bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Chronicles 12
1 Chronicles 12
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 13 →
1
दावीदलाई कीशका छोरा शाऊलको सामुबाट निष्कासन गरिएको बेलामा सिक्लगमा दावीदकहाँ आउने मानिसहरू यिनीहरू नै थिए। (तिनीहरू योद्धाहरू मध्येका थिए, जसले दावीदलाई लडाइँमा सघाएका थिए।
2
तिनीहरू धनुर्धारी थिए, र काँड हान्न सक्ने अथवा दायाँ-बायाँ दुवै हातले घुँयेत्रोले ढुङ्गा हान्न सक्ने क्षमता भएका मानिसहरू थिए। तिनीहरू बेन्यामीनी कुलबाट शाऊलका आफन्तहरू थिए):
3
गिबियाति शेमाहका छोराहरू अहीएजेर र योआश तिनीहरूका अगुवा थिए; अज्मावेतका छोराहरू यजीएल र पेलेत; बराकाह, अनातोती येहू;
4
अनि गिबोनबाट यिश्मायाह, जो तीस जनामध्येका एक वीर मानिस थिए, जो ती तीस जना वीरहरूमध्येका अगुवा थिए; गदेराबाट यर्मिया, यहजीएल, योहानान, योजाबाद,
5
एलूजै, यरीमोत, बाल्याह, शमर्याह, र हारूपीबाट शपत्याह;
6
कोरहवंशीबाट एल्काना, यिश्याह, अजरेल, योएजेर र यशोबाम थिए;
7
अनि गदोरबाट यरोहामका छोराहरू योएलह र जबदियाह थिए।
8
केही गादीहरू दावीदसँग मिल्न भनी उजाडस्थानमा भएको गढमा तिनीकहाँ आए। तिनीहरू बहादुर योद्धाहरू थिए, लडाइँ गर्न तयार रहेका ढाल र भाला चलाउन सक्ने योद्धाहरू थिए। तिनीहरूका अनुहार सिंहका अनुहारझैँ र तिनीहरू पहाडहरूका घोरलहरूझैँ फूर्तिला थिए।
9
एजेरचाहिँ तिनीहरूका मुखिया थिए; दोस्रोमा ओबदिया, तेस्रोमा एलिआब,
10
चौथो मिश्मन्ना, पाँचौँ यर्मिया,
11
छैटौँ अत्तै, सातौँ एलीएल,
12
आठौँ योहानान, नवौँ एल्जाबाद,
13
दसौँ यर्मिया र एघारौँचाहिँ मक्बन्ने।
14
यी गादीहरू सेनाका सेनापतिहरू थिए; जसमा सबैभन्दा कमजोर एक सय सेना बराबर र सबैभन्दा बलियाचाहिँ एक हजार सेना बराबरका थिए।
15
यिनीहरू ती नै मानिसहरू थिए, जसले पहिलो महिनामा यर्दन नदी तरेका थिए; जुन बेला नदीको पानी किनारसम्मै उर्लेर आएको थियो। अनि यिनीहरूले नै पूर्व र पश्चिमतिर बेँसीहरूमा बसेका सबै मानिसहरूलाई भगाएका थिए।
16
बेन्यामीनी र यहूदाबाट पनि केही मानिसहरू दावीदलाई भेट्न तिनको गढमा आए।
17
दावीद तिनीहरूलाई भेट्न बाहिर निस्केर आए, र तिनीहरूलाई भने, “यदि तिमीहरू मकहाँ मिलापको लागि र मेरो सहायताको लागि आएका हौ भने म तिमीहरूसँग मिलाप गर्न तयार छु; तर म निर्दोष हुँदा-हुँदै पनि तिमीहरूले मलाई धोका दिएर मेरा शत्रुहरूको हातमा सुम्पनलाई आएका हौ भने हाम्रा पुर्खाहरूका परमेश्वरले यो कुरा देखून्, र तिमीहरूको न्याय गरून्।”
18
तब ती तीस जनाका मुखिया अमासैमाथि परमेश्वरको आत्मा आउनुभयो र तिनले भने: “हे दावीद, हामी तपाईंका हौँ! हे यिशैका छोरा, हामी तपाईंकै साथमा छौँ! शान्ति र सफलता तपाईंकै होस्, अनि तपाईंलाई सहायता गर्नेहरूको पनि सफलता होस्; किनकि तपाईंका परमेश्वरले तपाईंलाई सहायता गर्नुहुनेछ।” यसकारण दावीदले तिनीहरूलाई ग्रहण गरे, र तिनीहरूलाई आफ्ना लुटपाट गर्ने सेना दलहरूका अगुवाहरू बनाए।
19
जब दावीद पलिश्तीहरूसँग शाऊलको विरुद्धमा लडाइँ गर्न गएका थिए, तब मनश्शेका केही मानिसहरूले शाऊललाई छाडेर दावीदलाई पछ्याए। (दावीद र तिनका मानिसहरूले पलिश्तीहरूलाई सहायता गरेनन्; किनकि पलिश्तीहरूको सरसल्लाहपछि तिनीहरूका शासकहरूले दावीदलाई फिर्ता पठाइदिए। तिनीहरूले भने, “यदि दावीदले आफ्ना मालिक शाऊलसँग मिलेर हामीलाई त्यागिदिए भने हामीले हाम्रा टाउकाको मूल्य चुकाउनुपर्नेछ।”)
20
जब दावीद सिक्लगमा गए, तब उनीसँग मिल्न आएका मनश्शेका मानिसहरू यिनीहरू नै थिए: अदनाह, योजाबाद, यदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्लतै। मनश्शेको कुलबाट यिनीहरू हजार सैन्य दलमाथिका अगुवाहरू थिए।
21
तिनीहरूले दावीदलाई लुटपाट गर्ने सैनिक दलहरूका विरुद्धमा सहायता गरे; किनकि तिनीहरू सबै वीर योद्धाहरू र तिनका सेनाका सेनापतिहरू थिए।
22
दावीदसँग परमेश्वरका सेनाझैँ ठूलो सेना नभएसम्म दिन प्रतिदिन तिनलाई सहायता गर्न मानिसहरू आए।
23
याहवेहले भन्नुभएझैँ शाऊलको राज्य दावीदलाई सुम्पन हेब्रोनमा दावीदकहाँ आएका लडाइँका निम्ति हतियारले सुसज्जित भई आउने मानिसहरूको संख्या यही हो:
24
यहूदाबाट ढाल र भाला बोकेर लडाइँका निम्ति सुसज्जित भएका योद्धाहरू 6,800 थिए।
25
शिमियोन कुलबाट लडाइँका निम्ति तयार भएका योद्धाहरू 7,100 थिए।
26
लेवी कुलबाट 4,600 थिए।
27
तीबाहेक हारूनको परिवारका अगुवा यहोयादा सहित 3,700 पुरुषहरू सामेल थिए,
28
अनि एक जवान वीर योद्धा सादोक, जो आफ्ना परिवारका 22 अधिकृतहरूसहित थिए।
29
शाऊलको कुल, बेन्यामीनका आफन्तहरूबाट 3,000 थिए, जसमध्ये धेरै जना त्यस बेलासम्म शाऊलका घरानाप्रति विश्वासयोग्य भई बसेका थिए।
30
एफ्राइमको कुलबाट आफ्नै वंशहरूमा प्रसिद्ध रहेका 20,800 वीर योद्धाहरू थिए।
31
मनश्शेका आधा कुलबाट, अर्थात् दावीदलाई राजा बनाउनलाई नाम नै तोकेर बोलाइएकाहरू 18,000 थिए।
32
इस्साखारको कुलबाट ती मानिसहरू, जसले उचित समय बुझेका र इस्राएलले के गर्नुपर्छ भन्ने ठिक कुरा जान्नेहरू थिए। तिनीहरूका अधीनमा रहेका सबै आफन्तहरू समेत 200 मुखियाहरू थिए।
33
जबूलूनको कुलबाट दावीदलाई पूर्ण रूपमा इमानदारीतासाथ सहायता गर्नलाई सबै प्रकारका हातहतियार भिरेर लडाइँ गर्न तयार रहेका निपुण 50,000 योद्धाहरू थिए।
34
नप्तालीको कुलबाट ढाल र भाला बोकेका 37,000 मानिसहरूसहित 1,000 अधिकारीहरू थिए।
35
दानको कुलबाट लडाइँका निम्ति तयार रहेका 28,600 मानिसहरू थिए।
36
आशेरको कुलबाट लडाइँको निम्ति तयार रहेका अनुभवी योद्धाहरू 40,000 थिए।
37
अनि यर्दनको पूर्वपट्टिका रूबेन, गाद र मनश्शेको आधा कुलबाट हरेक किसिमका हातहतियारले सुसज्जित भएका 120,000 मानिसहरू थिए।
38
यी सबै लडाकु मानिसहरू थिए, र स्वेच्छापूर्वक सबै दर्जामा सेवा गर्न राजी थिए। तिनीहरू दावीदलाई इस्राएलमाथि राजा बनाउने दृढ संकल्प लिएर हेब्रोनमा आए। बाँकी सबै इस्राएलीहरू पनि दावीदलाई राजा बनाउन एउटै मनका भए।
39
ती मानिसहरूले दावीदसँग खाँदै र पिउँदै तीन दिन बिताए। किनभने तिनीहरूका परिवारले तिनीहरूका निम्ति सरसामानहरू जुटाइदिएका थिए।
40
तिनीहरूका इलाका नजिक रहेका इस्साखार, जबूलून र नप्तालीहरू पनि गधा, ऊँट, खच्चर र गोरुहरूमा भोजन लदाएर आए। इस्राएलमा खुशी छाएको कारणले त्यहाँ पिठो, सुकेको नेभारा, किसमिस, दाखमद्य, जैतुनको तेल, गोरुहरू र भेडाहरू प्रशस्त मात्रामा थिए।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29