bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Chronicles 5
1 Chronicles 5
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 6 →
1
इस्राएलका जेठा छोरा रूबेन थिए, (तिनी जेठो छोरा भए तापनि तिनले आफ्ना पिताकी उपपत्नीसँग शारीरिक सम्बन्ध राखेर आफ्ना पिताको वैवाहिक ओछ्यानलाई अशुद्ध पारिदिएका हुनाले तिनको जेष्ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो। यसकारण तिनलाई वंशावलीको सूचीमा जेठो छोरा गनिएको छैन।
2
यहूदा आफ्ना दाजुभाइहरूमध्ये सबैभन्दा बलियो र तिनीबाट नै शासक आएको भए तापनि ज्येष्ठ अधिकारचाहिँ योसेफको भयो)।
3
इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हानोक, पल्लू, हेस्रोन र कर्मी।
4
योएलका सन्तानहरू: योएलका छोरा शमायाह, शमायाहका छोरा गोग, गोगका छोरा शिमी,
5
शिमीका छोरा मीका, मीकाका छोरा रायाह, रायाहका छोरा बाल,
6
बालका छोरा बीराह, जसलाई अश्शूरका राजा तिग्लत-पिलेसेरले कैद गरेर लगेका थिए। बेराचाहिँ रूबेनीहरूका अगुवा थिए।
7
तिनीहरूका वंशावलीमा वंशअनुसार सूचित गरिएका तिनीहरूका आफन्तहरू: यीएल, जो मुखिया थिए; जकरिया,
8
अनि अजाजका छोरा बेला, जो शेमाका नाति र योएलका पनाति थिए। तिनीहरू अरोएरदेखि नेबो र बाल-मोनसम्म फैलिएको क्षेत्रमा बसोबास गरे।
9
तिनीहरूले पूर्वपट्टि यूफ्रेटिस नदीसम्म फैलिएको उजाडस्थानको किनारको जमिनसम्म नै कब्जा गरे। किनकि गिलादमा तिनीहरूका गाईबस्तुको संख्या बढेको थियो।
10
शाऊलको शासनकालमा रूबेनीहरूले हग्रीहरूको विरुद्धमा युद्ध गरे। तिनीहरूले हग्रीहरूलाई परास्त गरे। अनि तिनीहरूले गिलादको पूर्वपट्टि हग्रीहरूका सम्पूर्ण इलाकामा रहेका छाउनीहरूलाई कब्जा गरे।
11
गादीहरू रूबेनीहरूका नजिक बाशानमा बसे। तिनीहरूको इलाका सलेकासम्मै फैलिएको थियो:
12
बाशानमा योएल मुखिया थिए। तिनीपछि दोस्रोमा शापान, त्यसपछि यानै र शापात थिए।
13
तिनीहरूका आफन्तहरू परिवारअनुसार यिनै थिए: मिखाएल, मशुल्लाम, शेबा, योरै, याकान, जीआ र एबेर—जम्मा सात जना।
14
यिनीहरू अबीहेलका छोराहरू थिए। अबीहेल हूरीका छोरा थिए। हूरी यारोहका छोरा थिए, यारोह गिलादका छोरा थिए; गिलाद मिखाएलका छोरा थिए; मिखाएल यशीशैका छोरा थिए, यशीशै यहदोका छोरा थिए र यहदो बूजका छोरा थिए।
15
गुनीका नाति, अब्दीएलका छोरा अही तिनीहरूका परिवारका प्रमुख अगुवा थिए।
16
गिलादीहरू गिलादमा बाशान र यसका वरपरका गाउँहरूमा र शारोनका सबै खर्कहरू फैलिएका ठाउँसम्म बसोबास गरे।
17
यी सबै मानिसहरूका नामहरू यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका शासनकालमा वंशावलीको सूचीमा लेखिएको थियो।
18
रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलसित युद्धका निम्ति तयार रहेका 44,760 तालिम प्राप्त मानिसहरू थिए, जो ढाल र तरवार चलाउन सक्ने, धनु चलाउन सक्ने, र युद्धका निम्ति निपुण योद्धाहरू थिए।
19
तिनीहरूले हग्रीहरू, यतूर, नापीश र नोदाबको विरुद्धमा युद्ध गरे।
20
तिनीहरूले परमेश्वरबाट युद्धमा सहायता पाए। अनि परमेश्वरले हग्रीहरू र तिनीहरूका सबै मित्रराष्ट्रहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। किनकि युद्धको समयमा तिनीहरूले उहाँलाई पुकारेका थिए। उहाँले तिनीहरूको पुकार सुन्नुभयो; किनकि तिनीहरूले उहाँमाथि भरोसा राखेका थिए।
21
तिनीहरूले हग्रीहरूका गाईबस्तु, अर्थात् पचास हजार ऊँट, दुई लाख पचास हजार भेडा र दुई हजार गधा कब्जा गरे। तिनीहरूले एक लाख मानिसहरूलाई पनि कैद गरेर लगे।
22
अनि अरू धेरैचाहिँ मारिए; किनकि त्यो लडाइँ परमेश्वरले नै हुन दिनुभएको थियो। निर्वासनमा नलगिएसम्म तिनीहरू त्यस देशमै बसोबास गरे।
23
मनश्शेको आधा कुलका मानिसहरू अनगन्ती थिए। तिनीहरू त्यस देशमा बाशानदेखि बाल-हर्मोनसम्म, अर्थात् सेनीर (हेर्मोन पर्वत) सम्म बसोबास गरे।
24
तिनीहरूका परिवारका अगुवाहरू यिनै थिए: एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदवियाह र यहदीएल। तिनीहरू साहसी लडाकु, प्रसिद्ध मानिसहरू, र तिनीहरूका परिवारका मुख्य अगुवाहरू थिए।
25
तर तिनीहरू आफ्ना पितापुर्खाहरूका परमेश्वरप्रति विश्वासयोग्य भएनन्। अनि परमेश्वरले तिनीहरूकै सामु नष्ट पार्नुभएका देशका मानिसहरूका देवताहरूको पछि लागेर तिनीहरूले वेश्यावृत्ति गरे।
26
यसकारण इस्राएलका परमेश्वरले अश्शूरका राजा पूललाई (अर्थात् अश्शूरका राजा तिग्लत-पिलेसेरलाई) उस्काउनुभयो, जसले रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई निर्वासनमा लगे। राजाले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीमा लगे, जहाँ तिनीहरू आजको दिनसम्म नै छँदैछन्।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29