bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Acts 10
Acts 10
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 11 →
1
कैसरियास्थित इटालीया नामको पल्टनमा कर्नेलियस नामका एक जना सेनापति थिए।
2
तिनी परमेश्वरका भक्ति गर्ने मानिस थिए। तिनी र तिनका सारा परिवारले परमेश्वरको डर मान्थे। तिनले उदारताका साथ मानिसहरूलाई दान दिन्थे र परमेश्वरलाई निरन्तर प्रार्थना गर्नेगर्थे।
3
एक दिन अपरान्ह तीन बजेतिर उनले एउटा दर्शन देखे। परमेश्वरका एक जना स्वर्गदूत आएर उनलाई “कर्नेलियस!” भनेर बोलाए।
4
भयभीत हुँदै कर्नेलियसले स्वर्गदूतलाई एक टकले हेरे, र तिनले सोधे, “प्रभु, यो के हो?” स्वर्गदूतले जवाफ दिए, “कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ र तिम्रो दानलाई सम्झनुभएको छ।
5
अब पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ।
6
तिनी सिमोन भनिने छालाको काम गर्नेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।”
7
जब आफूसँग कुरा गर्ने ती स्वर्गदूत बिदा भए, तब कर्नेलियसले आफ्ना दुई जना सेवकहरू र एक जना परमेश्वरको भक्त सिपाहीलाई बोलाए, जो उनको कर्मचारी पनि थियो।
8
आफूसँग घटेका सबै कुरा बताई तिनीहरूलाई उनले योप्पा सहर पठाए।
9
त्यसको भोलिपल्ट जब तिनीहरू आफ्नो यात्राको अन्तिम चरणमा सहरको नजिकै पुगिरहेका थिए, तब पत्रुस घरको कौसीमा प्रार्थना गर्न गए।
10
उनी भोकाए, र केही भोजन खान चाहन्थे; जुन बेला भोजन पाकिरहेको थियो, तिनी ध्यानमग्न भए।
11
अनि तिनले स्वर्ग उघ्रेको र त्यहाँबाट चारै कुनामा बाँधिएको तन्नाजस्तो कुनै चीज तल जमिनमा ओरालिएको देखे।
12
यसमा सबै किसिमका चारखुट्टे जनावरहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए।
13
त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “ए पत्रुस, उठ! तिनीहरूलाई मारेर खाऊ।”
14
तर पत्रुसले जवाफ दिए, “कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।”
15
त्यही आवाजले उनलाई दोस्रो पटक भन्यो, “परमेश्वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।”
16
अनि तीन पल्टसम्म त्यस्तै भइरह्यो। त्यसपछि त्यो तन्ना तुरुन्तै स्वर्गतिर फिर्ता लगियो।
17
त्यस दृष्यको अर्थ के होला भनी यस बारेमा पत्रुस अकमक्क परिरहेका थिए, तब त्यही बेला कर्नेलियसले कैसरियाबाट पठाएका तीन जना मानिसहरू सिमोनको घर सोधपुछ गर्दै उनको ढोकामा आइपुगे।
18
पत्रुसका नामले चिनिने सिमोन यहीँ घरमा बसेका छन् कि? भनी तिनीहरूले बोलाएर सोधे।
19
पत्रुस अझै त्यही दृश्यका बारेमा विचार गरिरहेका थिए, तब पवित्र आत्माले तिनलाई भन्नुभयो, “सिमोन, तिमीलाई तीन जना मानिसहरूले खोजिरहेका छन्।
20
त्यसैले उठ, र तल जाऊ। मैले नै तिनीहरूलाई पठाएको हुनाले तिनीहरूसँग तिमी शङ्का नमानी जाऊ।”
21
तल गएर पत्रुसले ती मानिसहरूसँग भने, “तिमीहरू जसलाई खोजिरहेका छौ, त्यो मानिस म नै हुँ। तिमीहरू किन आएका हौ?”
22
ती मानिसहरूले जवाफ दिए, “सेनापति कर्नेलियसले पठाएर हामी आएका हौँ। उहाँ धर्मी र परमेश्वरको भय मान्ने मानिस हुनुहुन्छ, उहाँलाई सबै यहूदीहरूले सम्मान गर्छन् र एक जना पवित्र स्वर्गदूतले तपाईंलाई उहाँको घरमा बोलाउन आदेश भयो, ताकि तपाईंका कुरा सुन्न सकून्।”
23
त्यसपछि पत्रुसले ती मानिसहरूलाई पाहुनाका रूपमा स्वागत गर्दै घरभित्र सत्कार गरे। अर्को दिन पत्रुसले तिनीहरूसँग आफ्नो यात्रा सुरु गरे, र योप्पाका केही दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीसँगै गए।
24
भोलिपल्ट तिनी कैसरिया पुगे। कर्नेलियस तिनीहरूका बाटो हेरेर बसिरहेका थिए। अनि तिनको स्वागत गर्न आफ्ना नातेदारहरू र घनिष्ठ मित्रहरूलाई पनि बोलाएका थिए।
25
जब पत्रुस त्यस घरभित्र पसे, कर्नेलियसले तिनीसँग भेटे र श्रद्धाका साथ उनले तिनको खुट्टामा दण्डवत् गरे।
26
तर पत्रुसले उनलाई उठाउँदै भने, “उठ्नुहोस्, म आफैँ पनि त मानिस नै हुँ।”
27
उनीसँगै कुरा गर्दै पत्रुस कोठाभित्र गए, जहाँ धेरै मानिसहरू जम्मा भएका तिनले पाए।
28
तिनले तिनीहरूलाई भने: “तपाईंहरू सबै यो कुरा जान्नुहुन्छ, कि एउटा यहूदीले गैरयहूदीसँग सङ्गत गर्नु वा उसको घरमा जानू हाम्रो व्यवस्थाविरुद्ध हो। तर कुनै पनि मानिसलाई मैले अपवित्र वा अशुद्ध भन्नुहुँदैन भनेर परमेश्वरले मलाई देखाउनुभएको छ।
29
त्यसैले जब मलाई बोलाउनुभयो, तब कुनै प्रश्न नगरी म यहाँ तपाईंहरूकहाँ आएँ। के म तपाईंहरूलाई सोध्न सक्छु, मलाई कति कारणले बोलाउनुभएको हो?”
30
कर्नेलियसले जवाफ दिए: “तीन दिन अगि यसै समयमा अर्थात् अपरान्ह तीन बजेतिर म मेरो घरमा प्रार्थना गरिरहेको थिएँ। तब चहकिलो पोशाक पहिरेका एक जना स्वर्गदूत मेरो सामु अकस्मात् उभिएर भने,
31
‘कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ, र तिम्रो दानलाई सम्झनुभएको छ।
32
त्यसैले पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। तिनी सिमोन भनिने छालाको काम गर्नेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।’
33
त्यसैकारण तपाईंलाई मैले तुरुन्त बोलाउन पठाएँ; अनि तपाईं दया गरेर आउनुभयो। अब प्रभुले तपाईंलाई हामीलाई भन्न भनेर दिनुभएको सन्देश सुन्न परमेश्वरको सामु प्रतीक्षा गरिरहेका छौँ।”
34
अनि पत्रुसले भन्न थाले: “अब मैले बुझेँ, कि यो सत्य रहेछ,” परमेश्वरले पक्षपात गर्नुहुन्न।
35
तर हरेक मानिसमा उहाँको भय मान्ने र ठिक काम गर्नेहरूलाई उहाँ ग्रहण गर्नुहुन्छ भन्ने कुरा कति साँचो रहेछ।
36
हामी सबैका प्रभु येशू ख्रीष्टद्वारा भनिएको शान्तिको सुसमाचार परमेश्वरले इस्राएलका मानिसहरूका निम्ति पठाउनुभएको सन्देश हो भनी तपाईं सबै जान्नुहुन्छ।
37
यूहन्नाले गालीलमा सुरु गरेको बप्तिस्माको प्रचारदेखि सारा यहूदियाभरि भएका सबै कुरा तपाईंहरू जान्नुहुन्छ।
38
पवित्र आत्मा र शक्तिसँग कसरी परमेश्वरले नासरतका येशू ख्रीष्टलाई अभिषेक गर्नुभयो; त्यसपछि परमेश्वर उहाँकै साथ हुनुभएकोले, शैतानको अधीनमा परेकाहरूलाई पूर्ण निको तुल्याउँदै चारैतिर कसरी असल काम गर्दै उहाँ हिँड्नुभयो, यो कुरा तपाईंहरूलाई थाहै छ।
39
“यहूदीहरूका देशमा र यरूशलेममा उहाँले जे-जे गर्नुभयो, ती हरेक कुराहरूका साक्षी हामी छौँ। तिनीहरूले उहाँलाई नै काठमा झुण्ड्याएर मारे।
40
तर मृत्युको तेस्रो दिन परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, र उहाँलाई प्रकट गराउनुभयो।
41
सबै मानिसहरूले उहाँलाई देख्न सकेनन्, तर साक्षी हुनका निम्ति परमेश्वरले पहिल्यै छनौट गर्नुभएको हामी जस्ताले उहाँलाई देख्यौँ, येशू जीवित पारिनुभएपछि उहाँसँगै हामीले खानपिन गर्यौँ।
42
उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसलाई परमेश्वरले जीवित र मृतकहरूको न्यायकर्ताको रूपमा नियुक्त गर्नुभएको छ भन्ने कुराको साक्षी दिन र मानिसहरूमा यसको प्रचार गर्न हामीलाई उहाँले आज्ञा दिनुभयो।
43
उहाँमा विश्वास गर्ने हरेक मानिसले उहाँकै नामद्वारा आफ्ना पापहरूबाट क्षमादान प्राप्त गर्दछ भनी अगमवक्ताहरूले साक्षी दिएका छन्।”
44
जुन बेला पत्रुस बोलिरहेका थिए, तिनको यो वचन सुन्नेहरूमाथि पवित्र आत्मा आउनुभयो।
45
गैरयहूदीहरूमा पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्वासीहरू अचम्मित भए।
46
किनकि तिनीहरूले अरू भाषाहरूमा बोलिरहेका र परमेश्वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। त्यसपछि पत्रुसले भने,
47
“हामीहरूले झैँ यिनीहरूले पनि पवित्र आत्मा पाएका छन्। अब यी मानिसहरूलाई पानीको बप्तिस्मा लिनबाट कसैले रोक्न सक्छ र?”
48
त्यसकारण तिनले येशू ख्रीष्टको नाममा तिनीहरूलाई बप्तिस्मा लिन आज्ञा दिए। अनि तिनीहरूले पत्रुसलाई तिनीहरूसँग केही दिन रहिदिन भनी आग्रह गरे।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28