bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Acts 15
Acts 15
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 16 →
1
यहूदियाबाट केही मानिसहरू एन्टिओखिया आएर विश्वासीहरूलाई यसरी शिक्षा दिन थाले: “मोशाले सिकाएका रीतिअनुसार जबसम्म तिमीहरूको खतना हुँदैन, त्यस समयसम्म तिमीहरूको उद्धार हुन सक्दैन।”
2
यसकारण तिनीहरूसँग पावल र बारनाबासको ठूलो मतभेद अनि वाद-विवाद भयो। तब यरूशलेम गई त्यहाँका प्रेरितहरू र प्रधानहरूसँग यस प्रश्नको टुङ्गो लगाउन पावल र बारनाबास केही अन्य विश्वासीका साथ नियुक्त गरिए।
3
मण्डलीले तिनीहरूलाई त्यसरी पठाएपछि जब तिनीहरू फोनिके र सामरियाको बाटोहुँदै यात्रा गरिरहेका थिए, तब तिनीहरूले कसरी गैरयहूदीहरू प्रभुको बाटोमा फर्किएका थिए, सो सविस्तार सुनाए। त्यो खबरले सबै विश्वासीहरू प्रसन्न भए।
4
जब तिनीहरू यरूशलेममा आए, तब मण्डली, प्रेरितहरू र प्रधानहरूले तिनीहरूको स्वागत गरे, जसलाई परमेश्वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरूको बयान तिनीहरूले गरे।
5
त्यसपछि फरिसी दलका केही विश्वासीहरू उभिएर भने, “गैरयहूदीहरूको खतना गर्नुपर्दछ र तिनीहरूले मोशाको व्यवस्था पालन गर्नैपर्दछ।”
6
यस प्रश्नमा विचार गर्न प्रेरितहरू र प्रधानहरू भेला भए।
7
ठूलो बहस चलेपछि पत्रुस उठे, र तिनले सम्बोधन गर्न थाले: “दाजुभाइ-दिदीबहिनीहरू हो, तपाईंहरूलाई थाहा छ, सुसमाचारको सन्देश मेरो मुखद्वारा गैरयहूदीहरूले सुनून् र त्यसमा विश्वास गरून् भनेर केही समयअगि परमेश्वरले तपाईंहरूबाट मलाई छनौट गर्नुभयो।
8
मानिसको हृदय जान्नुहुने परमेश्वरले तिनीहरूलाई पनि हामीलाई जस्तै पवित्र आत्मा दिईकन ग्रहण गर्नुभएको गवाही देखाउनुभएको छ।
9
हामी र तिनीहरूका बीचमा उहाँले कुनै भेदभाव रहन दिनुभएन; किनकि विश्वासद्वारा तिनीहरूका हृदय उहाँले शुद्ध पारिदिनुभयो।
10
त्यसैले अब चेलाहरूको काँधमा यो जुवा राखिदिएर परमेश्वरको परीक्षा लिन तपाईंहरू किन प्रयत्न गर्दै हुनुहुन्छ? जुन जुवालाई न हामीले, न त हाम्रा पुर्खाहरूले नै बोक्न सक्यौँ।
11
हामी विश्वास राख्दछौँ, हाम्रा प्रभु येशूको अनुग्रहद्वारा जसरी उनीहरूले उद्धार पाएका छन्, हामीले पनि त्यसरी नै उद्धार पाएका हौं।”
12
जब बारनाबास र पावलले गैरयहूदीहरूका बीचमा परमेश्वरले उनीहरूद्वारा गर्नुभएका अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू सुनाए, तब सबै भीड चुपचाप भयो।
13
तिनीहरूका भनाइ सकिएपछि याकोबले भने: “दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो कुरा सुन्नुहोस्।
14
सबैभन्दा पहिले परमेश्वरले कसरी गैरयहूदीहरूबाट आफ्ना निम्ति एउटा जातिको छनौट गर्नुभयो भन्ने कुराको वर्णन सिमोनले हामीलाई गरेका छन्।
15
अनि उनको यस भनाइसँग अगमवक्ताहरूको वचन मिल्छ; किनकि यस्तो लेखिएको छ:
16
“ ‘यसपछि म फर्कनेछु, र दावीदको भत्केको पाललाई फेरि निर्माण गर्नेछु। यसको भग्नावशेषलाई म फेरि निर्माण गर्नेछु, र यसलाई फेरि स्थापित गर्नेछु।
17
बाँकी मानिसहरूले र मेरो नाम लिने गैरयहूदीहरूले प्रभुलाई खोज्न सकून्, प्रभु भन्नुहुन्छ, जसले यी कुराहरू गर्नुहुन्छ’
18
जुन सृष्टिको अनन्तकालदेखि जानिएको छ।
19
“त्यसकारण मेरो विचार यही हो: परमेश्वरकहाँ फर्केर आएका गैरयहूदीहरूलाई हामीले अप्ठ्यारो पार्नुहुँदैन।
20
त्यसको साटो तिनीहरूका निम्ति हामीले लेखिदिनु पर्दछ: मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, व्यभिचारबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र रगतबाट अलग रहून्।
21
किनकि धेरै अगिदेखि प्रत्येक सहरमा मोशाको व्यवस्था प्रचार भएको छ, र हरेक शब्बाथमा त्यसलाई सभाघरहरूमा पढिँदैछ।”
22
त्यसपछि प्रेरितहरू र प्रधानहरू लगायत, सम्पूर्ण मण्डलीले आफूहरूमध्येबाट केही मानिसहरूलाई पावल र बारनाबासको साथ एन्टिओखियामा पठाउने निर्णय गरे। तिनीहरूले बर्साबास भनिने यहूदा र सिलासलाई चुने, जो तिनीहरूका अगुवा थिए।
23
उनीहरूको हातमा तिनीहरूले यस्तो पत्र पठाए: एन्टिओखिया, सिरिया र किलिकियामा बस्ने गैरयहूदी विश्वासीहरूमा: हामी प्रेरितहरू, प्रधानहरू र तपाईंहरूका विश्वासी दाजुभाइहरूबाट अभिवादन!
24
हाम्रो आज्ञाविना नै हामीमध्ये केही मानिसहरू त्यहाँ आएर नाना थरीका कुरा गरेर तपाईंहरूको मन बिथोलेका छन् भनी हामीले सुनेका छौँ,
25
यसकारण केही मानिसहरूलाई छनौट गरी तिनीहरूलाई हाम्रा प्रिय सङ्गी बारनाबास र पावलका साथ तपाईंहरूकहाँ पठाउन हामीले एकमतले निर्णय गरेका छौँ।
26
यी दुई मानिसहरू यस्ता हुन्, जसले प्रभु येशू ख्रीष्टका नामका निम्ति आफ्नो प्राण जोखिममा पारेका छन्।
27
यसैले हामी जे लेखिरहेका छौँ, त्यसलाई आफ्ना मुखको वचनद्वारा प्रमाणित गर्न यहूदा र सिलासलाई पठाइरहेका छौँ।
28
यी कुराहरूभन्दा बढ्ता गर्नु भनेर तपाईंहरूलाई बोझ लाद्न पवित्र आत्मा र हामी आवश्यक ठान्दैनौँ।
29
मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, रगतबाट, घाँटी निमोठेर मारेका पशुहरूको मासु र व्यभिचारबाट टाढा रहनुहोस्! यी सबै कुराबाट अलग रहनुभयो भने असल हुनेछ! बिदा।
30
त्यहाँबाट बिदा गरिएपछि ती मानिसहरू एन्टिओखिया पुगे। त्यहाँ तिनीहरूले मण्डलीलाई एकैसाथ भेला गराएर त्यो पत्र बुझाइदिए।
31
ती मानिसहरूले त्यो पत्र पढेर त्यसका उत्साहपूर्ण अर्तीबाट खुशी भए।
32
यहूदा र सिलास, जो आफैँ पनि अगमवक्ताहरू थिए, धेरै वचनहरूद्वारा विश्वासीहरूलाई प्रोत्साहित र स्थिर गराए।
33
तिनीहरू केही दिन त्यहाँ बसेपछि विश्वासीहरूद्वारा शान्तिको आशिष्सहित फिर्ता पठाइए, जहाँबाट तिनीहरूलाई पठाइएको थियो।
34
तर सिलासले त्यहीँ बस्ने निर्णय गरे।
35
पावल र बारनाबासचाहिँ एन्टिओखियामै बसे। तिनीहरू त्यहाँ रहुन्जेल प्रभुको वचनको शिक्षा र सुसमाचार प्रचार गरे।
36
केही समयपछि पावलले बारनाबासलाई यसो भने, “हामीले जति सहरहरूमा प्रभुको वचनको प्रचार गर्यौँ, ती सबै ठाउँहरूमा हामी फर्केर जाऔँ; अनि दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेर तिनीहरू कसरी प्रभुमा लागिरहेका छन्, हेरौँ।”
37
मर्कूस भनिने यूहन्नालाई पनि बारनाबासले आफूसँग लिएर जान चाहन्थे।
38
तर पावलको विचारमा उनलाई साथमा लैजान बुद्धिमानी लागेन; किनकि पामफिलियामा उनले तिनीहरूलाई छोडेका थिए र तिनीहरूका काममा साथ दिएका थिएनन्।
39
तिनीहरूका बीच यति चर्को मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए। अनि बारनाबासले मर्कूसलाई साथमा लिएर साइप्रसका निम्ति जहाजबाट प्रस्थान गरे।
40
पावलले सिलासलाई चुने, र विश्वासीहरूद्वारा प्रभुको अनुग्रहमा अर्पण गरिएपछि हिँडे।
41
उनी सिरिया र किलिकियाको यात्रा गर्दै जाँदा मण्डलीहरूलाई स्थिर गराउँदै गए।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28