bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Chronicles 28
1 Chronicles 28
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 29 →
1
दावीदले इस्राएलका सबै अधिकृतहरू: कुलहरूमाथिका अधिकारीहरू, राजाको सेवामा रहेका दलहरूका सेनापतिहरू, हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू, राजा र तिनका छोराहरूका सम्पत्ति र गाईबस्तुका अधिकारीहरू, साथै महलका अधिकृतहरू, वीर मानिसहरू र सबै वीर लडाकुहरूलाई यरूशलेममा भेला गरे।
2
राजा दावीदले उभिएर भने, “मेरा दाजुभाइहरू र मेरा मानिसहरू, मेरा कुरा सुन्नुहोस्! याहवेहको करारको सन्दुकको वासस्थानका र हाम्रा परमेश्वरको पाउदानका निम्ति एउटा भवन बनाउने मेरो हृदयमा इच्छा थियो; तब मैले भवन बनाउने एउटा योजना बनाएको थिएँ।
3
तर परमेश्वरले मलाई भन्नुभयो, ‘तैँले मेरो नामको आदरको निम्ति भवन बनाउनेछैनस्; किनकि तँ एउटा योद्धा होस्, र तैँले धेरै रगत बगाएको छस्।’ ”
4
तर याहवेह इस्राएलका परमेश्वरले मेरा सारा परिवारबाट मलाई इस्राएलमाथि सदाका निम्ति राजा हुनलाई चुन्नुभयो र उहाँले यहूदाको घरानाबाट मेरो परिवारलाई चुन्नुभयो। मेरा पिताका छोराहरूबाट सारा इस्राएलमाथि मलाई राजा बनाउन उहाँले इच्छा गर्नुभयो।
5
याहवेहले मलाई धेरै छोराहरू दिनुभएको छ। याहवेहको सिंहासनमा बसेर इस्राएलमाथि शासन गर्न उहाँले मेरा छोराहरूमध्ये सोलोमनलाई चुन्नुभएको छ।
6
उहाँले मलाई भन्नुभयो: “तेरो छोरा सोलोमनले नै मेरो भवन र मेरा चोकहरू बनाउनेछ; किनभने मैले त्यसलाई मेरो छोरा हुनलाई चुनेको छु, र म त्यसको पिता हुनेछु।
7
यदि त्यसले आजको दिनमा जस्तै गरी मेरा आज्ञाहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गरिरह्यो भने, म त्यसको राज्य सदासर्वदाका निम्ति स्थिर पार्नेछु।”
8
यसकारण अब तिमीहरूलाई सारा इस्राएल र याहवेहको समुदायको दृष्टिमा, साथै हाम्रा परमेश्वरले सुन्ने गरी म यो जिम्मा दिँदैछु: तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू होसियारीसाथ पालन गर्नू; ताकि तिमीहरूले यो असल देशमाथि अधिकार गर्न सक, र यस देशलाई सदाका निम्ति तिमीहरूका सन्तानका निम्ति उत्तराधिकारको रूपमा सुम्पन सक।
9
“अनि तँ, हे मेरो छोरा सोलोमन, तैँलेचाहिँ आफ्ना पिताका परमेश्वरलाई चिनेर साँचो हृदय र सारा मनले उहाँको सेवा गर्नू; किनकि याहवेहले प्रत्येकको हृदयलाई जाँच गर्नुहुन्छ; किनकि उहाँले मनको हरेक विचार बुझ्नुहुन्छ। यदि तैँले उहाँलाई खोजी गरिस् भने तैँले उहाँलाई भेट्टाउनेछस्; तर यदि तैँले उहाँलाई त्यागिस् भने उहाँले तँलाई सधैँका निम्ति त्याग्नुहुनेछ।
10
अब होशियार बन्; किनकि याहवेहले तँलाई एउटा पवित्रस्थानको रूपमा भवन बनाउनका निम्ति चुन्नुभएको छ। अब साहसी बनेर यो काम सुरु गर्।”
11
तब दावीदले मन्दिरको दलानको नमुना, त्यसको सेरोफेरो, त्यसका भण्डारहरू, त्यसका माथिल्ला कोठाहरू, त्यसका भित्री कोठाहरू र पाप समाधान-स्थानको ठाउँको नमुनाहरू आफ्ना छोरा सोलोमनलाई दिए।
12
दावीदले याहवेहको मन्दिरका चोकहरू र चारैतिरका कोठाहरू, परमेश्वरको मन्दिरका भण्डारहरू र अर्पण गरिएका चीजहरूका भण्डारहरूको नमुना, ती सबै कुराहरूको निर्माणको नमुनाहरू, जुन तिनले आत्माद्वारा पाएका थिए, आफ्ना छोरा सोलोमनलाई दिए।
13
दावीदले सोलोमनलाई पुजारीहरू र लेवीहरूका दलहरूको निम्ति, याहवेहको मन्दिरमा सेवाका सबै कामका निम्ति र साथै मन्दिरको सेवामा प्रयोग गरिने सबै चीजहरूका निम्ति निर्देशन दिए।
14
तिनले विभिन्न प्रकारका सेवाहरूमा प्रयोग गरिने सुनका सामग्रीहरू, चाँदीका सामग्रीहरूका निम्ति चाहिने सुन र चाँदीको तौल तोकिदिए।
15
सुनका पानसहरू र त्यसका बत्तीहरूका निम्ति प्रत्येक पानस र त्यसका बत्तीहरूका तौल बमोजिम सुन दिए; अनि चाँदीका पानसहरूको प्रयोगअनुसार प्रत्येक चाँदीको पानस र त्यसका बत्तीहरूका निम्ति चाँदीको तौल तोकिदिए।
16
पवित्र रोटी राख्नलाई प्रयोग गरिने हरेक टेबुलका निम्ति सुनको तौल, चाँदीका टेबुलहरूका निम्ति चाँदीको तौल तोकिदिए;
17
काँटाहरू, छर्कने कचौराहरू, सुराहीहरूका निम्ति निखुर सुनको तौल; प्रत्येक सुनको भाँडाको निम्ति सुनको तौल; प्रत्येक चाँदीको भाँडाको निम्ति चाँदीको तौल;
18
अनि धूप वेदीको निम्ति खारिएको सुनको तौल दिए। तिनले सुनको रथ बनाउने नमुना पनि तिनलाई दिए, अर्थात् पखेटा फैलाएका सुनका करूबहरू, जसले याहवेहको करारको सन्दुकमाथि छाया पार्दथे; त्यो रथ बनाउनका निम्ति चाहिने निखुर सुन दिए।
19
दावीदले भने, “याहवेहको हात ममाथि भएको कारण यी सम्पूर्ण लिखित कुरा मसँग छन्। अनि उहाँले मलाई यस योजनाको सम्पूर्ण विवरण बुझ्नलाई समझ दिनुभयो छ।”
20
दावीदले आफ्ना छोरा सोलोमनलाई पनि भने, “बलियो र साहसी भएर यो काम गर्! नडरा र निराश नहो, किनकि याहवेह परमेश्वर, मेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। याहवेहको मन्दिरको सेवाका निम्ति सबै कामहरू पूरा नभएसम्म उहाँले तँलाई छोड्नुहुनेछैन, अर्थात् त्याग्नुहुनेछैन।
21
परमेश्वरको मन्दिरको सबै कामका निम्ति पुजारीहरू र लेवीहरूका दलहरू तयार छन्; अनि हरेक कलामा निपुण इच्छुक कारिगरहरूले तँलाई सबै कामहरूमा सहायता गर्नेछन्। अनि अधिकारीहरू र सबै मानिसहरूले तेरो प्रत्येक हुकुम पालन गर्नेछन्।”
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 29 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29