bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Chronicles 15
1 Chronicles 15
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 16 →
1
दावीदले आफ्ना निम्ति दावीदको सहरमा भवन निर्माण गरे। तिनले परमेश्वरको सन्दुकको निम्ति एउटा ठाउँ तयार गरे; र त्यसको निम्ति एउटा पाल टाँगे।
2
त्यसपछि दावीदले भने, “लेवीहरूले बाहेक अरू कसैले परमेश्वरको सन्दुक नबोकून्; किनकि याहवेहले तिनीहरूलाई नै याहवेहको सन्दुक बोक्न र सधैँका निम्ति उहाँको सामु सेवा गर्नलाई चुन्नुभएको छ।”
3
दावीदले याहवेहको सन्दुकको निम्ति तयार गरेको ठाउँमा, त्यस सन्दुक ल्याउन सारा इस्राएललाई यरूशलेममा भेला गराए।
4
तिनले हारून र लेवीका सन्तानहरूलाई एकसाथ बोलाए:
5
कहातका सन्तानहरूबाट अगुवा ऊरीएल र 120 जना आफन्तहरू।
6
मरारीका सन्तानहरूबाट अगुवा असायाह र 220 जना आफन्तहरू।
7
गेर्शोनका सन्तानहरूबाट, अगुवा योएल र 130 जना आफन्तहरू।
8
एलीशापानका सन्तानहरूबाट अगुवा शमायाह र 200 जना आफन्तहरू।
9
हेब्रोनका सन्तानहरूबाट अगुवा एलीएल र 80 जना आफन्तहरू।
10
उज्जीएलका सन्तानहरूबाट अगुवा अम्मीनादाब र 112 जना आफन्तहरू।
11
त्यसपछि दावीदले पुजारीहरू सादोक र अबीयाथारलाई, र लेवीहरूमा ऊरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्मीनादाबलाई बोलाए।
12
तिनले उनीहरूलाई भने, “तपाईंहरू लेवी परिवारका अगुवाहरू हुनुहुन्छ; तपाईंहरू र तपाईंहरूका लेवी दाजुभाइहरूले आफूलाई पवित्र गर्नुहोस्, र याहवेह इस्राएलका परमेश्वरको सन्दुकका निम्ति मैले तयार गरेको ठाउँमा सन्दुकलाई ल्याउनुपर्छ।
13
किनकि पहिलो पटक सन्दुक ल्याउँदा तपाईं लेवीहरूले नबोकेको कारणले नै याहवेह हाम्रा परमेश्वरको क्रोध हाम्रो विरुद्धमा परेको थियो। हामीले ठिक तरिकाले सन्दुकलाई कसरी ल्याउने हो भनी उहाँसित सल्लाह लिएनौँ।”
14
यसकारण पुजारीहरू र लेवीहरूले याहवेह इस्राएलका परमेश्वरको सन्दुक ल्याउन आ-आफूलाई पवित्र गरे।
15
अनि याहवेहले मोशालाई आज्ञा दिएअनुसार नै लेवीहरूले आफ्ना काँधमाथि डण्डाहरू राखेर परमेश्वरको सन्दुक बोके।
16
दावीदले लेवीहरूका अगुवाहरूलाई सारङ्गी, वीणा र झ्यालीहरूले हर्षोल्लासका गीत गाउन तिनीहरूका आफन्तहरूलाई सङ्गीतकारहरू नियुक्त गर्नू भनी आज्ञा गरे।
17
यसकारण लेवीहरूले योएलका छोरा हेमानलाई नियुक्त गरे। तिनका आफन्तहरूबाट बेरेक्याहका छोरा आसाप र तिनीहरूका मरारी आफन्तहरूबाट कूशायाहका छोरा एतानलाई नियुक्त गरे।
18
अनि तिनीहरूसँगै दोस्रो दर्जामा तिनीहरूका आफन्तहरू, जकरिया, बेन, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलिआब, बनायाह, मासेयाह, मत्तीत्याह, एलीपेलेहू, मिक्नेयाह, र द्वारपालहरूमा ओबेद-एदोम र यीएललाई नियुक्त गरे।
19
सङ्गीतकार हेमान, आसाप र एतानले काँसाको झ्याली बजाउनुपर्थ्यो।
20
जकरिया, आजीएल, शमीरामोत, यहीएल, उन्नी एलिआब, मासेयाह र बनायाहले अलामोत, अनुसार सारङ्गी बजाउनुपर्थ्यो।
21
अनि मत्तीत्याह, एलीपेलेहू, मिक्नेयाह, ओबेद-एदोम, यीएल र अजज्याहले शेमीनीत, अनुसारको निर्देशनमा वीणा बजाउनुपर्थ्यो।
22
लेवीहरूका अगुवा कनन्याहचाहिँ भजन गाउने प्रमुख थिए। तिनको जिम्मेवारी गाउने थियो; किनकि तिनी गाउनमा निपुण थिए।
23
बेरेक्याह र एल्काना सन्दुकका द्वारपालहरू थिए।
24
शबन्याह, योशापात, नथनिएल, अमासै, जकरिया, बनायाह र एलीएजर पुजारीहरूले परमेश्वरको सन्दुकको अगाडि तुरही बजाउनुपर्थ्यो। ओबेद-एदोम र यहियाह पनि सन्दुकका निम्ति द्वारपाल खटाइएका थिए।
25
यसकारण दावीद र इस्राएलका प्रधानहरू र हजार-हजार सैन्यदलका सेनापतिहरू ओबेद-एदोमको घरबाट हर्षोल्लासकासाथ याहवेहको करारको सन्दुक ल्याउन गए।
26
याहवेहको सन्दुक बोकेका लेवीहरूलाई परमेश्वरले सहायता गर्नुभएको हुनाले, लेवीहरूले सात वटा गोरु र सात वटा भेडा बलि चढाए।
27
अब दावीदले पनि सन्दुक बोक्ने सबै लेवीहरू, सङ्गीतकारहरू र गायन झुण्डका मुखिया कनायाहले जस्तै मलमलको वस्त्र लगाएका थिए। दावीदले मलमलको एपोद पनि लगाएका थिए।
28
यसकारण सारा इस्राएलीहरूले भेडाको सिङ, तुरही, झ्याली, सारङ्गी र वीणा बजाउँदै जयजयकार गर्दै याहवेहको करारको सन्दुक ल्याए।
29
याहवेहको करारको सन्दुक दावीदको सहरमा प्रवेश हुँदै गर्दा, शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन् र दावीद राजालाई नाच्दै र उत्सव मनाइरहेका देखिन्, तब तिनले मनमनै तिनलाई अपमान गरिन्।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29