bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Acts 19
Acts 19
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 20 →
1
अपोल्लोस कोरिन्थमा हुँदा, पावल भित्री इलाकाहरू हुँदै एफिसस पुगे। त्यहाँ तिनले केही चेलाहरूलाई भेट्टाए।
2
पावलले तिनीहरूलाई प्रश्न गरे, “तपाईंहरूले विश्वास गर्नुभएको बेला पवित्र आत्मा पाउनुभयो?” तिनीहरूले जवाफ दिए, “पवित्र आत्मा हुनुहुन्छ र भनेर हामीले त सुनेका पनि छैनौँ।”
3
तब पावलले प्रश्न गरे, “त्यसो भए तपाईंहरूले कस्तो बप्तिस्मा लिनुभयो?” तिनीहरूले उत्तर दिए, “यूहन्नाको बप्तिस्मा।”
4
तब पावलले भने, “यूहन्नाको बप्तिस्मा पश्चात्ताप मात्रको बप्तिस्मा थियो। तिनले ‘मभन्दा पछि आउनुहुनेमाथि विश्वास गर्नुपर्दछ’ भनेर मानिसहरूलाई सुनाए। तिनीभन्दा पछि आउनुहुनेचाहिँ येशू हो।”
5
जब तिनीहरूले यो कुरा सुने, तब तिनीहरूले प्रभु येशूको नाममा बप्तिस्मा लिए।
6
जब पावलले तिनीहरूमाथि हात राखे, तब तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो। अनि तिनीहरू विभिन्न भाषाहरूमा बोले, र अगमवाणी गरे।
7
त्यहाँ प्रायः बाह्र जना पुरुषहरू थिए।
8
पावल त्यहाँका सभाघरहरूमा गए। अनि परमेश्वरको राज्यका कुराहरूमा तर्क गर्दै, र विश्वास गराउँदै तीन महिनासम्म साहससाथ बोले।
9
तर तीमध्ये कोही हठी भएर विश्वास गर्न अस्वीकार गरी, सो मार्गको विरुद्ध खुल्लमखुल्ला अपशब्द बोल्न थाले। त्यसैले पावलले तिनीहरूलाई छोडेर गए। अनि चेलाहरूलाई आफ्ना साथमा लगेर टुरान्नसको पाठशालामा दिनहुँ छलफल गर्न थाले।
10
यो दुई वर्षसम्म चलिरह्यो। यसरी एशिया प्रान्तमा बस्ने दुवै यहूदीहरू र ग्रीकहरूले पनि प्रभुको वचन सुने।
11
परमेश्वरले पावलद्वारा असाधारण र अचम्मका कामहरू गर्नुभयो;
12
यहाँसम्म कि उनले छोएका रुमाल वा कपडा बिरामीहरूलाई लगेर छुवाउँदा समेत तिनीहरू निको हुन्थे, र दुष्ट आत्माहरू तिनीहरूबाट निस्कन्थे।
13
घुमफिर गर्दै हिँड्ने केही यहूदी झारफूकेहरूले दुष्ट आत्मा लागेकाहरूबाट प्रभु येशूको नाममा ती दुष्ट आत्मा निकाल्न खोजे। तिनीहरूले यसो भन्थे, “पावलले प्रचार गरेको उनै येशूको नाममा म तँलाई बाहिर निस्कने आज्ञा दिन्छु।”
14
स्केवास नाम गरेका यहूदी मुख्य पुजारीका सात जना छोराहरूले त्यही गरिरहेका थिए।
15
एक दिन एउटा दुष्ट आत्माले तिनीहरूलाई जवाफ दियो, “येशूलाई म चिन्छु र पावलको बारेमा पनि मलाई थाहा छ, तर तिमीहरूचाहिँ को हौ?”
16
त्यसपछि दुष्ट आत्माले ग्रसित त्यो मानिस तिनीहरूमाथि उफ्रियो, र तिनीहरूलाई वशमा पार्यो। अनि त्यसले तिनीहरूमाथि यतिसम्म झम्ट्यो कि तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे।
17
जब एफिससमा बस्ने यहूदीहरू र ग्रीकहरूले यो कुरा थाहा पाए, तब तिनीहरू सबै भयभीत भए। अनि प्रभु येशूको नामको ठूलो आदर गरियो।
18
विश्वास गर्ने धेरै जनाले खुल्लमखुल्ला तिनीहरूले गरेका दुष्ट कामहरू स्वीकार गरे।
19
जादु गर्ने धेरै जनाले आ-आफ्ना पुस्तकहरू एकैसाथ जम्मा गरे। अनि ती सार्वजनिक रूपमा जलाइदिए। ती पुस्तकहरूको मोल हिसाब गर्दा, कुल पचास हजार चाँदीको सिक्का थियो।
20
यसरी प्रभुको वचन शक्तिशाली हुँदै फैलँदैगयो।
21
यी सबै कुराहरू भइसकेपछि पावलले मनमनै म्यासिडोनिया र अखैया हुँदै यरूशलेम जाने निश्चय गरे। तिनले भने, “त्यहाँ गइसकेपछि म रोम पनि अवश्य जानैपर्छ।”
22
आफ्ना दुई जना सहयोगीहरू तिमोथी र इरास्तसलाई तिनले म्यासिडोनिया पठाए; आफूचाहिँ केही समयका लागि एशियामै बसे।
23
त्यसै समयतिर यस मार्गको बारेमा ठूलो खैलाबैला मच्चियो।
24
डेमेत्रियस नामको चाँदीको काम गर्ने एक जना मानिस थियो, जसले आर्तेमिस देवीका मन्दिरहरूमा चाँदीका मूर्तिहरू बनाउँथ्यो। अनि यसले कारिगरहरूका लागि पनि प्रशस्त आम्दानी ल्याउँथ्यो।
25
ती सबै शिल्पकारका साथै त्यस्तै पेशामा लागेका अन्य मानिसहरूलाई त्यसले एक ठाउँमा बोलाएर भन्यो: “हे मानिसहरू हो, तपाईंहरूलाई थाहा छ, यो व्यापारबाट हामीलाई राम्रो आम्दानी हुन्छ।
26
अहिले तपाईंहरूले देख्नुभयो र सुन्नुभयो, कसरी पावल भन्ने यस व्यक्तिले यहाँ एफिसस र वास्तवमा एशियाका सबै प्रान्तहरूका धेरै मानिसहरूलाई राजी बनाउँदै बहकाउँदैछ; मानिसको हातले बनाइएका ईश्वरहरूचाहिँ ईश्वरहरू नै होइनन् भन्दै छ।
27
यसैकारण हाम्रो व्यापारले आफ्नो प्रतिष्ठा गुमाउने खतरा मात्र हाम्रो सामु छैन। तर महान् देवी आर्तेमिसको मन्दिर पनि अब अपहेलित हुने डर छ। अनि एशियाका सबै प्रान्तहरू र संसारभरि पुजिने देवीको ईश्वरीय गौरव नाश हुनेछ।”
28
जब तिनीहरूले यो कुरा सुने, तब तिनीहरू अत्यन्त क्रोधित भए, र चिच्याएर भन्न थाले: “एफिसीहरूकी देवी आर्तेमिस महान् हुनुहुन्छ!”
29
चाँडै नै पूरा सहरमा ठूलो खैलाबैला मच्चियो। अनि म्यासिडोनियाबाट आएका पावलका सहयात्री गायस र अरिस्तार्खसलाई मानिसहरूले समातेर रङ्गशालातिर घिसार्दै लगे।
30
भीडमा गएर पावलले केही भन्न चाहे, तर चेलाहरूले तिनलाई त्यसो गर्न दिएनन्।
31
त्यस प्रान्तका पावलका केही अधिकृत मित्रहरूले पनि तिनलाई रङ्गशालातिर आउने साहस नगर्नुहोला भनी बिन्ती गरेर खबर पठाए।
32
त्यहाँभित्र भेला भएको भीडमा ठूलो भ्रम पैदा भएको थियो: कोही मानिसहरू एउटा कुरा भनेर कराउँथे भने कोही अर्कै कुरा। अधिकांश मानिसहरूलाई त तिनीहरू त्यहाँ किन आएका थिए, त्यो पनि थाहा थिएन।
33
भीडमा यहूदीहरूले अलेक्जेन्डरलाई अगाडि सारे। अनि तिनीहरूले कराउँदै तिनलाई निर्देशन दिए। अलेक्जेन्डरले हातले शान्त रहन इशारा गर्दै मानिसहरूका सामु बचाउको निम्ति बोल्न खोजे।
34
तर तिनीहरूले उनी यहूदी हुन् भन्ने थाहा पाए, ती सबैले एकै सोरमा करिब दुई घण्टासम्म यसो भन्दै कराइरहे: “एफिसीहरूकी देवी आर्तेमिस महान् हुनुहुन्छ।”
35
अनि त्यस नगरका हाकिमले भीडलाई साम्य पार्दै भने: “हे एफिससका मानिसहरू हो, महान् देवी आर्तेमिसको मूर्ति स्वर्गबाट खसेको हो, र उनको मन्दिरको रक्षक एफिसस सहर हो भनी के कसैलाई थाहा छैन र?
36
त्यसकारण यी कुराहरू अकाट्य भएकाले तपाईंहरू शान्त हुनुहोस्, र कुनै पनि उत्ताउलो काम नगर्नुहोस्।
37
तपाईंहरूले यी मानिसहरूलाई यहाँ घिसार्दै ल्याउनुभयो। तर यिनीहरूले न त मन्दिर लुटेका छन्, न त हाम्री आराध्य देवीको निन्दा नै गरेका छन्।
38
त्यसैले डेमेत्रियस र उनका शिल्पकारहरूलाई कसैप्रति कुनै गुनासो छ भने त्यसको सुनुवाइका निम्ति अदालतहरू खुला छन्, र उचित अधिकारीहरू पनि छन्। त्यहाँ तिनीहरू आरोप पेश गर्न सक्छन्।
39
यसबाहेक तपाईंहरू अरू केही कुरा ल्याउन चाहनुहुन्छ भने यसको छिनोफानो वैधानिक सभाबाटै हुनुपर्छ।
40
हालको परिस्थितिमा आज भएको घटनाको कारण हामीमाथि हुलदङ्गा गरेको आरोप लाग्ने खतरा छ; त्यस्तो भएमा हामी यसको स्पष्टीकरण दिन सक्नेछैनौँ, किनकि यसको कुनै कारण नै छैन।”
41
यति भनिसकेर तिनले त्यो सभालाई बिदा गरिदिए।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28