bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ezekiel 23
Ezekiel 23
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 24 →
1
याहवेहको वचन मकहाँ आयो:
2
“हे मानिसको छोरा, दुई स्त्रीहरू थिए, जो एउटै आमाका छोरीहरू थिए।
3
तिनीहरू इजिप्टमा वेश्या भए। तिनीहरूको युवावस्थादेखि नै वेश्यावृत्तिमा लागे। त्यस देशमा तिनीहरूका स्तन माडिए र तिनीहरूका कुमारी अवस्थाका स्तन मुसारिए।
4
जेठीको नाम ओहोला राखिएको थियो, र त्यसकी बहिनीको नाम ओहोलीबा थियो। तिनीहरू मेरा थिए र तिनीहरूले छोराछोरीहरू जन्माए। ओहोला सामरिया र ओहोलीबा यरूशलेम हो।
5
“ओहोला मेरी पत्नी भए तापनि वेश्यावृत्तिको काम गरी; अनि त्यो आफ्ना प्रेमीहरूको कामुकतामा वेश्यावृत्ति गरिरही—अश्शूरका वीर योद्धाहरूको मोहमा परी।
6
निलो रङ्गका वस्त्र पहिरेका राज्यपालहरू, सेनापतिहरू, सबै सुन्दर-सुन्दर जवान केटाहरू र घोडामा सवारहरू थिए।
7
त्यसले आफूलाई अश्शूरका सबै विशिष्ट छानिएका सेनाहरूकहाँ वेश्याको रूपमा दिई र आफू मोहित भएका सबै मानिसहरूका सबै मूर्तिहरूसित आफूलाई अशुद्ध पारी।
8
न त त्यसले इजिप्टबाट सुरु गरेकी वेश्यावृत्तिलाई छोडी। त्यसको युवावस्थामा मानिसहरू त्यससँग सुते; तिनीहरूले त्यसको कुमारी स्तन माडेका थिए र तिनीहरूका कामुकता त्यसमाथि पोखाएका थिए।
9
“यसकारण मैले त्यसलाई त्यसका प्रेमीहरू, अर्थात् अश्शूरहरूकहाँ सुम्पिदिएँ, जसप्रति त्यो कामुकताले मोहित भएकी थिई।
10
तिनीहरूले ओहोलालाई पूर्ण रूपमा नाङ्गो पारिदिए, र त्यसका छोराछोरीहरूलाई कब्जा गरे; अनि त्यसलाई चाहिँ तरवारले मारे। त्यो स्त्रीहरूको बीचमा गिल्लाको पात्र भई, र त्यसलाई दण्ड दिइयो।
11
“त्यसकी बहिनी ओहोलीबाले त्यो कुरा देखी, तब आफ्नो कामुकता र वेश्यावृत्तिमा त्यो आफ्नी दिदी सामरियाभन्दा अझ भ्रष्ट भई।
12
त्यो पनि अश्शूरहरूको मोहमा परी, जो पूरा सैनिक पोशाक लगाएका योद्धाहरू, अश्शूरका राज्यपालहरू, सेनापतिहरू, घोडसवारहरू र सबै आकर्षक जवान मानिसहरू थिए।
13
तब मैले देखेँ, त्यसले पनि आफूलाई अपवित्र पारी; ती दुवै दिदीबहिनी एउटै चालमा हिँडे।
14
“तर ओहोलीबाले झन्-झन् आफ्नो वेश्यावृत्तिको कामलाई बढाई। त्यसले भित्तामा अङ्कित गरिएका मानिसहरू, रातो रङ्गमा बेबिलोनीहरूका चित्र रङ्गिएका देखी,
15
जसका कम्मरका वरिपरि पेटी बाँधिएका र तिनीहरूका शिरमा बाँधिएका फेटाहरू, जो सबै बेबिलोनी रथका अधिकारीहरूजस्ता देखिन्थे; ती कल्दी देशवासीहरू थिए।
16
ओहोलीबाले तिनीहरूलाई देख्नेबित्तिकै त्यो तिनीहरूको मोहमा परी र त्यसले कल्दीमा तिनीहरूकहाँ दूतहरू पठाई।
17
तब बेबिलोनीहरू त्यसकहाँ आए, र तिनीहरू प्रेमको ओछ्यानमा सहवासको लागि आए; अनि तिनीहरूका कामुकतामा तिनीहरूले त्यसलाई अशुद्ध पारे। अनि तिनीहरूद्वारा अशुद्ध पारिएपछि त्यसको मन तिनीहरूबाट टाढियो।
18
जब त्यसले खुल्लमखुल्ला वेश्याकर्म गरी र आफ्नो नग्न शरीर देखाई, तब म घृणाले त्यसदेखि अलग भएँ, जसरी म त्यसकी दिदीबाट अलग भएको थिएँ।
19
तर त्यसले आफ्नो युवावस्थाका दिनहरू सम्झना गरेर, जुन दिनहरूमा त्यसले इजिप्टमा वेश्याको काम गरेकी थिई, त्यसले आफ्ना वेश्याकर्महरू झन्-झन् बढाई।
20
त्यहाँ त्यो आफ्ना प्रेमीहरूप्रति मोहित भई, जसको लिङ्ग गधाहरूको लिङ्गजस्तो र जसको वीर्य घोडाहरूको वीर्यजस्तो थियो।
21
यसरी तैँले तेरो युवावस्थाको कामुकताको तिर्सना गरिस्, जब इजिप्टमा तेरा स्तनहरू माडिएका र तेरा कलिला स्तनहरू मुसारिएका थिए।
22
“यसकारण हे ओहोलीबा, प्रभु याहवेह यसो भन्नुहुन्छ: म तेरा प्रेमीहरूलाई तेरो विरुद्धमा सुर्याउनेछु; तेरा प्रेमीहरू जसबाट तँ घृणाले अलग भइस्; म तिनीहरूलाई तेरो विरुद्धमा चारैतिरबाट ल्याउनेछु;
23
अनि बेबिलोनीहरू र सबै कल्दीहरू, पेकोदका मानिसहरू, शोअ र कोअका मानिसहरू, तिनीहरूसित भएका सबै अश्शूरीहरू, आकर्षक जवान मानिसहरू, राज्यपालहरू र सेनापतिहरू, रथका अधिकारीहरू र उच्च पदाधिकारीहरू, सबै घोडसवार गर्नेहरू सबैलाई ल्याउनेछु।
24
तिनीहरू तेरो विरुद्धमा हतियारहरू, रथहरू, गाडाहरू र मानिसहरूको भीड लिएर आउनेछन्; तिनीहरू ठूला र साना ढालहरू र टोप लगाएर तेरो चारैतिर तेरो विरुद्धमा तिनीहरूका स्थान लिएर खडा हुनेछन्। म तँलाई दण्डको निम्ति तिनीहरूका हातमा सुम्पिदिनेछु; अनि तिनीहरूले तँलाई तिनीहरूकै नापअनुसारको दण्ड दिनेछन्।
25
म मेरो डाहको रिस तेरो विरुद्धमा ल्याउनेछु; अनि तिनीहरूले तँसँग रिसको आगोमा व्यवहार गर्नेछन्। तिनीहरूले तेरा नाक र कान काटिदिनेछन्; अनि तेरा बाँकी छोडिएकाहरू तरवारद्वारा मर्नेछन्। तिनीहरूले तेरा छोराछोरीहरूलाई कब्जा गरेर लैजानेछन्; अनि तेरा बाँकी रहेकाहरू आगोले भस्म हुनेछन्।
26
तिनीहरूले तेरा वस्त्रहरू खोलेर नाङ्गै पार्नेछन् र तेरा सुन्दर-सुन्दर गहनाहरू लैजानेछन्।
27
यसरी म तैँले इजिप्टमा सुरु गरेको तेरो कामुकता र वेश्यावृत्ति रोक्नेछु। तैँले यी कुराहरूका चाहना गर्नेछैनस्, अथवा इजिप्टलाई कहिल्यै याद गर्नेछैनस्।
28
“किनकि प्रभु याहवेह यसो भन्नुहुन्छ: मैले तँलाई तिनीहरूकहाँ सुम्पन लागेको छु, जसलाई तँ घृणा गर्छेस्, जससँग तँ घृणामा अलग भएकी थिइस्।
29
तिनीहरूले तँसित घृणाको व्यवहार गर्नेछन् र तैँले जुन कुराको निम्ति मेहनत गरेकी थिइस्, त्यो सबै कुरा तिनीहरूले लैजानेछन्। तिनीहरूले तँलाई नाङ्गै छोड्नेछन्; अनि तेरो वेश्यावृत्तिको नाङ्गोपना प्रकट हुनेछ। तेरो कामुकता र वेश्यावृत्तिको कारणले गर्दा,
30
यो तँमाथि ल्याइएका हुन्; किनकि तैँले जाति-जातिहरूका निम्ति उत्कट इच्छा गरिस् र आफूलाई तिनीहरूका मूर्तिहरूसित अपवित्र पारिस्।
31
तँ आफ्नी दिदी ओहोलाको बाटोमा हिडेकी छस्; यसैकारण म त्यसको दण्डको कचौरा तेरो हातमा दिनेछु।
32
“प्रभु याहवेह यसो भन्नुहुन्छ: “तैँले तेरो दिदीको दण्डको कचौरा पिउनेछेस्, ठूलो र गहिरो दण्डको कचौरा; यसले गिल्ला र अपमान ल्याउनेछ; किनकि कचौरामा धेरै मात्रामा अटाउँछ।
33
तँ दण्डको कचौराले मात्तिनेछेस् र दुःख-कष्टले भरिनेछेस्, तेरी दिदी सामरियाको दण्डको कचौरा, डरलाग्दो सर्वनाश र उजाड अवस्थाको कचौरा हो।
34
तैँले कचौराबाट रित्तो नभएसम्म पिउनेछेस्, र तैँले त्यो कचौरालाई टुक्रा-टुक्रा पार्नेछेस्; अनि आफ्ना स्तनहरू लुछ्नेछेस्। मैले भनेको हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
35
“यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: तैँले मलाई बिर्सेको कारण र मलाई आफ्नो पीठ फर्काएको कारण, तैँले आफ्नो कामुकता र वेश्यावृत्तिको प्रतिफल भोग्नैपर्छ।”
36
याहवेहले मलाई भन्नुभयो: “हे मानिसको छोरा, के तैँले ओहोला र ओहोलीबाको न्याय गर्नेछस्? त्यसकारण तिनीहरूले गरेका तिनीहरूका घिनलाग्दा कामहरू बताइदे;
37
किनकि तिनीहरूले व्यभिचार गरेका छन्, र तिनीहरूको हातमा रगत छ। तिनीहरूले आफ्ना मूर्तिहरूसँग व्यभिचार गरेका छन्; तिनीहरूले मेरा निम्ति जन्माएका आफ्ना सन्तानलाई समेत ती मूर्तिहरूको भोजनको रूपमा बलिदान गरेका छन्।
38
तिनीहरूले मसँग यस्तो पनि गरेका छन्: तिनीहरूले त्यही दिन मेरो पवित्रस्थानलाई अशुद्ध पारेका छन् र मेरो शब्बाथहरूलाई अपवित्र पारेका छन्।
39
तिनीहरूले आफ्ना सन्तानलाई तिनीहरूका मूर्तिहरूका निम्ति बलिदान गरे; त्यही दिनमा मेरो पवित्रस्थानभित्र पसेर तिनीहरूले त्यसलाई अशुद्ध पारेका छन्। तिनीहरूले मेरो भवनभित्र यसो गरेका छन्।
40
“तिनीहरूले टाढाबाट आएका मानिसहरूका निम्ति दूतहरूसमेत पठाए, र तिनीहरू आइपुगेपछि तैँले तिनीहरूका निम्ति नुहाइधुवाइ गरिस्; आफ्ना आँखामा गाजल लगाइस् र गरगहना लगाएर आफूलाई सिँगारिस्।
41
तँ एउटा टेबुलको सामु राखिएको सुन्दर सोफामा बसिस्, जुन टेबुलमाथि तैँले मेरो धूप र जैतुनको तेल राखिस्।
42
“त्यस टेबुलको चारैतिर मोजमस्ती गर्ने मानिसहरूको भीड थियो; मतवाला मानिसहरूसित अरू धेरै साधारण मानिसहरू पनि मरुभूमिबाट ल्याइएका थिए; अनि तिनीहरूले त्यस स्त्रीको र त्यसकी बहिनीका पाखुरामा बालाहरू र तिनीहरूका शिरमा सुन्दर-सुन्दर मुकुटहरू लगाइदिए।
43
तब मैले व्यभिचारद्वारा गलिसकेकी एउटी स्त्रीको बारेमा यसो भनेँ, ‘अब तिनीहरूले त्यसलाई वेश्याको रूपमा प्रयोग गरून्; किनकि त्यो वेश्या नै हो।’
44
अनि तिनीहरू त्यससित सुते। जसरी मानिसहरू वेश्याहरूसँग सुत्छन्, त्यसरी नै तिनीहरू ती कामुक स्त्रीहरू, ओहोला र ओहोलीबासित सुते।
45
तर धर्मी न्यायकर्ताहरूले तिनीहरूलाई व्यभिचारी र रक्तपात गर्ने स्त्रीहरूले पाउने दण्ड दिनेछन्; किनकि तिनीहरू व्यभिचारिणी स्त्रीहरू हुन् र रगत तिनीहरूका हातमा छ।
46
“प्रभु याहवेह यसो भन्नुहुन्छ: तिनीहरूको विरुद्धमा एउटा भीड ल्याओ; अनि तिनीहरूलाई लुट र आतङ्कको निम्ति सुम्पिदेओ।
47
भीडले तिनीहरूलाई ढुङ्गाले हान्नेछन्, र तिनीहरूका तरवारले तिनीहरूलाई काटेर ढालिदिनेछन्; सेनाहरूले ओहोला र ओहोलीबाहरूका सन्तानलाई मार्नेछन्; अनि तिनीहरूका घरहरू जलाइदिनेछन्।
48
“यसरी म देशमा भएको कामुकताको अन्त्य गरिदिनेछु, र तेरो कामुकताको अनुकरण नगर्नू भन्ने चेतावनी सबै स्त्रीहरूले पाऊन्।
49
तैँले आफ्नो कामुकताको दण्ड पाउनेछेस्, र तेरो मूर्तिपूजाका पापको परिणाम भोग्नेछेस्। तब तैँले म नै प्रभु याहवेह हुँ भनी जान्नेछस्।”
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48