bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Acts 12
Acts 12
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 13 →
1
त्यो समयमा राजा हेरोदले मण्डलीसँग सम्बन्धित केहीलाई सताउने मनसायले तिनीहरूलाई पक्राउ गरे।
2
उनले यूहन्नाका भाइ याकोबलाई तरवारले मारेका थिए।
3
यस कुराले यहूदीहरू खुशी भएका देखेर उनले पत्रुसलाई पनि पक्रने विचार गरे। यो अखमिरी रोटीको चाडको समयमा भएको थियो।
4
उनलाई पक्राउ गरेपछि झ्यालखानामा हाले। अनि चार-चार सिपाहीको टोली बनाएर चार पहरेदारहरूको समूहलाई उनको निगरानी गर्न सुम्पिदिए। हेरोदले निस्तार चाडपछि पत्रुसलाई मानिसहरूको सामु जाँचको निम्ति बाहिर ल्याउने योजना गरे।
5
यसकारण पत्रुसलाई झ्यालखानामा राखियो। तर मण्डली उनका निम्ति परमेश्वरसित खुरन्धार प्रार्थनामा लागिरहेको थियो।
6
हेरोदले उनको न्याय गर्ने अगिल्लो रातमा, पत्रुस दुई वटा साङ्लोले बाँधिएर दुई सिपाहीहरूका बीच सुतिरहेका थिए। ढोकामा पहरेदारहरूले रखवाली दिइराखेका थिए।
7
अचानक प्रभुका दूत झ्यालखानाको कोठामा देखा परे। अनि त्यहाँ एउटा ज्योति चम्क्यो। दूतले पत्रुसलाई कोखामा कोट्याएर “छिटो उठ!” भनी उठाए। अनि तिनका नाडीहरूबाट साङ्लाहरू फुस्किए।
8
त्यसपछि ती स्वर्गदूतले उनलाई भने, “तिम्रो जुत्ता र लुगाहरू लगाऊ!” पत्रुसले त्यसै गरे। “तिम्रो खास्टो वरिपरि बेह्रेर मलाई पछ्याऊ,” दूतले उनलाई भने।
9
पत्रुसले झ्यालखानाबाट बाहिरसम्म तिनलाई पछ्याए। ती स्वर्गदूतले जे गर्दैथिए, साँचो हो भन्ने ज्ञान उनलाई भएन, तर आफूले एउटा दर्शन देखिराखेको छु भनी ठाने।
10
तिनीहरूले पहिलो र दोस्रो पहरेदारहरूलाई पार गरेर सहरतिर जाने फलामे मूलढोकामा आइपुगे। तिनीहरूका निम्ति यो मूलढोका आफैँ खोलियो र यसबाट भएर तिनीहरू निस्के। एउटा बाटो पूरै हिँडिसकेपछि, स्वर्गदूतले अचानक तिनलाई छोडेर गए।
11
त्यसपछि पत्रुस होशमा आए, तब तिनले भने, “अब मलाई पक्का थाहा भयो, प्रभुले आफ्नो दूतलाई हेरोदका पञ्जाबाट र यहूदीहरूले जे गर्न चाहेका थिए, ती सबैबाट मलाई छुटाउन पठाउनुभएको रहेछ।”
12
यो कुरा उनले बुझेपछि उनी मर्कूस भनिने यूहन्नाकी आमा मरियमको घरमा गए, जहाँ धेरै मानिसहरू जम्मा भएर प्रार्थना गरिरहेका थिए।
13
पत्रुसले बाहिरी ढोकामा ढक्ढक्याए। अनि रोदा नाम गरेकी एउटी सेविका ढोकामा आएर जवाफ फर्काइन्।
14
जब तिनले पत्रुसको सोर चिनिन्, तब तिनी खुशी भएर ढोकै नखोलीकन “पत्रुस ढोकामा उभिरहनुभएको छ,” भनी रमाउँदै खबर दिन दौडेर गइन्।
15
तिनीहरूले तिनलाई यसरी जवाफ दिए, “तिमी बहुलाएकी छौ!” तर तिनी आफ्नो कुरा साँच्चै नै हो भनेर दृढ भइरहिन्। त्यसकारण तिनीहरूले “तिनी पत्रुसको दूत हुन सक्छन् भनी ठाने।”
16
तर पत्रुसले ढोका ढक्ढक्याइरहे। जब तिनीहरूले ढोका खोले, र तिनलाई देखे, तब तिनीहरू आश्चर्यचकित भए।
17
पत्रुसले तिनीहरूलाई चुप रहन हातले इशारा गरे। अनि कसरी तिनलाई प्रभुले झ्यालखानाबाट निकाल्नुभयो भनी वर्णन गरे। त्यसपछि तिनले भने, “यी कुराको बारेमा याकोब र अरू दाजुभाइ-दिदीबहिनीहरूलाई बताइदेओ,” भनेर तिनी अर्को ठाउँमा गइहाले।
18
पत्रुसको घटनाका सम्बन्धमा सिपाहीहरूमा त्यस बिहानी ठूलो खैलाबैला मच्चियो।
19
हेरोदले पत्रुसको धुइँपत्ताल खोजी गर्न लगाए। तर उनलाई नभेट्टाएपछि पहरेदारहरूसँग फेरि सोधपुछ गरिसकेपछि तिनीहरूलाई मृत्युदण्डको आज्ञा दिए। त्यसपछि हेरोद यहूदियाबाट कैसरिया गएर केही समय त्यहीँ बसे।
20
उनले टायर र सीदोनका मानिसहरूसित कलह मच्चाइराखेका थिए। ती दुई समूह एउटै भएर उनलाई भेट्न खोजिरहेका थिए। राजाको विश्वासी सेवक बलस्तसको मदतमा तिनीहरू मिलाप गर्न चाहन्थे। किनकि तिनीहरू भोजन आपूर्तिको निम्ति राजाको देशमा निर्भर थिए।
21
तब तोकिएको दिनमा राजकीय पोशाकमा हेरोद सिंहासनमा बसे र मानिसहरूलाई सम्बोधन गरे।
22
“यो त मानिसको नभएर ईश्वरको वाणी हो,” भन्दै मानिसहरू चिच्याए।
23
हेरोदले परमेश्वरलाई महिमा नदिएकोले तुरुन्तै प्रभुको एउटा दूतले उनलाई प्रहार गरे। अनि तिनी बिरामी भए, र किरा परेर मरे।
24
तर परमेश्वरको वचनचाहिँ बढ्दै र फैलिँदै गयो।
25
बारनाबास र शाऊलले आफ्नो काम समाप्त गरेपछि तिनीहरू यरूशलेमबाट फर्के, र तिनीहरूले साथमा मर्कूस भनिने यूहन्नालाई लिएर गए।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28