bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Acts 5
Acts 5
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 6 →
1
यसै समयमा हननिया नामका एक जना मानिसले उनकी पत्नी सफीरासित मिलेर आफ्नो एक टुक्रा जग्गा बेचे।
2
आफ्नी पत्नीको पूर्ण जानकारीमा तिनले बिक्रीबाट प्राप्त रकमको केही हिस्सा आफ्ना निम्ति राखे, र बाँकी सबै प्रेरितहरूको चरणमा राखे।
3
त्यसपछि पत्रुसले भने, “हननिया, कसरी शैतानले तिम्रो हृदय भरिदियो र तिमीले पवित्र आत्मासँग झूट बोल्यौ। जग्गा बिक्रीबाट पाएको रकमबाट केही भाग आफ्ना लागि कसरी राख्न सक्यौ?
4
बिक्री गर्नुभन्दा पहिले के यो तिम्रो आफ्नै थिएन र? बिक्री गरिसकेपछि त्यसबाट प्राप्त रकम पनि तिम्रै अधीनमा थिएन र? यस्तो काम गर्ने विचार तिम्रो मनमा कसरी उत्पन्न भयो? तिमीले मानिसहरूसँग होइन, तर परमेश्वरसँग झूट बोलेका छौ।”
5
यो कुरा सुन्नेबित्तिकै, हननिया भुइँमा पछारिए र मरे। यो घटना सुन्ने सबैको मनमा ठूलो डर पस्यो।
6
अनि केही जवानहरू अगाडि आएर त्यस मृत शरीरलाई लुगाले बेह्रे। अनि बाहिर लगेर चिहानमा गाडिदिए।
7
करिब तीन घण्टापछि तिनकी पत्नी त्यस ठाउँमा आइन्। त्यहाँ भएको घटनाका बारेमा तिनलाई केही थाहा थिएन।
8
पत्रुसले तिनलाई सोधे, “मलाई भन, तिमीहरू दुवैले जग्गा बेचेर प्राप्त गरेको रकम त्यत्ति नै हो त?” “हो,” तिनले जवाफ दिइन्, “रकम त्यत्ति नै हो।”
9
पत्रुसले तिनलाई भने, “प्रभुको आत्माको परीक्षा गर्न तिमीहरू दुवै कसरी सहमत भयौ? हेर! तिम्रो पतिलाई चिहानमा गाड्नेहरू बाहिर ढोकामै छन्। अब तिनीहरूले तिमीलाई पनि लिएर जानेछन्।”
10
त्यही क्षण पत्रुसको पाउनिर तिनी पछारिएर मरिहालिन्; अनि ती जवानहरू भित्र आए, र तिनलाई मरिसकेकी भेट्टाए। ती जवानहरूले तिनको मृत शरीर लगेर तिनकै पतिको चिहान छेउमा गाडिदिए।
11
सारा मण्डलीमाथि र यी घटनाहरू सुन्ने सबैमाथि ठूलो डर उत्पन्न भयो।
12
मानिसहरूका सामु प्रेरितहरूले धेरै अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गरे। सबै विश्वासीहरू एकसाथ सोलोमनको दलानमा भेला हुने गर्थे।
13
तिनीहरूलाई मानिसहरूले धेरै आदर गरे तापनि तिनीहरूका भेलामा सामेल हुने आँट कसैले गरेनन्।
14
तर पनि परमेश्वरमा विश्वास गर्ने पुरुष र स्त्रीहरूको संख्या दिनदिनै बढ्ने क्रम जारी नै रह्यो।
15
यहाँसम्म कि पत्रुस हिँड्ने बाटोमा मानिसहरूले बिरामीहरू ल्याएर खाट र सुकुलमा सुताउन थाले, ताकि तिनी त्यो बाटो हिँड्दा पत्रुसको छायामात्रै भए तापनि कुनै बिरामीमाथि परोस्।
16
अशुद्ध आत्माले ग्रस्त भएका र बिरामी भएका आफ्ना परिवारका सदस्यहरूलाई यरूशलेमका वरिपरिका सहरहरूबाट मानिसहरूले ल्याउँदा त्यहाँ ठूलो भीड जम्मा भयो; र ती सबै निको पारिए।
17
प्रधान पुजारी र उनका सबै सहायकहरू, जो सदुकी पन्थका थिए, उनीहरूको हृदय डाहले भरियो।
18
अनि प्रेरितहरूलाई तिनीहरूले समातेर सार्वजनिक झ्यालखानामा हालिदिए।
19
तर मध्यरातको समयमा प्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलेर तिनीहरूलाई बाहिर निकाले।
20
अनि तिनले भने, “जाओ, मन्दिरको आँगनमा खडा होओ, र यस नयाँ जीवनको पूर्ण सन्देश मानिसहरूलाई सुनाओ।”
21
तिनीहरूलाई भनिएझैँ नै झिसमिसेमै तिनीहरू मन्दिरको चोकभित्र पसे, र मानिसहरूलाई सिकाउन थाले। जब प्रधान पुजारी र उनका सहायकहरू भेला भए, तब उनीहरूले महासभा अर्थात् इस्राएलीहरूको प्रधानहरूको सम्पूर्ण सभालाई बोलाए। अनि प्रेरितहरूलाई झ्यालखानाबाट त्यहाँ ल्याउन मानिसहरू पठाए।
22
तर झ्यालखाना पुगेपछि हाकिमहरूले तिनीहरूलाई त्यहाँ भेट्टाएनन्। त्यसैले तिनीहरू फर्केर गएर यसो भने,
23
“हामीले झ्यालखानाका ढोकाहरूमा बलिया ताल्चाहरू लगाएका पायौँ। ढोकाहरूमा पहरेदारहरू तैनाथ थिए। तर जब ढोका खोल्यौँ, तब हामीले भित्र कसैलाई भेट्टाएनौँ।”
24
मन्दिरको पहरेदारहरूका सेनापति र मुख्य पुजारीहरूले जब यो खबर सुने, तब यसको नतिजा के हुने होला भनी अलमल परे।
25
त्यसै बेला एक जना त्यहाँ आएर तिनीहरूलाई भन्यो, “हेर्नुहोस्! तपाईंहरूले झ्यालखानामा हाल्नुभएका मानिसहरू मन्दिरका आँगनहरूमा उभिएर मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”
26
यो कुरा सुन्नसाथ आफ्ना अधिकृतहरूको साथमा सेनापति मन्दिरतिर गए। अनि प्रेरितहरूलाई महासभामा ल्याए। तिनीहरूले शक्ति प्रयोग गरेनन्। किनकि त्यसो गर्दा तिनीहरूलाई मानिसहरूले ढुङ्गा हान्लान् भन्ने डर थियो।
27
प्रेरितहरूलाई त्यहाँ ल्याइएपछि प्रधान पुजारीद्वारा प्रश्न गरिनका निम्ति तिनीहरूलाई महासभासामु उभ्याइयो।
28
प्रधान पुजारीले भने, “यस नाममा नसिकाउनू भनेर हामीले तिमीहरूलाई कडा आदेश दिएका थियौँ। तैपनि तिमीहरूले यसै नाममा आफ्नो शिक्षाले सारा यरूशलेम भरिदिएका छौ। अनि यस मानिसको रगतको दोषी हामीलाई बनाउन तम्सिएका छौ।”
29
पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञाको पालन गर्नैपर्छ!
30
हाम्रा पुर्खाहरूका परमेश्वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले क्रूसमा झुण्ड्याएर मार्नुभएको थियो।
31
इस्राएलले पश्चात्ताप गरोस् र पापको क्षमादान उहाँबाट होस् भनेर परमेश्वरले आफ्नो दाहिने हातपट्टि उच्च स्थानमा उहाँलाई राजकुमार र उद्धारकर्ताको रूपमा राख्नुभयो।
32
हामी ती कुराका साक्षी छौँ, र त्यसै गरी परमेश्वरको आज्ञापालन गर्नेहरूलाई उहाँले दिनुभएको पवित्र आत्मा पनि साक्षी हुनुहुन्छ।”
33
यो कुरा सुनेपछि, तिनीहरू अत्यन्त क्रोधित भए, र तिनीहरूलाई मार्न खोजे।
34
तर सबै मानिसहरूद्वारा सम्मानित व्यवस्थाका शिक्षक गमलिएल भन्ने एक जना फरिसी महासभामा उभिए। अनि प्रेरितहरूलाई केही समय त्यहाँबाट बाहिर लैजान आदेश दिए।
35
त्यसपछि तिनले महासभालाई यसरी सम्बोधन गरे: “इस्राएलका मानिस हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्ने विचार गर्दै हुनुहुन्छ, त्यसमा सतर्कतापूर्वक सोच्नुहोस्।
36
किनकि केही समयअगि थूदास भन्ने एक जना मानिस देखा पर्यो, जसले आफू कोही हुँ भन्ने दाबी गर्यो र चार सय जति मानिसहरू उसका समर्थक थिए। तर ऊ मारियो, उसका सबै चेलाहरू छरपस्ट भए, र सबै त्यसै बिलाएर गए।
37
त्यस मानिसपछि जनगणनाका दिनहरूमा गालीलको यहूदा देखा पर्यो। उसले पनि केही मानिसहरूलाई जम्मा गरेर विद्रोहमा खडा भयो। ऊ पनि मारियो; र उसका सबै चेलाहरू छरपस्ट भए।
38
त्यसैकारण अहिलेको सन्दर्भमा पनि म तपाईंहरूलाई सल्लाह दिन्छु: यी मानिसहरूलाई त्यसै हुन दिनुहोस्! यिनीहरूलाई छोडिदिनुहोस्। किनकि यदि यिनीहरूका उद्देश्य र क्रियाकलाप मानवीय हुन् भने ती असफल हुनेछन्।
39
तर यदि यो परमेश्वरबाट भएको हो भने तपाईंहरू यी मानिसहरूलाई आफ्ना कार्यबाट रोक्न सक्नु हुनेछैन। त्यस बेलामा तपाईंहरू आफैँलाई नै परमेश्वरको विरुद्ध लडिरहेको पाउनुहुनेछ।”
40
तिनीहरूलाई उनले भनेका वचनले चित्त बुझ्यो। अनि तिनीहरूले प्रेरितहरूलाई भित्र झिकाए, र तिनीहरूलाई कोर्रा लगाए। त्यसपछि येशूको नाममा प्रचार नगर्नू भन्ने आदेश दिए, र तिनीहरूले प्रेरितहरूलाई छोडिदिए।
41
येशूको नाममा अपमानित हुने योग्य हुन पाएकोमा आनन्दित हुँदै प्रेरितहरू महासभाबाट बाहिर गए।
42
येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने सुसमाचार घर-घर र मन्दिरका आँगनहरूमा दिनदिनै घोषणा गर्न र शिक्षा दिन तिनीहरूले छोडेनन्।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28