bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ezekiel 18
Ezekiel 18
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 19 →
1
याहवेहको वचन मकहाँ आयो:
2
“इस्राएल देशको बारेमा मानिसहरूले भनेका यस उखानको अर्थ के हो? “ ‘अमिलो अङ्गुर खाने बुबाआमा, र दाँत कुँडिने छोराछोरी’!
3
“म जीवित भएझैँ, प्रभु याहवेह भन्नुहुन्छ, तिमीहरूले अब उसो इस्राएलमा यो उखान कहिल्यै भन्नेछैनौ।
4
किनकि हेर, हरेक जीवित प्राणी मेरै हो, बुबाआमा र छोराछोरी—ती दुवै मेरै हुन्। जसले पाप गर्छ, त्यही मर्नेछ।
5
“उदाहरणको लागि एक जना न्यायसङ्गत र ठिक काम गर्ने धर्मी मानिस छ।
6
त्यसले पर्वतको देवस्थानहरूमा खाँदैन, अथवा इस्राएलका मूर्तिहरूलाई हेर्दैन। त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दैन, अथवा कुनै स्त्रीको महिनावारीको समयमा त्यस स्त्रीसित यौन सम्पर्क गर्दैन।
7
त्यसले कसैलाई पनि अत्याचार गर्दैन, तर त्यसले ऋणको निम्ति लिएको बन्धक फर्काइदिन्छ। त्यसले लुटपाट गर्दैन, तर त्यसले भोकाएकाहरूलाई आफ्नो भोजन दिन्छ, र नाङ्गाहरूलाई लुगाफाटा जुटाइदिन्छ।
8
त्यसले मानिसहरूलाई व्याजमा ऋण दिँदैन, अथवा तिनीहरूबाट फाइदा लिँदैन। त्यसले आफ्ना हातहरू खराबी गर्नबाट रोक्छ, र त्यसले मानिसहरूको दुई समूहको बीचमा ठिक न्याय गर्छ।
9
त्यसले मेरा उर्दीहरू पालन गर्छ, र मेरा व्यवस्थाहरू विश्वासयोग्यतासाथ मान्छ। त्यो मानिसचाहिँ धर्मी हो; त्यो निश्चय नै जीवित रहनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
10
“मानौँ त्यसको एउटा हिंसात्मक छोरा छ, जसले रक्तपात गर्छ; यी कामहरूमध्ये अरू खराबी कुराहरू पनि गर्छ,
11
(यद्यपि त्यसका बुबाले चाहिँ यी खराब कामहरूमध्ये एउटै पनि गरेनन्): “त्यसले पर्वतका देवस्थानहरूमा खान्छ। त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्छ।
12
त्यसले गरिब र खाँचोमा परेकाहरूलाई अत्याचार गर्छ, त्यसले लुटपाट गर्छ। त्यसले ऋणको निम्ति आफूले बन्धक लिएको कुरो फर्काउँदैन, त्यसले मूर्तिहरूतिर हेर्छ। त्यसले घिनलाग्दा कामहरू गर्छ।
13
त्यसले रकम ब्याजमा दिन्छ र फाइदा लिन्छ। के यस्तो मानिस जीवित रहला र? त्यो जीवित रहनेछैन! त्यसले यी सबै घिनलाग्दा कामहरू गरेको कारण त्यो निश्चय नै मारिनैपर्छ; त्यसको रगतको दोष त्यसको आफ्नै टाउकोमा हुनेछ।
14
“अब मानौँ त्यस मानिसको एउटा छोरा छ, जसले आफ्नो बुबाले गरेका सबै पापहरू देख्छ; अनि त्यसले ती देखे तापनि यस्ता कुराहरू गर्दैन:
15
“त्यसले पर्वतका देवस्थानहरूमा खाँदैन, अथवा इस्राएलका मूर्तिहरूलाई हेर्दैन। त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दैन।
16
त्यसले कसैलाई पनि अत्याचार गर्दैन, अथवा ऋणको निम्ति बन्धक लिँदैन। त्यसले लुटपाट गर्दैन, तर त्यसले भोकाएकाहरूलाई आफ्ना भोजन दिन्छ, र नाङ्गाहरूलाई लुगाफाटा जुटाइदिन्छ।
17
त्यसले गरिबहरूलाई गलत व्यवहार गर्नबाट आफ्ना हात रोक्छ र रकमको ब्याज लिँदैन अथवा फाइदा लिँदैन। त्यसले मेरा आज्ञाहरू पालन गर्छ र मेरा उर्दीहरू मान्छ। त्यो आफ्नो बुबाको पापको कारण मर्नेछैन; त्यो निश्चय नै जीवित रहनेछ।
18
तर त्यसको बुबा आफ्नै पापको कारण मर्नेछ; किनकि त्यसले जबरजस्तीसँग खराब गरेको छ, र आफ्ना दाजुभाइलाई लुटेको छ; अनि आफ्ना मानिसहरूका बीचमा जुन कुरा खराब थियो, त्यही गरेको छ।
19
“तापनि तिमीहरू सोध्छौ, ‘त्यो छोरा आफ्नो बुबाको दोषको सहभागी किन भएन?’ त्यो छोराले जे न्यायसङ्गत र ठिक थियो, त्यही गर्यो; अनि मेरा उर्दीहरू होसियारीसाथ पालन गरेको कारण त्यो निश्चय नै जीवित रहनेछ।
20
जसले पाप गर्छ, त्यही मर्नेछ। छोराछोरीले बुबाआमाको दोषको दण्ड भोग्नेछैनन्, न त बुबाआमाले छोराछोरीको दोषको दण्ड भोग्नेछन्। धर्मीले आफ्नो धार्मिकताको फल, र दुष्टहरूले तिनीहरूको दुष्टताको परिणाम पाउनेछन्।
21
“तर यदि कुनै दुष्ट मानिस आफूले गरेका सबै पापहरूबाट फर्कन्छ, र त्यसले मेरा सबै उर्दीहरू पालन गर्छ; अनि जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यो निश्चय नै जीवित रहनेछ, त्यो मर्नेछैन।
22
त्यसले गरेका कुनै पनि अपराधको सम्झना त्यसको विरुद्धमा हुनेछैन। त्यसले गरेका धार्मिक कुराहरूको कारण त्यो जीवित रहनेछ।
23
के म दुष्टको मृत्युमा खुशी हुन्छु र? प्रभु याहवेह घोषणा गर्नुहुन्छ। बरु के तिनीहरू आफ्ना दुष्ट चालबाट फर्कँदा म खुशी हुँदिनँ र?
24
“तर धर्मी मानिस आफ्नो धार्मिकताबाट फर्केर पाप गर्छ, र दुष्ट मानिसले गर्ने त्यही घिनलाग्दा कामहरू गर्छ भने के त्यो जीवित रहला र? त्यसले गरेको कुनै पनि धार्मिक कामहरूको सम्झना हुनेछैन। त्यसले गरेका अविश्वासयोग्यताको दोषको कारण र त्यसले गरेका पापहरूको कारण त्यो मर्नेछ।
25
“तापनि तिमीहरू भन्छौ, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ हे इस्राएलीहरू हो, सुन: के मेरो मार्ग न्यायसङ्गत छैन? के तिमीहरूकै चालहरू बेठीक छैनन् र?
26
यदि कुनै धर्मी मानिसले आफ्नो धार्मिकतालाई त्याग्छ, र पाप गर्छ भने त्यसको निम्ति त्यो मर्नेछ; त्यसले गरेको पापको कारण त्यो मर्नेछ।
27
तर यदि एक जना दुष्ट मानिस आफूले गरेको दुष्टताबाट फर्कन्छ; अनि जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यसले आफ्नो प्राण बचाउनेछ।
28
त्यसले आफूले गरेका सबै अपराधहरू विचार गरेर तीबाट फर्केको कारण, त्यो व्यक्ति निश्चय नै जीवित रहनेछ; त्यो व्यक्ति मर्नेछैन।
29
तापनि इस्राएलीहरू भन्छन्, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ हे इस्राएलका मानिसहरू हो, के मेरा मार्गहरू न्यायसङ्गत छैनन् र? के तिमीहरूकै मार्गहरू बेठीक छैनन् र?
30
“यसकारण हे इस्राएलीहरू हो, म हरेकलाई तिमीहरूका आफ्नै चालहरूअनुसार न्याय गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। पश्चात्ताप गर! तिमीहरूका सबै अपराधहरूबाट फर्क; तब तिमीहरूको पतनको कारण पाप हुनेछैन।
31
तिमीहरूले गरेका सबै अपराधहरूलाई त्यागिदेओ; अनि नयाँ हृदय र नयाँ आत्मा लेओ। हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ?
32
किनकि कसैको पनि मृत्युमा म प्रसन्न हुँदिनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। यसकारण पश्चात्ताप गर, र जीवित रहो!
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48