bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Song of Solomon 3
Song of Solomon 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 4 →
1
रातभर मेरो ओछ्यानमा मेरो हृदयले प्रेम गरेका प्रेमीलाई मैले खोजें, मैले उहाँलाई खोजें तर भेट्टाइनँ।
2
म अब उठेर सहरतिर लाग्नेछु, गल्ली र चोकहरूतिर। मेरो हृदयले प्रेम गरेका प्रेमीलाई म खोज्नेछु। यसरी मैले उहाँलाई खोजें तर भेट्टाइनँ।
3
सहरमा घुम्दै गरेका पहरेदारहरूले मलाई भेट्टाए। “के तपाईंले मेरो हृदयका प्रेमीलाई देख्नुभयो?”
4
तिनीहरूलाई छोड़ेर अलिक परसम्म मात्र म अगि बढ़ेकी थिएँ कि मेरो हृदयका प्रेमीलाई मैले भेटें। मैले उहाँलाई मेरी आमाको घर, मलाई जन्म दिनुहुनेको कोठामा नल्याउञ्जेलसम्म नछोड़ीकन समातेर राखें।
5
यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्दछु, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा: आफूले नचाहेसम्म प्रेमलाई नउठाओ वा नजगाओ।
6
व्यापारीका सबै मसलाहरूबाट बनिएको मूर्र र धूपले सुगन्धित भएर, उजाड़-स्थानबाट धूवाँको मुस्लाजस्तै, माथि आउँदै गरेका यिनी को हुन्?
7
हेर त! यो त सोलोमनको सवारी पालकी हो, यसलाई इस्राएलका सुयोग्य साठी जना योद्धाहरूले सुरक्षा गरी लिइ हिँड़ेका छन्,
8
सबैले तरवार भिरेका छन्, युद्धमा ती निपुण हुन्, तिनका तरवार छेउमा छन्, रात्रिको त्रासलाई सामना गर्न।
9
राजा सोलोमनले आफ्नै निम्ति बनाउनुभएको पालकी लेबनानबाट झिकाइएका काठबाट बनाइएको हो।
10
उहाँले यसका डन्डा चाँदी र आधार सुनले बनाउनुभयो। यसको बस्ने आसन बैजनी वस्त्रले ढाकियो, र यसको भित्री भाग यरूशलेमका छोरीहरूले अति राम्ररी जड़ियो।
11
सियोनका छोरीहरू हो, बाहिर निस्केर आओ, राजा सोलोमनले मुकुट लगाउनुभएको हेर, त्यो मुकुट जुन उहाँकी आमाले विवाहको दिन, उहाँको हृदय रमाएको दिनमा पहिराइदिएकी थिइन्।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8