bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ezekiel 31
Ezekiel 31
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 32 →
1
एघारौँ वर्षको तेस्रो महिनाको पहिलो दिनमा, याहवेहको यो वचन मकहाँ आयो:
2
“हे मानिसको छोरा, इजिप्टको राजा फारो र त्यसका सेनाका दलहरूलाई भन्: “ ‘वैभवमा तेरो तुलना कोसित गर्न सकिन्छ?
3
अश्शूरलाई विचार गर्, एक समयमा लेबनानको जङ्गलमा सुन्दर र छाया दिने हाँगाहरू भएको देवदारुको रूख थियो। अनि त्यो अति अग्लो बढेर गयो; त्यसका बाक्ला पातहरूभन्दा माथि बादलमा त्यसको टुप्पो थियो।
4
त्यसलाई पानीले पालनपोषण गर्यो; गहिरा झरनाहरूले त्यसलाई अग्लो पारे; त्यसका नदीहरू त्यसको जराको चारैतिर बगे; अनि खेतका सबै रूखहरूकहाँ तिनीहरूका कुलोहरू पठाए।
5
यसरी त्यो खेतका सबै रूखहरूभन्दा अग्लो भयो; त्यसका हाँगाहरू धेरै भए, र त्यसका हाँगाहरू प्रशस्त पानी भएको कारण फैलिए।
6
आकाशका सबै पक्षीहरूले त्यसका हाँगाहरूमा गुँड बनाए; त्यसका हाँगाहरूमुनि जङ्गलका सबै पशुहरूले जन्म दिए; सबै महान् जाति-जातिहरू त्यसका हाँगाहरूका छायामा बस्थे।
7
त्यसका फैलिएका हाँगाहरूसित त्यो सुन्दरतामा शोभायमान थियो; किनकि त्यसका जराहरू प्रशस्त पानी भएकोतिर तल गएका थिए।
8
परमेश्वरको बगैँचामा भएका देवदारुहरूसित त्यसको तुलना गर्न सकिँदैनथ्यो, न त सल्लाका रूखहरूले त्यसका हाँगाहरूको तुलना गर्न सकिन्थ्यो, न त धूपीका रूखहरूले त्यसका हाँगाहरूसित तुलना गर्न सकिन्थ्यो; परमेश्वरको बगैँचामा भएको कुनै पनि रूखहरू त्यसको सुन्दरतासित तुलना गर्न सकिँदैनथ्यो।
9
प्रशस्त हाँगाहरूसित मैले त्यसलाई सुन्दर बनाएँ; परमेश्वरको बगैँचामा भएका अदनका सबै रूखहरूले त्यसलाई डाह गर्थे।
10
“ ‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: त्यो बाक्लो पातहरूमाथि ठूलो अग्लो टुप्पो भएको कारण र आफ्नो उँचाइमाथि त्यसले घमण्ड गरेको हुनाले,
11
त्यसको दुष्टताअनुसार त्यसमाथि व्यवहार गरिनका लागि मैले त्यसलाई जाति-जातिहरूका शासकको हातमा सुम्पिदिएँ। मैले त्यसलाई एकातिर फ्याँकिदिएँ;
12
अनि त्यसलाई विदेशी जातिहरूमध्ये अति निर्दयीहरूले काटेर ढालिदिए र छोडिदिए। त्यसका हाँगाहरू पर्वतहरूमा र सबै बेँसीहरूमा खसे; त्यसका हाँगाहरू देशका सबै खोल्साहरूमा भाँचिएर लडिरहे। पृथ्वीका सबै जातिहरू त्यसका छायामुनिबाट निस्के र त्यसलाई छोडिदिए।
13
आकाशका सबै चराचुरुङ्गीहरू ढलेको रूखमाथि बसोबास गरे; अनि जङ्गलका सबै जनावरहरू हाँगाहरूमा बसे।
14
यसकारण पानीको छेउमा भएका अरू कुनै पनि रूखहरू घमण्डसाथ आफ्ना बाक्ला पातहरूमाथि उचाइमा कहिल्यै बढ्नेछैनन्। पानी प्रशस्त पुगेका अरू कुनै पनि रूखहरू कहिल्यै यत्रो उचाइसम्म पुग्नेछैनन्; तिनीहरू तल पृथ्वीमा मानिसहरूको बीचमा जानलाई मृत्युको निम्ति तोकिएका छन्, जो तल मरणशील मानिसहरूमाझ चिहानमा जानेछन्।
15
“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: त्यो मृत-लोकमा लगिएको दिन मैले त्यसका निम्ति ठूलो शोकको रूपमा गहिरा झरनाहरूलाई छोपिदिएँ; मैले त्यसका खोलाहरू रोकिदिएँ; अनि त्यसका प्रशस्त पानीका स्रोतहरू रोकिए। यसैकारण मैले लेबनानलाई अन्धकारले छोपिदिएँ र जङ्गलका सबै रूखहरू ओइलाए।
16
जब मैले त्यसलाई तल खाडलमा जानेहरूसित तल मृत-लोकमा झारेँ, त्यसको पतनमा मैले राष्ट्रहरूलाई थरथर काम्न लगाएँ, तब अदनका सबै रूखहरू, लेबनानका सबैभन्दा असल र अति उत्तम रूखहरू, प्रशस्त पानी पाएर सप्रेका सबै रूखहरूले पृथ्वीमुनि सान्त्वना पाए।
17
तिनीहरू पनि महान् देवदारुजस्ता त्यसका छायामा बस्ने जाति-जातिहरू, अथवा तरवारले युद्धमा मारिएका सेनाहरूसित नै तल मृत-लोकमा गएका थिए।
18
“ ‘वैभव र गौरवमा अदनका अरू कुन रूखहरू तँसित तुलना गर्न सकिन्छ? तर पनि तँ अदनका रूखहरूसँगै तल पृथ्वीमुनि मृत-लोकमा खसालिनेछस्; तँ ती खतना नभएकाहरूका बीचमा तरवारले मारिएकाहरूका साथमा सुतिरहनेछस्। “ ‘यो फारो र त्यसका सबै सेना दलहरूको बारेमा हो, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 32 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48