bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ezekiel 16
Ezekiel 16
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 17 →
1
याहवेहको यो वचन मकहाँ आयो:
2
“हे मानिसको छोरा, यरूशलेमलाई त्यसका घिनलाग्दा कामहरू औँल्याइदे,
3
र भन्, ‘प्रभु याहवेह यरूशलेमलाई यसो भन्नुहुन्छ: तेरो पुर्खा र तेरो जन्म कनानीहरूको देशमा भएको थियो; तेरो बुबा एक एमोरी थियो र तेरी आमा एक हित्तीनी थिई।
4
तँ जन्मेको दिन तेरो नाल काटिएको थिएन, न त तँलाई सफा गर्नलाई पानीले पखालियो; न त तँलाई नुनले मलियो अथवा लुगाले बेह्रियो।
5
तँलाई कसैले दयाको दृष्टिले हेरेन, न त तेरो निम्ति कसैले केही गरिदियो वा दया नै देखायो। बरु तँ खुला मैदानमा फ्याँकिएको थिइस्; किनकि तँ जन्मेकै दिन घृणित भएको थिइस्।
6
“ ‘जब म तेरो छेउबाट भएर गएँ, र तँलाई आफ्नो रगतमा लतपतिएको देखेँ; अनि तँ आफ्नो रगतमा लतपतिरहेकै अवस्थामा मैले तँलाई भने, “जीवित हो।”
7
मैले तँलाई खेतको बोटबिरुवाजस्तै बढ्न दिएँ। तँ बढिस्, हुर्किस् र युवावस्थामा प्रवेश गरिस्। तेरा स्तनहरू बढे र तेरो केश लामो भयो, तर पनि तँ पूरै नाङ्गै थिइस्।
8
“ ‘त्यसपछि म छेउबाट भएर जाँदा, जब मैले तँलाई हेरेँ, र तँलाई देखेँ; तँ प्रेम गर्ने उमेरको भएको थिइस्। मैले मेरो लुगाको एउटा किनार तँमाथि फैलाइदिएँ र तेरो नग्नता ढाकिदिएँ। अनि मैले तँसँग शपथ खाएँ, र तँलाई करारमा बाँधेँ; तब तँ मेरी भइस्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
9
“ ‘मैले तँलाई पानीले नुहाइदिएँ, र तेरो रगत सफा गरिदिएँ; अनि तँलाई मलम लगाइदिएँ।
10
मैले तँलाई बुट्टेदार वस्त्र लगाइदिएँ, र तँलाई अति राम्रो छालाको जुत्ता लगाइदिएँ। मैले तँलाई मलमल कपडा पहिर्याइदिएँ, र तँलाई बहुमूल्य वस्त्रले ढाकिदिएँ।
11
मैले तँलाई गरगहनाले आभूषित गराएँ: मैले तेरा हातमा चुरा र तेरो घाँटीमा हार पहिर्याइदिएँ।
12
मैले तेरो नाकमा नत्थ, तेरा कानहरूमा मुन्द्रा र तेरो शिरमा सुन्दर मुकुट लगाइदिएँ।
13
यसरी तँ सुन र चाँदीले सिँगारिइस्; तेरा वस्त्रहरू मिहिन सुती, बहुमूल्य र बुट्टेदार कपडाका थिए र तेरो भोजन एकदमै राम्रो मसिनो पिठो, मह र जैतुन तेल थियो। तँ असाध्यै सुन्दरी थिइस् र रानी हुन लायकको भइस्।
14
तेरो सुन्दरताको कारण जाति-जातिहरूको बीचमा तेरो ख्याति फैलियो; किनकि मैले तँलाई दिएको गौरवले तेरो सुन्दरतालाई पूर्ण बनाइदिएको थियो, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
15
“ ‘तर तैँले आफ्नो सुन्दरतामा भरोसा राखिस्, र आफ्नो ख्यातिलाई वेश्यावृत्तिको रूपमा प्रयोग गरिस्। तैँले आफ्नो कामुकतालाई तेरो छेउबाट भएर जाने जोसुकैमाथि मनपरी सुम्पिस् र तेरो सुन्दरता त्यस मानिसको भयो।
16
तैँले आफ्ना केही वस्त्रहरू लिएर देवस्थानहरू सिँगारिस्, जहाँ तैँले वेश्याकर्म गरिस्। तँ ती सिँगारिएका डाँडाहरूमा त्यसकहाँ गइस् र त्यसले तेरो सुन्दरता लुट्यो।
17
मैले तँलाई दिएका अति सुन्दर गहना, मेरो सुनचाँदीले बनिएको गरगहना तैँले लिइस्, र आफ्नै निम्ति पुरुषका मूर्तिहरू बनाएर तिनीहरूसितै वेश्यावृत्ति गर्न थालिस्।
18
अनि तैँले ती मूर्तिहरूलाई ढाक्नलाई तेरा बुट्टेदार कपडाहरू लगिस्, र तैँले ती मूर्तिहरूको अगि मेरो जैतुनको तेल र धूप चढाइस्।
19
अनि मैले तँलाई प्रबन्ध गरिदिएका भोजनहरू—मैले तँलाई खान भनेर जुटाइदिएको मसिनो पिठो, जैतुनको तेल र मह—तैँले ती मूर्तिहरूको अगाडि सुगन्धित धूपको रूपमा चढाइस्। प्रभु याहवेह भन्नुहुन्छ, त्यस्तै नै भएको थियो।
20
“ ‘तैँले मेरा निम्ति जन्माएका छोराछोरीहरू लिएर मूर्तिहरूका निम्ति भोजनको रूपमा बलिदान गरिस्। के यो तेरो वेश्यावृत्ति पर्याप्त थिएन?
21
तैँले मेरा छोराछोरीहरूलाई मारेर मूर्तिहरूलाई बलि चढाइस्।
22
तेरा सबै घिनलाग्दा कामहरूमा र तेरा वेश्यावृत्तिमा तैँले आफ्नो युवावस्थाका दिनहरू सम्झिनस्; जब तँ नाङ्गो र वस्त्रविहीन थिइस्, आफ्नो रगतमा तँ लतपतिएकी थिइस्।
23
“ ‘धिक्कार! तँलाई धिक्कार, प्रभु याहवेह भन्नुहुन्छ। तेरा अरू सबै दुष्टताहरूबाहेक
24
तैँले आफ्नै निम्ति पूजा गर्ने एउटा उच्च स्थान बनाइस् र हरेक सार्वजनिक चोकमा उच्च देवस्थान बनाइस्।
25
हरेक सडकको कुनामा तैँले देवस्थान बनाइस् र त्यहाँबाट भएर जाने हरेकलाई आफ्नो पाउ फैलाएर वेश्यावृत्तिको निम्ति तेरो शरीर सुम्पिइस्, र आफ्नो सुन्दरतालाई अपमानित गरिस्।
26
तैँले आफ्ना कामुक छिमेकी इजिप्टियनहरूसँग पनि वेश्यावृत्ति गरिस्, र आफ्नो बढ्दो वेश्यावृत्तिले मलाई रिस उठाइस्।
27
यसकारण हेर्, मैले मेरो हात तेरो विरुद्धमा पसारेको छु, र मैले तेरो देशको सिमाना सानो बनाइदिएको छु; मैले तँलाई तेरा शत्रुहरू, अर्थात् पलिश्तीहरूका छोरीहरूका लोभको शिकार बनाइदिएको छु, जो तेरो अनैतिकताको चाल देखेर लज्जित भएका थिए।
28
तैँले अश्शूरहरूसित पनि वेश्यावृत्ति गरिस्; किनकि तेरो तिर्खा मेटिँदैनथ्यो, तर पनि तँ तृप्त भइनस्।
29
तब तैँले व्यापारी देश बेबिलोनसँग पनि तेरो वेश्यावृत्ति बढाएर लगिस्, तर यसले पनि तँ तृप्त भइनस्।
30
“ ‘यसैले तेरो विरुद्धमा म रिसको आगोले भरिएँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ: जब तैँले यी सबै कामहरू गरिस्, तैँले एक निर्लज्ज वेश्याको जस्तै व्यवहार गरिस्!
31
जब तैँले हरेक सडकको कुनामा उच्च स्थान र हरेक सार्वजनिक चोकमा देवस्थान बनाइस्, तँ साधारण वेश्याजस्तो पनि थिइनस्; किनकि तैँले ज्याला लिइनस्।
32
“ ‘तँ व्यभिचारिणी पत्नी होस्! तैँले आफ्नै पतिलाई भन्दा बाहिरका बिरानो मानिसहरूलाई मन पराउँछेस्!
33
सबै वेश्याहरूले ज्याला लिन्छन्, तर तैँले त आफ्ना सबै प्रेमीहरूलाई उपहार दिन्छेस्, र चारैतिरबाट तँसँग वेश्यावृत्ति गर्न आऊन् भनेर घूस पनि दिन्छेस्।
34
यसकारण तेरो वेश्यावृत्तिमा तँ अरूहरूभन्दा फरक छेस्; तँसँग वेश्यावृत्ति गर्नलाई तेरो पछि कोही पनि दगुर्दैनन्। तँ साँच्चै उल्टो छेस्; किनकि तँसँग वेश्यावृत्ति गर्नलाई अरूलाई ज्याला दिन्छेस्, तर कसैले तँलाई ज्याला दिँदैन।
35
“ ‘यसकारण हे वेश्या, याहवेहको वचन सुन्!
36
प्रभु याहवेह यसो भन्नुहुन्छ: तैँले आफ्ना प्रेमीहरूसितको वेश्यावृत्तिमा आफ्नो धनसम्पत्ति खन्याएकी र आफ्नो नग्नता देखाएकी कारणले र तेरा सबै घिनलाग्दा मूर्तिहरूको कारण, र तैँले आफ्ना छोराछोरीहरूका रगत ती मूर्तिहरूलाई चढाएको कारण,
37
म तेरा सबै प्रेमीहरू भेला गराउनेछु, जससँग तैँले आनन्द लिइस्, जसलाई तैँले प्रेम गरिस् र तैँले घृणा गरिस्। म तिनीहरूलाई चारैतिरबाट तेरो विरुद्धमा जम्मा गर्नेछु; तिनीहरूले तेरो नग्नता देखून् भनेर तिनीहरूको सामु तेरो नग्नता उघारिदिनेछु।
38
म तँलाई ती स्त्रीहरूलाई झैँ दण्ड दिनेछु, जसले व्यभिचार गर्छन् र जसले रक्तपात गर्छन्; म तँमाथि मेरो क्रोध र डाहपूर्ण रिसको रगतको बदला खन्याउनेछु।
39
तब म तँलाई तेरा प्रेमीहरूकहाँ सुम्पिदिनेछु, र तिनीहरूले तेरा अग्ला स्थानहरू भत्काइदिनेछन्; अनि तेरा देवस्थानहरू नाश गरिदिनेछन्। तिनीहरूले तेरा वस्त्रहरू उतारिदिनेछन्, र तेरा सुन्दर गरगहनाहरू लगेर तँलाई नाङ्गै छोडिदिनेछन्।
40
तिनीहरूले तेरो विरुद्धमा एउटा भीडलाई ल्याउनेछन्, जसले तँलाई ढुङ्गाले हान्नेछन् र आफ्ना तरवारहरूले तँलाई टुक्रा-टुक्रा पारिदिनेछन्।
41
तिनीहरूले तेरा घरहरू जलाइदिनेछन् र धेरै स्त्रीहरूले देख्ने गरी तँलाई दण्ड दिनेछन्। म तेरो वेश्यावृत्तिलाई रोकिदिनेछु, र अब तैँले तेरा प्रेमीहरूलाई फेरि ज्याला दिनेछैनस्।
42
त्यसपछि तेरो विरुद्धमा मेरो क्रोध शान्त हुनेछ, र मेरो डाहको रिस तँबाट हट्नेछ; अनि म शान्त हुनेछु र अब फेरि क्रोधित हुनेछैनँ।
43
“ ‘तैँले तेरा जवानीका दिनहरू सम्झना गरिनस्, तर यी सबै कुराहरूले मलाई रिस उठाएको कारण तैँले जे गरेकी छेस्, त्यो निश्चय नै तेरो शिरमाथि खन्याइदिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। के तैँले आफ्ना अरू सबै घिनलाग्दा कामहरूमाथि कामुकता थपेकी छैनस्?
44
“ ‘उखान भन्ने हरेकले तेरो विषयमा यही उखान भन्नेछ: “जस्ती आमा, त्यस्ती नै छोरी।”
45
तँ तेरी आमाजस्तै छेस्, जसले आफ्नो पति र आफ्ना छोराछोरीहरूलाई घृणा गर्थी; अनि तँ साँच्चै आफ्ना दिदीबहिनीहरू जस्ती छेस्; जसले आफ्ना पतिहरू र छोराछोरीहरूलाई घृणा गर्थे। तेरी आमा एउटी हित्ती स्त्री थिई र तेरो बुबा एक एमोरी थियो।
46
तेरी ठूली दिदी सामरिया थिई, जो आफ्ना छोरीहरूसित तेरो उत्तरपट्टि बस्थी; अनि तेरी सानी बहिनी सदोम थिई, जो आफ्ना छोरीहरूसित तेरो दक्षिणपट्टि बस्थी।
47
तँ तिनीहरूका मार्गहरूमा मात्र हिँडिनस्, र तिनीहरूका घिनलाग्दा कामहरू मात्र सिकिनस्, तर तेरा सबै मार्गहरूमा तँ चाँडै नै तिनीहरूभन्दा बढी खराब भइस्।
48
म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, तेरी बहिनी सदोम र त्यसका छोरीहरूले तैँले र तेरा छोरीहरूले गरेजस्तो कहिल्यै गरेका थिएनन्।
49
“ ‘अब तेरी बहिनी सदोमको पाप यस्तो थियो: त्यो र त्यसका छोरीहरू अहङ्कारी थिए; अनि पेटभरि खान्थे र लापर्बाही जिउँथे। तिनीहरूले गरिब र खाँचोमा परेकाहरूलाई वास्ता गर्दैनथिए।
50
तिनीहरू अहङ्कारी थिए, र तिनीहरूले मेरो सामु घिनलाग्दा कामहरू गरेका थिए। यसकारण मैले तिनीहरूलाई नष्ट गरिदिएँ, त्यो तैँले देखेकी छेस्।
51
सामरियाले तैँले गरेका पापहरूको आधाजति पनि गरेन। तैँले तिनीहरूले भन्दा बढी घृणित कामहरू गरिस्, र तैँले गरेका यी सबै घिनलाग्दा कामहरूद्वारा तेरा आफ्ना दिदीबहिनीहरूलाई धर्मी देखिने बनाइस्।
52
अब तैँले आफ्नो अपमान भोग्; किनकि तैँले आफ्ना दिदीबहिनीहरूलाई धर्मी ठहराउने काम गरिस्। तेरा पापहरू तिनीहरूका भन्दा बढी घिनलाग्दा भएका कारण तिनीहरू तँभन्दा बढी धर्मी देखिन्छन्। यसकारण लाज मान्, र आफ्नो अपमान बोक्; किनकि तैँले आफ्ना दिदीबहिनीहरूलाई बढी धर्मी देखिने तुल्याइस्।
53
“ ‘तापनि म सदोम र त्यसका छोरीहरू, सामरिया र त्यसका छोरीहरूको सुख-शान्ति फर्काइदिनेछु; अनि तिनीहरूसित तेरो सुदिन समेत फर्काइदिनेछु,
54
ताकि तैँले तेरो अपमान सहन सकोस् र तिनीहरूलाई सान्त्वना दिँदा तैँले गरेका सबै कामहरूका निम्ति लज्जित हुन सकोस्।
55
अनि तेरा दिदीबहिनीहरू, सदोम र त्यसका छोरीहरू, सामरिया र त्यसका छोरीहरू आफ्नो पहिलेकै अवस्थामा फर्कनेछन्; तब तँ र तेरा छोरीहरू पनि पहिलेकै अवस्थामा फर्कनेछौ।
56
आफ्नो घमण्डको दिनमा तेरो दुष्टता प्रकट गरिनुभन्दा पहिले,
57
तैँले आफ्नी बहिनी सदोमको नामसम्म लिएकी थिइनस्। यसैले अब एदोमका छोरीहरू र त्यसका सबै छिमेकीहरू र पलिश्तीहरूका छोरीहरूद्वारा तेरा चारैतिर भएकाहरू सबैले तँलाई घृणा गर्छन्।
58
तैँले तेरा सबै कामुकता र तेरा सबै घृणित कामहरूको प्रतिफल भोग्नेछेस्, याहवेह घोषणा गर्नुहुन्छ।
59
“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: म तँलाई तैँले गरेको दुष्टताको योग्यको दण्ड दिनेछु; किनकि तैँले मेरो करार तोडेर मेरो शपथ तुच्छ ठानेकी छेस्।
60
तापनि मैले तेरो युवावस्थामा तँसँग बाँधेको करार सम्झनेछु, र म तँसित एउटा अनन्तको करार स्थापित गर्नेछु।
61
त्यसपछि तैँले तेरा आफ्ना दिदीबहिनीहरू, तँभन्दा ठूली दिदी र तँभन्दा सानी बहिनीहरूलाई स्वीकार गर्नेछेस्; अनि तैँले आफ्ना चालहरू विचार गर्नेछेस्, र तँ लज्जित हुनेछस्। अनि म तिनीहरूलाई तेरा छोरीहरूको रूपमा तँलाई दिनेछु, तर तँसँगको मेरो करारको कारणले होइन।
62
तब म तँसित मेरो करार स्थापित गर्नेछु, र म नै याहवेह हुँ भनी तैँले जान्नेछेस्।
63
जब तैँले गरेका सबै घृणित कामहरूका निम्ति म क्षमा गर्नेछु, तब तैँले आफ्नो पाप सम्झनेछेस्, र तँ लज्जित हुनेछेस्; अनि आफ्नो अपमानको कारण तैँले आफ्नो मुख कहिल्यै खोल्नेछैनस्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48