bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Chronicles 4
1 Chronicles 4
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 5 →
1
यहूदाका छोराहरू: पेरेस, हेस्रोन, कर्मी, हूर र शोबाल।
2
शोबालको छोरा रायाह, जो यहतका पिता थिए, र यहतचाहिँ अहूमै र लहदका पिता थिए। यिनीहरू नै सोरातीहरूका वंश थिए।
3
एतामका छोराहरू यिनै थिए: यिजरेल, यिश्मा र यिदबश। तिनीहरूकी बहिनीको नाम हस्सलेलपोनी थियो।
4
पनीएल, गदोरका पिता थिए र एजेर हूशाहका पिता थिए। एप्राताका जेठा छोरा र बेथलेहेमका पिता हूरका सन्तानहरू यिनीहरू नै थिए।
5
तकोका पिता अशहूरका हेलाह र नारा नाम गरेका दुई पत्नीहरू थिए।
6
नाराले तिनका निम्ति अहुज्जाम, हेपेर, तेमनी र हाहशतारीलाई जन्माइन्। यिनीहरू नाराका सन्तानहरू थिए।
7
हेलाहका छोराहरू: सेरेत, सोहोर, एतनान,
8
र कोस, जो अनूब र हज्जोबेबा अनि हारूमका छोरा अहर्हेलका वंशहरूका पिता थिए।
9
याबेस नाम गरेका एक जना मानिस थिए। तिनी आफ्ना दाजुभाइहरूभन्दा प्रतिष्ठित थिए। तिनकी आमाले “मैले यसलाई कष्टमा जन्माएँ,” भनेर तिनको नाम याबेश, राखिन्।
10
याबेसले इस्राएलका परमेश्वरलाई पुकार गरे, “हे प्रभु, तपाईंले मलाई आशिष् दिएर मेरो इलाका बढाइदिनुहोस्! तपाईंको हात ममाथि रहोस्; अनि मलाई हानिबाट बचाउनुहोस्, ताकि म पीडाबाट मुक्त हुन सकूँ।” परमेश्वरले तिनको बिन्ती सुन्नुभयो।
11
शूहहका भाइ कलूब मेहीरका पिता थिए। मेहीरचाहिँ एश्तोनका पिता थिए।
12
एश्तोनचाहिँ बेत-रापा, पसेह र तहिन्नाका पिता थिए। तहिन्नाचाहिँ इर-नहशका पिता थिए। यिनीहरू नै रेकाका सन्तानहरू थिए।
13
कनजका छोराहरू: ओत्निएल र सरायाह। ओत्निएलका छोराहरू: हतात र मनोतै।
14
मनोतै ओप्राका पिता थिए। सरायाह, योआबका पिता थिए, योआब गे-हरशीमका पिता थिए। तिनका मानिसहरू सिपालु कारिगरहरू भएका हुनाले तिनलाई बेँसीका कारिगर नाम दिइएको थियो।
15
यपून्नेको छोरा कालेबका छोराहरू: ईरू, एलाह र नआम थिए। एलाहका छोरा: कनज।
16
यहललेलका छोराहरू: जीप, जीपा, तीरया र असरेल।
17
एज्राहका छोराहरू: येतेर, मेरेद, एपेर र यालोन। मेरेदका पत्नीहरूमध्ये एक जनाले मिरियम, शम्मै र एश्तमोका पिता यिश्बहलाई जन्माइन्।
18
यीचाहिँ फारोकी छोरी बित्याहका छोराछोरीहरू थिए। तिनै बित्याहलाई मेरेदले विवाह गरेका थिए। तिनकी यहूदा कुलबाटकी पत्नीले गदोरका पिता येरेद, सोकोका पिता हेबेर र जानोहका पिता यकूतीएललाई जन्माइन्।
19
नहमकी बहिनी होदिय्याहकी पत्नीका छोराहरू: गेरेमी कीलाहका पिता र माकाती एश्तमोका पिता थिए।
20
शिमोनका छोराहरू: अमनोन, रिन्नाह, बेन-हानान र तीलोन। यिशीका छोराहरू: जोहेत र बेन-जोहेत।
21
यहूदाका छोरा, शेलहका छोराहरू: लेकाहका पिता एर, मारेशाका पिता लादाह र बेथ-अश्बेयामा मलमल सुती वस्त्रका काम गर्ने मानिसहरूका वंशहरू,
22
योकीम, कोजेबा, योआश र सारापका, मानिसहरू, जसले मोआब र यशूबी लेहेममा शासन गर्थे। (यी विवरणहरू प्राचीन कालदेखिका हुन्।)
23
तिनीहरू नतैम र गदेरामा बस्ने कुमालेहरू थिए। तिनीहरू त्यहाँ बसेर राजाको निम्ति काम गर्थे।
24
शिमियोनका सन्तानहरू: नमूएल, यामीन, यारीब, जेरह र शाऊल;
25
शाउलका छोरा शल्लूम, नाति मिब्साम, र पनाति मिश्मा थिए।
26
मिश्माका सन्तानहरू: तिनका छोरा हम्मूएल, हम्मूएलका छोरा जक्कूर, जक्कूरका छोरा शिमी।
27
शिमीका सोह्र जना छोराहरू र छ जना छोरीहरू थिए। तर तिनका दाजुहरूका धेरै छोराछोरीहरू भएनन्। यसकारण तिनीहरूको सम्पूर्ण वंश यहूदाका मानिसहरूजस्तै संख्यामा धेरै भएनन्।
28
तिनीहरू बेर्शेबा, मोलादाह, हसर-शूआल,
29
बिल्हा, एसेम, तोलाद,
30
बतूएल, होर्मा, सिक्लग,
31
बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा बस्थे। दावीदले शासन नगरेसम्म तिनीहरूका नगरहरू यिनै थिए।
32
तिनीहरूका वरिपरिका गाउँहरू एताम, ऐन, रिम्मोन, तोकेन र आशान गरेर—जम्मा पाँच वटा नगरहरू थिए
33
र ती नगरहरू वरिपरिका गाउँहरू बालातसम्मै थिए। तिनीहरूका बस्ने ठाउँहरू यिनै थिए। तिनीहरूले वंशावलीको विवरण पनि राखे।
34
मशोबाब; यम्लेक; अमस्याहका छोरा योशा;
35
योएल; योशिब्याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए।
36
एल्योएनै; याकोबा; याशोहायाह; असायाह; अदीएल; यसीमीएल; बनायाह;
37
अनि शिपीका छोरा जीजा, जो अल्लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए।
38
माथि उल्लेख गरिएका नामका मानिसहरू तिनीहरूका वंशहरूका अगुवाहरू थिए। तिनीहरूका परिवारहरू ज्यादै बढे।
39
तिनीहरू आफ्ना बगालका निम्ति खर्क खोज्न बेँसीको पूर्वपट्टि गदोरसम्म गए।
40
त्यहाँ तिनीहरूले प्रशस्त घाँस भएको असल खर्क, फराकिलो मैदान, शान्त र सुरक्षित ठाउँ भेट्टाए। तिनीहरूभन्दा पहिल्यै त्यहाँ केही हामवंशीहरू बसेका थिए।
41
माथि नाम उल्लेख गरिएका यी मानिसहरू यहूदाका राजा हिजकियाहको समयमा आएका थिए। तिनीहरूले हामवंशीहरूलाई तिनीहरू बसेकै ठाउँमा आक्रमण गरे। अनि त्यहाँ भएका मोनीहरूलाई पनि आक्रमण गरेर तिनीहरूलाई पूर्ण रूपमा नष्ट गरे। आजसम्म त्यहाँ तिनीहरूको नामनिशानै छैन। तब तिनीहरू उनीहरूका ठाउँमा बसोबास गर्न थाले। किनकि त्यहाँ तिनीहरूका बगालको निम्ति खर्क थियो।
42
अनि यी पाँच सय शिमियोनीहरूले यिशीका छोराहरू पलत्याह, नेरियाह, रपायाह र उज्जीएलको नेतृत्वमा सेइरको पहाडी मुलुकमाथि आक्रमण गरे।
43
तिनीहरूले बाँकी रहेका अमालेकीहरूलाई पनि मारे। तिनीहरू आजको दिनसम्म नै त्यहाँ बसेका छन्।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29