bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Chronicles 26
1 Chronicles 26
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 27 →
1
द्वारपालहरूका दलहरू यस प्रकारका थिए: कोरहवंशीहरूबाट: मेशेलेम्याह कोरेका छोरा, जो आसापका छोराहरूमध्ये एक थिए।
2
मेशेलेम्याहका छोराहरू: पहिलो छोरो जकरिया, दोस्रो यदीएल, तेस्रो जबदियाह, चौथो यत्नीएल,
3
पाँचौँ एलाम, छैटौँ यहोनान र सातौँ एल्यहोएनै।
4
ओबेद-एदोमका पनि छोराहरू थिए: पहिलो शमायाह, दोस्रो यहोजाबाद, तेस्रो योआ, चौथो साकार, पाँचौँ नथनिएल,
5
छैटौँ अम्मीएल, सातौँ इस्साखार र आठौँ पुल्लतै। (किनकि परमेश्वरले ओबेद-एदोमलाई आशिष् दिनुभएको थियो।)
6
ओबेद-एदोमका छोरा शमायाहका पनि छोराहरू थिए, जो आफ्ना पिताका परिवारमा अगुवाहरू थिए; किनकि तिनीहरू धेरै योग्यता भएका मानिसहरू थिए।
7
शमायाहका छोराहरू: ओत्नी, रपाएल, ओबेद र एल्जाबाद; तिनका आफन्तहरू एलीहू र समक्याह पनि योग्यता भएका मानिसहरू थिए।
8
यी सबै ओबेद-एदोमका सन्तान थिए; तिनीहरू र तिनीहरूका छोराहरू र तिनीहरूका आफन्तहरू शक्तिशाली थिए। ओबेद-एदोमका सन्तानहरू जम्मा 62 जना थिए।
9
मेशेलेम्याहका छोराहरू र आफन्तहरू, जो योग्य मानिसहरू थिए। तिनीहरू जम्मा 18 जना थिए।
10
मरारी होसाका छोराहरू: पहिलो शिम्री, (यद्यपि तिनी जेठो छोरा नभए तापनि तिनका पिताले तिनलाई अगुवा तुल्याएका थिए);
11
दोस्रो हिल्कियाह, तेस्रो तबल्याह र चौथो जकरिया। होसाका छोराहरू र आफन्तहरू जम्मा 13 जना थिए।
12
द्वारपालहरूका दलहरूका यी अगुवाहरूद्वारा याहवेहको भवनमा आफ्ना आफन्तहरूले सेवा गरेझैँ तिनीहरूलाई पनि सेवा गर्न भनी जिम्मेवारी दिइएका थिए।
13
जवान वा वृद्ध, आफ्ना घरानाअनुसार हरेक मूलढोकाका निम्ति चिट्ठा हाले।
14
पूर्वपट्टिको मूलढोकाको चिट्ठा शेलेम्याहलाई पर्यो। त्यसपछि उत्तरपट्टिको मूलढोकाको चिट्ठा शलेम्याहका छोरा जकरियालाई पर्यो, जो बुद्धिमान् सल्लाहकार थिए।
15
दक्षिणपट्टिको मूलढोकाको चिट्ठा ओबेद-एदोमलाई पर्यो, र भण्डारको चिट्ठाचाहिँ ओबेद-एदोमका छोराहरूलाई पर्यो।
16
पश्चिमपट्टिको मूलढोका र माथिल्लो बाटोको शल्लेकेत मूलढोकाको चिट्ठा शुप्पीम र होसालाई पर्यो। एउटा पहरेदार अर्को पहरेदारको छेउमा उभिन्थे:
17
पूर्वपट्टि प्रत्येक दिन छ जना लेवीहरू पहरा बस्थे; उत्तरपट्टि प्रत्येक दिन चार जना, दक्षिणपट्टि प्रत्येक दिन चार जना र भण्डार कोठामा चाहिँ एकै पटकमा दुई-दुई जना पहरेदार खटिएका थिए।
18
पश्चिमपट्टि चोकतिरको बाटोमा चार जना र चोकमा चाहिँ दुई जना खटिएका थिए।
19
कोरह र मरारीका सन्तानहरूमा द्वारपालका दलहरू यिनै थिए।
20
तिनीहरूका लेवी दाजुभाइहरू परमेश्वरको भवनको खजाना र अर्पण गरिएका चीजहरूका भण्डारहरूका जिम्मेवार थिए।
21
लादानका सन्तानहरू, जो लादानको वंशद्वारा आएका गेर्शोनीहरू र गेर्शोनी लादानका परिवारहरूका अगुवाहरू थिए। तिनीहरू यहीएली,
22
यहीएलीका छोराहरू, जेताम र तिनका भाइ योएल थिए। तिनीहरू याहवेहको भवनको भण्डारहरूका अधिकारीहरू थिए।
23
अम्रामीहरू, यिसहारीहरू, हेब्रोनीहरू र उज्जीएलीहरूबाट:
24
मोशाका छोरा गेर्शोम, गेर्शोमका छोरा, शूबाएलचाहिँ भण्डारहरूका अधिकारी थिए।
25
एलीएजरबाटका शूबाएलका आफन्तहरू: एलीएजेरका छोरा रहब्याह, रहब्याहका छोरा यसयाह, यसयाहका छोरा योराम, योरामका छोरा जिक्री र जिक्रीका छोरा शलोमीत।
26
शलोमीत र तिनका आफन्तहरू ती सबै भण्डारहरूका जिम्मेवार थिए, जुन भण्डार राजा दावीदले, परिवारहरूका अगुवाहरूले, जो हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू थिए, र अरू सेनाका कप्तानहरूले अर्पण गरेका थोकहरू थिए।
27
लडाइँमा लुटका केही मालसामानहरू याहवेहको मन्दिरको मरमतको निम्ति तिनीहरूले अर्पण गरेका थिए।
28
दर्शी शमूएलले र कीशका छोरा शाऊलले नेरका छोरा अबनेर; अनि सरूयाहका छोरा योआबले अर्पण गरेका हरेक कुरा, र ती अर्पण गरिएका अरू सबै चीजहरूचाहिँ शलोमीत र तिनका आफन्तहरूका जिम्मामा थिए।
29
यिसहारीहरूका वंशबाट: कनन्याह र तिनका छोराहरूलाई मन्दिरदेखि टाढा इस्राएलमाथि अधिकारी र न्यायकर्ताको रूपमा जिम्मेवारी दिइएको थियो।
30
हेब्रोनीहरूबाट: हशब्याह र तिनका आफन्तहरू—सत्र सय योग्य मानिसहरूचाहिँ इस्राएलमा याहवेहका सबै कामका निम्ति र राजाको सेवाका निम्ति यर्दन नदीको पश्चिमपट्टिको अधिकारी थिए।
31
हेब्रोन वंशीहरूको बारेमा चाहिँ तिनीहरूका परिवारका वंशावलीमा दर्ता भएअनुसार यरियाहचाहिँ अगुवा थिए। (दावीदको शासनको चालीसौँ वर्षमा वंशावलीहरूको बारेमा खोजी गरियो; अनि हेब्रोनीहरूका बीचमा योग्यका मानिसहरू गिलादको याजेरमा भेट्टाइयो।
32
यरियाहका सत्ताइस सय आफन्तहरू थिए, जो योग्यका मानिसहरू थिए र परिवारहरूका अगुवाहरू थिए। राजा दावीदले तिनीहरूलाई रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलमाथि परमेश्वर र राजासम्बन्धी हरेक कुराको निम्ति जिम्मा दिए।)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29