bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Song of Solomon 8
Song of Solomon 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
1
यदि तपाईं मेरी आमाको स्तन चुसेर हुर्केका मेरो निम्ति दाजुजस्तै हुनुभए त, मैले तपाईंलाई बाहिर भेट्टाएमा म तपाईंलाई चुम्बन गर्नेथिएँ, र कसैले मलाई निन्दा गर्नेथिएन।
2
म तपाईंलाई लिएर मेरी आमाको घरमा लैजाने थिएँ— तिनले मलाई शिक्षा दिएकी हुन्। म तपाईंलाई मसलायुक्त दाखमद्य, र मेरा दारिमको ताजा रस पिउनलाई दिनेथिएँ।
3
उहाँको देब्रे हात मेरो शिरमुनि छ, र उहाँको दाहिने हातले मलाई अँगालो हालेको छ।
4
यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्छु: आफूले नचाहेसम्म प्रेमलाई नउठाओ वा नजगाओ।
5
आफ्ना प्रेमीसित अड़ेस लाग्दै उजाड़-स्थानतिरबाट आउने को छ? स्याउको रूखमुनि मैले तपाईंलाई उत्तेजित पारें, त्यहीँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरिन्, त्यहीँ तपाईंलाई जन्म दिन तिनलाई सुत्केरी बेथा लागेको थियो।
6
मलाई तपाईंको हृदयमा एउटा छापजस्तै लगाउनुहोस्, तपाईंको पाखुरामा एउटा छापजस्तै, किनभने प्रेमचाहिँ मृत्युजस्तै प्रबल हुन्छ, यसको तृष्णा चिहानजस्तै हठी। त्यो कुनै पनि ज्वालाभन्दा पनि कड़ा दन्केको आगोझैँ दन्किन्छ।
7
थुप्रै पानीका भलले पनि प्रेमलाई मेट्न सक्दैन, खोलाहरूले यसलाई कदापि बगाउन सक्दैनन्। कुनै मानिसले प्रेमको सट्टामा आफ्नो घरको सारा सम्पत्ति नै दिए तापनि त्यो त बिल्कुलै तिरस्कार गरिनेथियो।
8
हाम्री एउटी सानी बहिनी छिन्, तिनका स्तन सानै छन्। तिनलाई विवाह गर्न कोही माग्न आए त्यस दिन हामी के गरौं?
9
यदि तिनी पर्खाल भए त, हामीले तिनीमाथि चाँदीका धरहरा खड़ा गर्नेथियौं। यदि तिनी ढोका भए त, हामी देवदारुका फल्याकले बारेर बन्द गर्ने थियौं।
10
म एक पर्खाल हुँ, र मेरा स्तन धरहराजस्तै छन्। त्यसैले म उहाँको नजरमा सन्तुष्टि दिने भएकी छु।
11
बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो, उहाँले आफ्नो बारी अधियाँ लाउनुभयो, र अधियाँ लिएका हरेकले फलफूलको सट्टा एक हजार चाँदीका सिक्का बुझाउनुपर्थ्यो।
12
तर मेरो आफ्नै दाखबारी दिने अधिकार त मेरै हो, हे सोलोमन, ती हजार सिक्का तपाईंकै निम्ति हुन्, र दुई सय ती फलफूल हुर्काउनेहरूका निम्ति हुन्।
13
आफ्ना मित्रहरूको उपस्थितिमा तिमी बगैँचाहरूमा बस्ने, तिम्रो सोर म सुन्न पाऊँ!
14
बाहिर निस्केर आउनुहोस्, हे मेरा प्रेमी, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा हुने हरिण अथवा जवान मृगजस्तै हुनुहोस्।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
All chapters:
1
2
3
4
5
6
7
8