bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Acts 21
Acts 21
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 22 →
1
तिनीहरूसँग बिदा भएपछि हामी सोझै कोसतिरको जहाज चढ्यौँ। अर्को दिन हामी रोडस गयौँ। अनि त्यहाँबाट पटारा पुग्यौँ।
2
त्यहाँ हामीले फोनिके जान लागेको एउटा जहाज भेट्यौँ, र त्यसैमा चढेर अगाडि बढ्यौँ।
3
साइप्रस टापु देखा परेपछि त्यसलाई दक्षिणतिर पारेर हामी सिरियातिर लाग्यौँ। हाम्रो जहाजबाट मालसामान उतार्नुपरेकोले हामी टायरमा उत्रियौँ।
4
त्यसपछि हामी त्यहाँ बस्ने चेलाहरूकहाँ गयौँ र तिनीहरूसँग सात दिनसम्म बस्यौँ। पवित्र आत्माद्वारा अगुवाइ पाएर तिनीहरूले पावललाई यरूशलेम नजान भनी बिन्ती गरे।
5
जब हाम्रो त्यहाँबाट बिदा हुने समय भयो, हामी आफ्नो बाटो लाग्यौँ; तब त्यहाँका सबै जना तिनीहरूका पत्नीहरू र सन्तानहरूसमेत हामीलाई सहरबाहिर पुर्याउन आए; र त्यहाँ समुद्रको किनारमा घुँडा टेकेर हामीहरूले प्रार्थना गर्यौँ।
6
एक-अर्कासँग बिदा भएपछि हामी जहाजमा चढ्न गयौँ र उनीहरू घर फर्के।
7
टायरबाट हामी निरन्तर यात्रा गर्दै टोलेमाइसमा उत्रियौँ, त्यहाँ हामीले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्यौँ र तिनीहरूसँग एक दिन बस्यौँ।
8
अर्को दिन तिनीहरूसँग बिदा भएर हामी कैसरिया पुग्यौँ र सात जनामध्येका एक जना प्रचारक फिलिपको घरमा हामी बस्यौँ।
9
तिनका चार जना अविवाहित छोरीहरू थिए, जसले अगमवाणी बोल्थे।
10
हामी त्यहाँ बसेको केही दिनपछि यहूदियाबाट अगाबस नामका एक जना अगमवक्ता आए।
11
हामीकहाँ आएर तिनले पावलको पटुका लिए, र त्यसले आफ्ना हातखुट्टाहरू बाँधे र यसो भने, “पवित्र आत्मा भन्नुहुन्छ, ‘यरूशलेमका यहूदी अगुवाहरूले यो पटुकाको मालिकलाई यसै गरी बाँध्नेछन् र तिनलाई गैरयहूदीहरूका हातमा सुम्पिदिनेछन्।’ ”
12
जब हामीले यी कुराहरू सुन्यौँ, हामी र त्यहाँ उपस्थित अरू मानिसहरूले पावललाई यरूशलेम नजानुहोस् भनी बिन्ती गर्यौँ।
13
पावलले जवाफ दिए, “तपाईंहरू किन यसरी रुनुहुन्छ र मेरो हृदय विचलित पार्नुहुन्छ? म त बाँधिन मात्र होइन, तर प्रभु येशूको नामका निम्ति यरूशलेममा मर्न पनि तयार छु।”
14
तिनलाई कसै गरी मनाउन नसकेपछि, “प्रभुको इच्छा पूरा होस्” भनी हामीले प्रयत्न गर्न छोड्यौँ।
15
त्यसपछि हामी सामानहरू तयार गरेर माथि यरूशलेमतिर बाटो लाग्यौँ।
16
हामीसँग कैसरियाका केही चेलाहरू पनि आए। तिनीहरूले हामीलाई मनासोनको घरमा लिएर गए; जो पहिलेका चेलाहरूमध्येका एक थिए।
17
जब हामी यरूशलेम आइपुग्यौँ, तब दाजुभाइ-दिदीबहिनीहरूले हृदयदेखि खुशी भएर हाम्रो स्वागत गरे।
18
भोलिपल्ट पावल र हामी सबै याकोबलाई भेट्न गयौँ, र त्यहाँ सबै मण्डली प्रधानहरू उपस्थित थिए।
19
पावलले सबैलाई अभिवादन गरे, र उनको सेवाद्वारा परमेश्वरले गैरयहूदीहरूको बीचमा के कस्ता काम गर्नुभएको थियो, ती सबैको बयान तिनले एक-एक गरी बताइदिए।
20
तिनीहरूले यो सुनेपछि परमेश्वरको प्रशंसा गरे र तिनीहरूले पावललाई भने: “हेर्नुहोस् भाइ, तपाईंले देख्नुहुन्छ, यहूदीहरूमध्ये कैयौँ हजार विश्वासी भएका छन्; र ती सबै जना मोशाका व्यवस्थामा उत्साहित छन्।
21
तिनीहरूलाई जानकारी गराइएको छ, कि तपाईंले गैरयहूदीहरूका बीचमा बस्ने सबै यहूदीहरूलाई मोशाको व्यवस्थालाई त्यागिदिनू; र तिनीहरूका सन्तानको खतना नगर्नू अथवा हाम्रा रीतिथितिअनुसार नजिऊनू भन्ने शिक्षा दिनुभएको छ।
22
अब हामीले के गर्ने हो? निश्चय नै तपाईं आउनुभएको छ भन्ने कुरा तिनीहरूले सुन्नेछन्,
23
यसकारण हामी जे भन्दछौँ, तपाईं त्यही गर्नुहोस्। यहाँ हामीसित चार जना भाकल गर्ने मानिसहरू छन्।
24
यी मानिसहरूलाई साथमा लिनुहोस् र तिनीहरूसँगै आफैँलाई शुद्ध पार्नुहोस् र त्यसमा लाग्ने तिनीहरूको खर्च तिरिदिनुहोस्। तिनीहरूले आ-आफ्ना कपाल खौरून्। त्यसपछि तपाईंका बारेमा चलाइएका हल्लाहरूमा कुनै सत्यता रहनेछैन, तर तपाईंचाहिँ व्यवस्थाप्रति आज्ञाकारी भएर जिउनुहुँदो रहेछ भनेर हरेकले थाहा पाउनेछन्।
25
जहाँसम्म गैरयहूदी विश्वासीहरूको कुरा छ, मूर्तिहरूलाई बलि चढाइएका भेटी र भोजन खानबाट, रगतबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र व्यभिचारबाट तिनीहरू पूर्ण रूपले अलग हुनुपर्छ भनेर हामीले गरेका निर्णय लिखित रूपमा तिनीहरूलाई पठाइसकिएको छ।”
26
अर्को दिन ती चार जनालाई लिएर पावल गए र तिनीहरूसँगै तिनले आफूलाई पनि शुद्ध पारे। त्यसपछि कहिले शुद्ध हुने दिनहरू समाप्त हुने र हरेकका निम्ति भेटी चढाइनेछ भन्ने जानकारी दिन उनी मन्दिरमा गए।
27
जब सात दिन बित्नै लागेका थिए, तब एशिया प्रान्तका केही यहूदीहरूले पावललाई मन्दिरभित्र देखे। त्यहाँ भेला भएको सम्पूर्ण भीडहरूलाई सुर्याउँदै तिनीहरूले उनलाई पक्रे।
28
अनि चिच्याउँदै भन्न लागे, “हे इस्राएलका मानिसहरू हो, हामीहरूलाई मदत गर्नुहोस्! यो त्यही मानिस हो, जसले सबैलाई सबै ठाउँमा हाम्रा मानिसहरू, हाम्रो व्यवस्था र यस ठाउँको विरुद्ध शिक्षा दिन्छ। यहाँसम्म कि यसले मन्दिरभित्र ग्रीकहरूलाई ल्याएको छ, र यो पवित्रस्थानलाई अपवित्र तुल्याएको छ।”
29
(यो घटनाभन्दा अगि तिनीहरूले पावलसँग एफिससका त्रोफिमसलाई सहरमा देखेका थिए। त्यसकारण पावलले तिनलाई मन्दिरभित्र ल्याएका होलान् भन्ने तिनीहरूको धारणा थियो।)
30
सारा सहरभरि हल्लाखल्ला मच्चियो र चारैतिरबाट मानिसहरू दौडिँदै त्यहाँ आए। पावललाई समातेपछि उनलाई घिसार्दै तिनीहरूले मन्दिरबाहिर ल्याए र तुरुन्तै ढोकाहरू बन्द गरे।
31
जब तिनीहरूले उनलाई मार्ने प्रयत्न गरिरहेका थिए, तब सम्पूर्ण यरूशलेम सहर अशान्त छ भन्ने खबर रोमी पल्टनका सेनापतिकहाँ पुग्यो।
32
तुरुन्तै उनले आफ्ना केही अधिकृतहरू र सिपाहीहरू लिएर भीडतिर दगुरे। जब विद्रोहीहरूले सेनापति र सिपाहीहरूलाई देखे, तब तिनीहरूले पावललाई पिट्न छोडे।
33
त्यहाँ सेनापति आइपुगेपछि पावललाई पक्रे, र तिनलाई दुई वटा साङ्लाले बाँध्ने आदेश दिए। त्यसपछि यो को हो? र यसले के गरेको छ? भन्दै सोधे।
34
भीडबाट कसैले एउटा कुरा, कसैले अर्कै कुरा भनेर चिच्याउँदै थिए। यसरी खैलाबैला मच्चिएकोले गर्दा सेनापतिले साँचो कुरा के हो, सो थाहा पाउन सकेनन्, तब तिनले पावललाई ब्यारेकमा लैजान आदेश दिए।
35
जब पावल सिँढीमा पुगे, भीडको आतङ्क यति हिंसक भयो कि तिनलाई सिपाहीहरूले बोकेर लैजानुपर्यो।
36
किनकि तिनको पछि-पछि लागेको भीड “त्यसलाई सिद्ध्याइदेऊ!” भनेर चिच्याउँदै थियो!
37
सिपाहीहरूले पावललाई ब्यारेकभित्र लगिनै लाग्दा उनले सेनापतिलाई सोधे, “के म तपाईंलाई केही कुरा भन्ने अनुमति पाउन सक्छु?” तिनले जवाफ दिए, “के तिमी ग्रीक भाषा बोल्न सक्छौ?
38
के तिमी इजिप्टियन होइनौ, जसले केही समयअगि विद्रोह सुरु गरेर चार हजार आतङ्ककारीहरूलाई पछि लगाउँदै मरुभूमितिर लिएर गएको थियो?”
39
पावलले जवाफ दिए, “मचाहिँ किलिकियाको एउटा सहर टार्ससको एक यहूदी हुँ, कुनै साधारण सहरको नागरिक होइन। कृपया मलाई यी मानिसहरूलाई सम्बोधन गर्न दिनुहोस्।”
40
सेनापतिको अनुमति पाएर पावल सिँढीमा उभिएर भीडलाई चुप लाग्ने इशारा गरे। जब तिनीहरू सबै चुप भए, उनले तिनीहरूलाई हिब्रू भाषामा सम्बोधन गरे:
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28