bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Acts 13
Acts 13
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 14 →
1
एन्टिओखियाको मण्डलीमा कति अगमवक्ताहरू र शिक्षकहरू थिए: बारनाबास, निगेर भनिने शिमियोन, साइरिनीका लुकियस र मनेन (जो शासक हेरोदसँग हुर्केका थिए) र शाऊल।
2
तिनीहरू प्रभुको आराधना गरिरहेका बेला र उपवास बसिरहेका बेला पवित्र आत्माले “बारनाबास र शाऊललाई मैले तोकेको काम गर्नको निम्ति अलग गर” भन्नुभयो।
3
त्यसकारण तिनीहरूले उपवाससहित प्रार्थना गरे, र ती दुईमाथि आफ्नो हात राखेर तिनीहरूलाई पठाइदिए।
4
बारनाबास र शाऊल पवित्र आत्माद्वारा पठाइएअनुसार सिलुकिया गए। अनि त्यहाँबाट साइप्रस जानका निम्ति जहाज चढे।
5
जब तिनीहरू सलामिस पुगे, तब तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्वरको वचनको घोषणा गरे। तिनीहरूका सहायताको रूपमा यूहन्ना तिनीहरूसँगै थिए।
6
तिनीहरू सम्पूर्ण टापुको यात्रा गर्दै पाफोस आइपुगे। त्यहाँ तिनीहरूले बार-येशू नामको एक जना यहूदी जादुगर र झूटा अगमवक्तालाई भेटे।
7
त्यो एउटा प्रान्तको “सर्गियस पौलुस” नामको शासकको परिचारक थियो। ती राज्यपाल एक समझदार मानिस थिए। तिनले बारनाबास र शाऊललाई बोलाए; किनकि तिनी परमेश्वरको वचन सुन्न चाहन्थे।
8
तर एलुमास जादुगरले (उसको नामको अर्थ टुनामुना गर्ने हो) तिनीहरूको विरोध गर्यो। अनि ती राज्यपाललाई तिनको विश्वासबाट फर्काउने प्रयत्न गर्यो।
9
त्यसपछि शाऊल, जसलाई पावल पनि भनिन्छ, तिनी पवित्र आत्माले भरिएर एलुमासको आँखामा एक टकले हेर्दै भने,
10
“ए शैतानको बच्चा, हरेक सही कुराको शत्रु, सबै किसिमका छल र कपटले भरिपूर्ण, प्रभुका असल र ठिक बाटाहरू भ्रष्ट पार्न के तँ कहिल्यै छोड्दैनस्?
11
अब प्रभुको शक्ति तेरो विरुद्धमा छ। तँ आँखा नेदेख्ने हुनेछस् र आउँदो केही समयका निम्ति सूर्यको प्रकाश देख्न सक्नेछैनस्।” तुरुन्तै कुइरो र अन्धकारले उसलाई ढाक्यो। अनि कसैले आफ्नो हात समाई डोर्याइदेला कि भनी त्यो यताउति गर्न थाल्यो।
12
त्यहाँ घटेको घटना ती राज्यपालले देखेपछि उनले विश्वास गरे। किनकि प्रभुका बारेमा दिइएको शिक्षाबाट तिनी अचम्म परेका थिए।
13
पावल र तिनका सङ्गीहरू पाफोसबाट जहाज चढी पामफिलियाको पर्गा सहरमा पुगे। यूहन्नाचाहिँ त्यहीँबाट यरूशलेम फर्किए।
14
पर्गाबाट तिनीहरू पिसिदियाको एन्टिओखियामा गए। शब्बाथमा तिनीहरू सभाघरभित्र पसे र त्यहाँ बसे।
15
त्यहाँ व्यवस्था र अगमवक्ताका पुस्तकहरू पढिसकेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनेर खबर पठाए, “दाजुभाइ-दिदीबहिनीहरू हो, मानिसहरूलाई प्रोत्साहित गर्ने अर्तीका वचन तपाईंहरूसँग छ भने कृपा गरी भन्नुहोस्।”
16
त्यो सुनेपछि पावल उभिएर सभालाई शान्त हुन हातले इशारा गर्दै भने: “हे इस्राएलीहरू र परमेश्वरको डर मान्ने गैरयहूदीहरू हो, मेरो कुरा ध्यानपूर्वक सुन्नुहोस्!
17
इस्राएली जातिका परमेश्वरले हाम्रा पुर्खाहरूलाई चुन्नुभयो। इजिप्टमा बस्दा उहाँले तिनीहरूलाई उच्च बनाउनुभयो। महान् शक्तिका साथ तिनीहरूलाई उहाँले त्यस देशबाट बाहिर ल्याउनुभयो।
18
प्राय: चालीस वर्षसम्म उजाडस्थानमा तिनीहरूका व्यवहारलाई उहाँले सहनुभयो।
19
कनानका सात राष्ट्रहरूलाई उहाँले नाश गर्नुभयो र उनीहरूको देश आफ्ना जनहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो।
20
प्रायः चार सय पचास वर्षसम्म तिनीहरूले त्यहाँ अधिकार जमाए। “यसपछि शमूएल अगमवक्ताको समय नआउन्जेल परमेश्वरले तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो।
21
अनि मानिसहरूले एउटा राजाको माग गरे। अनि उहाँले बेन्यामीन कुलका कीशका छोरा शाऊललाई तिनीहरूका राजा बनाउनुभयो। तिनले चालीस वर्षसम्म शासन गरे।
22
तर शाऊललाई हटाएपछि दावीदलाई उहाँले तिनीहरूका राजा बनाउनुभयो। तिनको विषयमा साक्षी दिँदै परमेश्वरले भन्नुभयो: ‘यिशैको छोरा दावीदलाई मैले आफ्नो हृदयअनुसारको मानिस भेट्टाएको छु; जसबाट म जे काम गराउन चाहन्छु, त्यसले ती सबै गर्नेछ।’
23
“यिनै मानिसका सन्तानबाट परमेश्वरले प्रतिज्ञा गर्नुभएबमोजिम इस्राएलको एक उद्धारकर्ता येशूलाई ल्याउनुभयो।
24
येशूको आगमनभन्दा अगाडि यूहन्नाले सबै इस्राएलीहरूमा पश्चात्ताप र बप्तिस्माको प्रचार गरे।
25
जब यूहन्ना आफ्नो काम पूरा गरिरहेका थिए, उनले भने, ‘मलाई तपाईंहरूले को भनी ठान्नुभएको छ? म त उहाँ होइन। तर उहाँ मपछि आउनुहुनेछ। उहाँका पाउका जुत्तासम्म पनि फुकाल्ने योग्यको म छैनँ।’
26
“हे दाजुभाइ-दिदीबहिनीहरू हो, अब्राहामका सन्तान र परमेश्वरको भय मान्ने गैरयहूदीहरू, यो उद्धारको सन्देश हामीहरूमा नै पठाइएको छ।
27
यरूशलेमका मानिसहरू र तिनका शासकहरूले येशूलाई चिनेनन्, तैपनि उहाँलाई दण्ड दिएर तिनीहरूले अगमवक्ताहरूका वचनहरूलाई पूरा गरे, जो हरेक शब्बाथमा पढिन्थ्यो।
28
यद्यपि उहाँलाई मृत्युदण्ड दिन तिनीहरूले कुनै ठोस कारण फेला पारेनन्। तर पनि उहाँलाई ज्यान सजाय दिनुपर्छ भनी पिलातससँग तिनीहरूले माग गरे।
29
जब तिनीहरूले उहाँका बारेमा लेखिएका सबै कुराहरू पूरा गरे, तिनीहरूले उहाँलाई क्रूसबाट तल झारेर चिहानमा राखे।
30
तर परमेश्वरले उहाँलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभयो।
31
त्यसपछिका धेरै दिनसम्म गालीलदेखि यरूशलेमसम्म उहाँसँगै यात्रा गर्नेहरूका सामु उहाँ प्रकट हुनुभएको थियो। अहिले तिनीहरू नै हाम्रा मानिसहरूका माझमा उहाँका साक्षी भएका छन्।
32
“हाम्रा पुर्खाहरूसँग परमेश्वरले जे प्रतिज्ञा गर्नुभयो, हामी तपाईंहरूलाई त्यो सुसमाचार सुनाउँछौँ,
33
तिनीहरूका सन्तान अर्थात् हामीहरूका निम्ति येशूलाई जीवित पारीकन परमेश्वरले त्यो प्रतिज्ञा पूरा गर्नुभयो। भजनसंग्रह दुईमा लेखिएको छ: “ ‘तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु।’
34
कहिले पनि नकुहिने गरी उहाँलाई परमेश्वरले मरेकाहरूबाट जीवित पार्नुभएको तथ्य, यी वचनहरूमा भनिएको छ: “ ‘दावीदलाई प्रतिज्ञा गरेबमोजिम म तिमीहरूलाई पवित्र र अटल आशीर्वाद दिनेछु।’
35
किनभने अर्को ठाउँमा पनि यस्तै लेखिएको छ: “ ‘तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछैन।’
36
“किनकि उनको आफ्नै पुस्तामा दावीदले परमेश्वरको उद्देश्यअनुसार काम गरेपछि उनको मृत्यु भयो; उनी आफ्ना पुर्खाहरूसँग गाडिए र उनको शरीर सड्यो।
37
तर जसलाई परमेश्वरले मरेकाहरूबाट जीवित पार्नुभयो, उहाँको शरीरचाहिँ कुहिएन।
38
“त्यसैकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू, तपाईंहरू यो कुरा बुझ्नुहोस् भन्ने म चाहन्छु, येशूद्वारा पापहरूको क्षमा तपाईंहरूलाई घोषणा गरिएको छ।
39
उहाँमा विश्वास गर्ने हरेक उहाँद्वारा नै सबै कुरामा धर्मी ठहराइएको छ, जुन धार्मिकता मोशाको व्यवस्थाद्वारा सम्भव थिएन।
40
यसकारण होसियार हुनुहोस्, अगमवक्ताहरूको मुखबाट निस्केका यी वचन तपाईंहरूमा लागू नहोस्:
41
“ ‘हे निन्दा गर्नेहरू हो, हेर, आश्चर्य मान र नष्ट भइजाओ; किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, जुन तिमीहरूलाई कसैले भने पनि तिमीहरू त्यसमा कहिल्यै विश्वास गर्नेछैनौ।’ ”
42
पावल र बारनाबासले सभाघर छोडेपछि मानिसहरूले तिनीहरूलाई अर्को शब्बाथ, अरू कुरा गर्नका निम्ति बोलाए।
43
सभा समाप्त गरेपछि धेरै यहूदी तथा यहूदी धर्म मान्ने भक्तहरूले पावल र बारनाबासलाई पछ्याए, जसले परमेश्वरको अनुग्रहमा लागिरहन तिनीहरूलाई बिन्ती गरे।
44
प्रभुको वचन सुन्न अर्को शब्बाथमा पूरै सहर जम्मा भएर आयो।
45
जब यहूदीहरूले भीडलाई देखे, तब तिनीहरू ईर्ष्याले भरिए। अनि पावलले भनेका कुराहरूमाथि नानाथरी दोष लगाउँदै उनको अपमान गरे।
46
त्यसपछि पावल र बारनाबासले तिनीहरूलाई निर्भयतापूर्वक जवाफ दिए, “सबैभन्दा पहिला त तपाईंहरूलाई नै हामीले परमेश्वरको वचन भन्नुपर्थ्यो। तपाईंहरूले यसको तिरस्कार गरेर आफूलाई अनन्त जीवनको अयोग्य बनाउनुभएकोले अब हामी गैरयहूदीतिर फर्कँन्छौँ।
47
किनभने प्रभुले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ: “ ‘गैरयहूदीहरूका निम्ति मैले तिमीहरूलाई एउटा ज्योति बनाएको छु, ताकि संसारको अन्तिम छेउसम्म तिमीहरूले उद्धार पुर्याउन सक।’ ”
48
यो कुरा सुनेपछि गैरयहूदीहरू खुशी भए, र प्रभुको वचनलाई आदरका साथ ग्रहण गरे; अनि अनन्त जीवनका लागि नियुक्त भएका सबैले विश्वास गरे।
49
प्रभुको वचन सम्पूर्ण क्षेत्रभरि फैलियो।
50
तर यहूदीहरूले प्रभुको भय मान्ने माथिल्ला दर्जाका महिलाहरू र सहरका मुख्य पुरुषहरूलाई उक्साए। पावल र बारनाबासका विरुद्धमा तिनीहरूले उपद्रवका लागि उत्तेजना फैलाए। अनि तिनीहरूलाई आफ्नो क्षेत्रबाट सिमानापारि कटाए।
51
तर तिनीहरूका विरुद्ध उनीहरूले आफ्ना पैतालाको धुलो टकटक्याएर आइकोनियममा गए।
52
अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरिपूर्ण भए।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28