bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ezekiel 45
Ezekiel 45
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 44
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 46 →
1
“ ‘तिमीहरूले उत्तराधिकारका रूपमा देशलाई विभाजन गर्दा जमिनको एक भाग पवित्र जिल्ला याहवेहका निम्ति भेटीको रूपमा चढाउनू। त्यो सम्पूर्ण इलाका पच्चीस हजार क्यूबिट लम्बाइ र बीस हजार क्यूबिट चौडाइको पवित्र इलाका हुनेछ।
2
पवित्र इलाकामा पाँच सय क्यूबिट वर्गकारको खण्ड पवित्रस्थानको निम्ति हुनेछ, जसको चारैतिर पचास क्यूबिटको खुला ठाउँ रहनेछ।
3
त्यस पवित्र जिल्लामा एउटा पच्चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ भएको भाग नापेर छुट्ट्याउनू। यसमा पवित्रस्थान र महा-पवित्रस्थान हुनेछ।
4
त्यो देशको पवित्र इलाका पुजारीहरू अर्थात् पवित्रस्थानमा सेवा गर्नेहरूका निम्ति हुनेछ, जो याहवेहको सेवा गर्नका निम्ति याहवेहको नजिक आउँछन्। यो पुजारीहरूका घरहरूका निम्ति र पवित्रस्थानका निम्ति एउटा पवित्र ठाउँ हुनेछ।
5
पच्चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ भएको एउटा इलाका लेवीहरूका निम्ति हुनेछ, जुन इलाका मन्दिरमा सेवा गर्ने लेवीहरू बसोबास गर्ने सहरको निम्ति तिनीहरूको अधिकारको रूपमा हुनेछ।
6
“ ‘तिमीहरूले सहरलाई यरूशलेमको सम्पत्तिको रूपमा पवित्र भागसित जोडिएको पाँच हजार क्यूबिट चौडाइ र पच्चीस हजार क्यूबिट लम्बाइको अर्को इलाका दिनू; त्यो इलाका इस्राएलको सम्पूर्ण घरानाको निम्ति हुनेछ।
7
“ ‘इस्राएलका राजकुमारले पवित्र जिल्ला र सहरको सम्पत्तिले बनिएको इलाकाको चारैतिर घेरिएको छेउको सिमानामा जमिन पाउनेछ। त्यो पश्चिम भागबाट पश्चिमतिर र पूर्व भागबाट पूर्वतिर फैलिएर जानेछ; अनि यो सम्पत्तिको भाग कुनै पनि कुलको जग्गाको भागको बराबर लम्बाइ हुनेछ, र पूर्वी सिमानाबाट पश्चिमी सिमानासम्म फैलिएर जानेछ।
8
यो जग्गा इस्राएलमा तिनको अधिकारमा हुनेछ। अनि मेरा राजकुमारले अब उसो फेरि मेरा प्रजा इस्राएलीहरूलाई अत्याचार गर्नेछैन; तर इस्राएलका घरानालाई तिनीहरूका कुलअनुसार देश अधिकार गर्न दिनेछ।
9
“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हे इस्राएलका राजकुमारहरू हो, तिमीहरूले अति नै गरेका छौ! तिमीहरूले आफ्ना हिंसा र अत्याचार त्यागिदेओ; अनि जे न्यायसङ्गत र धार्मिक छन्, त्यो काम गर। मेरा मानिसहरूलाई तिनीहरूका आफ्नो अधिकारको ठाउँबाट निकालिदिने काम बन्द गर, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
10
तिमीहरूले ठिक तराजु, ठिक एपा र ठिक बाथ प्रयोग गर्नुपर्छ।
11
तिमीहरूका एपा र बाथ एकै नापका होऊन्। ती दुईको नाप होमरको दशांशको भागअनुसार बराबर गर्नुपर्नेछ; दुवैका निम्ति होमर नै मापनको स्तर राखियोस्।
12
एक शेकेलमा बीस गेरा होस्। बीस शेकेलमा पच्चीस शेकेल र त्यसमा पन्ध्र शेकेल जोड्दा एक मीना हुनेछ।
13
“ ‘यो तिमीहरूले चढाउनुपर्ने विशेष भेटीको भाग हो: गहुँको प्रत्येक होमरबाट एपाको छैटौँ भाग र जौको प्रत्येक होमरबाट एपाको छैटौँ भाग दिनू।
14
लिटरबाट नापिएको जैतुन तेलको तोकिएको भाग प्रत्येक कोरबाट बाथको दसौँ भाग (जसमा दश बाथ अथवा एक होमर हुन्छ; किनकि दश बाथ बराबर एक होमर हुन्छ)।
15
साथै तिमीहरूले इस्राएलका प्रशस्त पानी भएको प्रत्येक हरियो खर्कका दुई सयको बगालबाट एउटा भेडा पनि लैजानुपर्छ। यी मानिसहरूका निम्ति प्रायश्चित गर्नलाई अन्नबलि, होमबलि र मेलबलिको निम्ति प्रयोग गरिनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
16
देशका सबै मानिसहरूले इस्राएलका राजकुमारको उपयोगको निम्ति यस विशेष भेटीको भाग दिनुपर्छ।
17
चाडपर्वहरूमा, नयाँ औँसीहरूमा र शब्बाथहरूमा होमबलिहरू, अन्नबलिहरू; अनि अर्घबलिहरूको प्रबन्ध गर्ने कर्तव्य त्यस शासकको हुनेछ—इस्राएली घरानाका सबै तोकिएका चाडहरूमा जुटाउनुपर्नेछ। शासकले इस्राएलीहरूका घरानाको निम्ति पापको प्रायश्चित गर्नका निम्ति पाप शुद्धीकरण बलि, अन्नबलि, होमबलि र मेलबलि जुटाउनेछन्।
18
“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: पहिलो महिनाको पहिलो दिनमा तिमीहरूले एउटा निष्खोट बाछा लिएर पवित्रस्थानलाई शुद्ध पार्नू।
19
पुजारीले पाप शुद्धीकरण बलिबाट केही रगत लिएर त्यसलाई मन्दिरको ढोकाका चौकसहरूमा, वेदीको माथिल्लो किनारका चार कुनाहरूमा र भित्री चोकका मूलढोकाका चौकसहरूमा लगाओस्।
20
अनजानमा अथवा अज्ञानतामा पाप गर्ने जसकसैको लागि तिमीहरूले त्यस महिनाको सातौँ दिनमा त्यसै गर्नुपर्छ; यसरी तिमीहरूले मन्दिरका निम्ति प्रायश्चित गर्नू।
21
“ ‘पहिलो महिनाको चौधौँ दिनमा तिमीहरूका निम्ति निस्तार चाड हुनेछ, जुन चाड सात दिनसम्म रहनेछ। त्यस समयमा तिमीहरूले विनाखमिरको रोटी खानुपर्छ।
22
त्यस दिन शासकले आफ्नै निम्ति र देशका सबै मानिसहरूका निम्ति पाप शुद्धीकरण बलिको रूपमा एउटा साँढे चढाउनुपर्छ।
23
सात दिनको चाडमा शासकले प्रत्येक दिन याहवेहलाई होमबलिको रूपमा सात वटा निष्खोट साँढेहरू, सात वटा साँढभेडाहरू र पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका प्रबन्ध गर्नुपर्छ।
24
शासकले अन्नबलिको रूपमा प्रत्येक साँढेका निम्ति एक एपा अन्नबलि जुटाउनुपर्छ; अनि प्रत्येक साँढभेडाको निम्ति एक एपा र प्रत्येक एपाको निम्ति एक हिन जैतुन तेल पनि प्रबन्ध गर्नुपर्छ।
25
“ ‘त्यस चाडको सातौँ दिन, जुन सातौँ महिनाको पन्ध्रौँ दिनमा सुरु हुन्छ, शासकले पाप शुद्धीकरण बलि, होमबलि, अन्नबलि र जैतुन तेलको निम्ति समान प्रबन्ध गर्नुपर्छ।
← Chapter 44
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 46 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48