bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Song of Solomon 7
Song of Solomon 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 8 →
1
हे राजकुमारकी छोरी, जुत्ता लाएका तिम्रा खुट्टा कति राम्रा छन्। एउटा निपुण कारीगरले रचेका जस्तै तिम्रा हिसी परेका खुट्टा रत्नझैँ छन्।
2
तिम्रो नाभि गोलो बटुकोजस्तै छ, जसमा मिसाएका दाखमद्यको अभाव कहिल्यै हुँदैन। तिम्रो पेट लिली फूलहरूले घेरिएको गहूँको राशिजस्तै छ।
3
तिम्रा स्तनहरू दुई पाठाहरूजस्तै छन्, हरिणका दुई जुम्ल्याहा पाठाहरूझैँ।
4
तिम्रो घाँटी हस्ती-हाड़को धरहराजस्तै छ, तिम्रा आँखा बाथ-रब्बीमका ढोकाको छेउमा रहेका हेश्बोनका पोखरीहरूजस्ता छन्। तिम्रो नाक दमस्कसतिर फर्केको लेबनानको धरहराजस्तै छ।
5
तिम्रो शिरले कर्मेल डाँड़ाजस्तै तिमीलाई मुकुट लगाइदिएको छ। तिम्रो शिरको केश राजकीय पर्दाझैँ छ। केश राशिले राजा मोहित छन्।
6
तिमी कति सुन्दरी र मनोहर छ्यौ, हे प्रिय, तिम्रो आनन्दमा!
7
तिम्रो शरीरको कद खजूरको रूखजस्तै, र तिम्रा स्तनहरू फलका झुप्पाझैँ छन्।
8
मैले भनें, “म खजूरको रूखमा चढ्नेछु, र यसका फल समात्नेछु।” तिम्रा स्तनहरू दाखका झुप्पाहरूजस्तै, तिम्रो सासको बास्ना स्याउको सुगन्धझैँ,
9
र तिम्रो मुख उत्तम दाखमद्यजस्तै होऊन्। ओठ र दाँतबाट भएर बिस्तारै बग्दै दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्।
10
म मेरा प्रेमीकी हुँ, र उहाँको तृष्णा मेरै निम्ति छ।
11
आउनुहोस्, मेरा प्रेमी, खेतबारी हुँदो डुल्न जाऔं, र राती गाउँतिर वास बसौं।
12
हामी बिहानै दाखबारीमा जाऔं, दाखमा कोपिला लागेर फक्रेका छन् कि, र दारिमहरूका फूल लागेछन् कि हेरौं— त्यहाँ म तपाईंलाई मेरो प्रेम दिनेछु।
13
दूधे-फूलहरूले आफ्नो बास्ना फैलाइरहेका छन्, सबै किसिमका स्वादिला फलहरू हाम्रै ढोकामा छन्, नयाँ र पुराना फलहरू, जो मैले तपाईंको निम्ति साँचिराखेकी छु, हे मेरा प्रेमी।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8