग छैन।
8
हे मेरी दुलही, लेबनानबाट मकहाँ आऊ, लेबनानबाट मकहाँ आऊ। अमानाको चुचुरोबाट ओह्रालो झरेर आऊ, सेनीरको टुप्पा, हेर्मोनको टाकुराबाट आऊ, सिंहहरूका ओड़ार र चितुवाहरूका पहाड़ी अखड़ाबाट।
9
तिमीले मेरो हृदय चोरेकी छ्यौ, मेरी बहिनी, मेरी दुलही तिम्रो एउटै नजरले, तिम्रो हारको एउटा रत्नले तिमीले मेरो हृदय चोरेकी छ्यौ।
10
तिम्रो प्रेम कति आनन्ददायी छ, मेरी बहिनी, मेरी दुलही। कुनै दाखमद्यभन्दा पनि तिम्रो प्रेम साह्रै असल, र तिम्रो अत्तरको बास्ना कुनै पनि मसलाको भन्दा अति सुगन्धित छ!
11
तिम्रा ओठले महका चाकाबाट जस्तै मिठास चुहाउँछ, हे मेरी दुलही। दूध र मह तिम्रो जिब्रोमुनि छन्। तिम्रा लुगाको बास्ना लेबनानको जस्तै छ।
12
मेरी बहिनी, मेरी दुलही, तिमी बन्द राखिएको बगैँचाजस्तो, छोपिएको मुहानजस्तो, एउटा छाप लगाएकी फुहाराजस्तै छ्यौ।
13
तिम्रा बोटहरू अनारको बगैँचाजस्तै छन्, उत्तम फलहरूले भरिएको बगैँचा— मेहदी र जटामसी,
14
जटामसी र केशर, बोझो र दालचिनी, थरी-थरीका सुगन्धित धूपका रूखहरू, मूर्र र एलवा, र सबै किसिमका असल सुगन्धित मसलाहरू।
15
तिमी त बगैँचाको फुहारा, लेबनानबाट बग्दैआएकी पानीको मूल हौ।
16
हे उत्तरको बतास, जाग्। हे दक्षिणको बतास, आइज! मेरो बगैँचाबाट हुँदै बही, यसको बास्ना टाढ़ासम्म पुगोस्। मेरा प्रेमी आफ्नो बगैँचामा आऊन्, र यसका उत्तम फलहरू चाखून्।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8