bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Song of Solomon 6
Song of Solomon 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 7 →
1
हे स्त्रीहरूमध्ये अति सुन्दरी, तिम्रा प्रेमी कहाँ गए? उनी बाटोको कुन मोड़तिर लागे, र हामी तिमीसित उनलाई खोजौं?
2
मेरा प्रेमी आफ्नै बगैँचातिर सुगन्धित मसलाका ड्याङमा झर्नुभएको छ, आफ्नो मन भुलाउन र लिली फूलहरू बटुल्न जानुभएको छ।
3
म मेरा प्रेमीको आफ्नै हुँ, र मेरा प्रेमी मेरै हुनुहुन्छ। उहाँ लिली फूलहरूका बीचमा मन भुलाउँदैहुनुहुन्छ।
4
हे मेरी प्यारी, तिमी तिर्साजस्तै सुन्दरी र यरूशलेमझैँ राम्री छ्यौ, तिमी झन्डा फहराउँदै गरेका सेनाजस्तै प्रतापी छ्यौ।
5
तिम्रा आँखा मबाट तर्काऊ, तिनले मलाई व्याकुल पार्छन्। तिम्रा केश गिलाद डाँड़ाबाट ओर्लंदै गरेका बाख्राहरूजस्तै छन्।
6
तिम्रा दाँत भरखरै नुहाएर आएका भेड़ाहरूको बगालजस्तै छन्। प्रत्येकको जुम्ल्याहा छ, कुनै पनि एकलो छैन।
7
घुम्टोभित्र तिम्रा गालाहरू दुई फ्याक परेका दारिमजस्तै छन्।
8
चाहे साठी वटा रानी होऊन्, चाहे असी वटा भित्रिनीहरू, चाहे अनगन्ती कन्ये-केटीहरू होऊन्,
9
तर मेरी बिलकुलै ठीक ढुकुर, तिनी विशेष छिन्, तिनकी आमाकी एउटै र मन परेकी छोरी। कन्याहरूले तिनलाई देखे र भाग्यमानी भने, रानीहरू र भित्रिनीहरूले तिनको प्रशंसा गरे।
10
प्रभातझैँ उदय भएकी, चन्द्रमाझैँ सुन्दरी, सूर्यझैँ चहकिलो, ताराहरूले भरिएको आकाशझैँ प्रतापी यिनी को हुन्?
11
बदामका रूख भएका बगैँचातिर म त्यहाँका उब्जनी हेर्न गएँ, बोटहरूमा कोपिला लागेछन् कि, अथवा अनारमा फूल फुलेका छन् भनी म हेर्न गएँ।
12
मैले थाहा पाउन अघि नै मेरो चाहनाले मलाई मेरा मानिसहरूका राजकीय रथहरूतिर लगे।
13
हे शूलम्मी, फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ र हामी तिमीलाई एक टक लाएर हेर्न सकौं। महानोमको नाचमा झैँ शूलम्मीलाई तिमीहरू किन एक टक लाएर हेर्न चाहन्छौ?
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8