bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Song of Solomon 5
Song of Solomon 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 6 →
1
हे मेरी बहिनी, मेरी दुलही, म मेरो बगैँचामा आएँ, मैले मेरो सुगन्धित मसलासमेत मेरो मूर्र बटुलें। मैले मेरो महको चाका र मेरो मह खाएँ। मैले मेरो दाखमद्य र मेरो दूध पिएँ। खाओ, हे मित्रहरू हो, र पिओ, अघाउञ्जेल पिओ, प्रेमीहरू हो।
2
म त सुतें, तर हृदयचाहिँ जागै थियो। सुन त, मेरा प्रेमीले ढोका ढकढक्याइरहनुभएको छ। “हे मेरी बहिनी, मेरी प्यारी, ढोका खोल, मेरी निर्दोष ढुकुर। मेरो शिर शीतले भिजेको छ, मेरो कपाल रातीको चिसोले भिजेको छ।”
3
मैले मेरो लुगा फुकालिसकेकी छु, के मैले त्यो फेरि लाउनू? मैले मेरा खुट्टा धोइसकेकी छु के मैले ती फेरि मैला गर्नू?
4
मेरा प्रेमीले छेस्किनी खोल्न हात हाल्दा मेरो हृदय उहाँको लागि धड्कन लाग्यो।
5
मेरा प्रेमीको निम्ति ढोका खोल्न उठें, र मेरा हातहरूबाट मूर्र चुहुँदै थियो, र मेरा औँलाहरूबाट ढोकाको ताल्चामा मूर्र चुह्यो।
6
मेरा प्रेमीको निम्ति ढोका खोलें तर उहाँ त हिँड़िसक्नु भएछ, त्यहाँ हुनुहुन्नथियो। उहाँको प्रस्थानले मेरो हृदयलाई शोकित बनायो, मैले उहाँलाई खोजें तर भेटिनँ, मैले उहाँलाई पुकारें तर उहाँले जवाफ दिनुभएन।
7
सहरमा घुम्दै गरेका पहरेदारहरूले मलाई भेटे, तिनीहरूले मलाई पिटे र चोटै-चोट पारे, पर्खालका ती पहरेदारहरूले मेरो खास्टो पनि खोसेर लगे।
8
हे यरूशलेमका छोरी हो, म तिमीहरूलाई आज्ञा गर्छु, मेरा प्रेमीलाई भेट्यौ भने, तिमीहरूले के भनौला? म प्रेमले शिथिल भएकी छु भनिदिनू।
9
हे स्त्रीहरूमध्ये अति सुन्दरी, अरूहरूभन्दा तिम्रा प्रेमी कसरी उत्तम छन्? अरूहरूभन्दा तिम्रा प्रेमी कसरी उत्तम छन्, ताकि तिमीले हामीलाई यस्तो आज्ञा गर्छ्यौ?
10
दश हजारमध्ये पनि मेरा प्रेमी श्रेष्ठ, उज्ज्वल र रातो-पिरो हुनुहुन्छ।
11
उहाँको शिर निखुर सुनको छ, उहाँको केश घुम्रिएको र कागजस्तो कालो छ।
12
उहाँका आँखाहरू पानीका खोलाको छेउमा बस्ने ढुकुरहरूजस्ता, दूधले पखालिएको, बहुमूल्य पत्थर जड़िएका जस्ता छन्।
13
उहाँका गालाहरू बास्ना फिँजाउने सुगन्धित मसलाका ड्याङजस्तै छन्। उहाँका ओठ मूर्रको रस चुहाउने लिली फूलहरूजस्ता छन्।
14
उहाँका हात पीतमणि जड़िएका सुनका लहुरोजस्तै छन्। उहाँका पेट नीरहरू जड़ेर सजाइएको, टल्काइएको हस्ती-हाड़जस्तो छ।
15
उहाँका गोड़ा शुद्ध सुनका जगमा बसालिएका सिङ्गमरमरका खामाहरूजस्तै छन्। उहाँको आकार लेबनानजस्तै, त्यसका देवदारुजस्तै उत्तम छ।
16
उहाँको मुख मिठासले नै भरिएको छ, उहाँ पूर्ण रूपले सुन्दर हुनुहुन्छ। उहाँ नै मेरा प्रेमी, मेरा मित्र हुनुहुन्छ, हे यरूशलेमका छोरीहरू हो।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8