bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ezekiel 21
Ezekiel 21
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 22 →
1
याहवेहको वचन मकहाँ आयो:
2
“हे मानिसको छोरा, तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का र पवित्रस्थानको विरुद्धमा प्रचार गर्। इस्राएल देशको विरुद्धमा अगमवाणी गर्;
3
अनि त्यसलाई भन्: ‘याहवेह यसो भन्नुहुन्छ: म तेरो विरुद्धमा छु। म म्यानबाट मेरो तरवार थुत्नेछु, र तेरा धर्मी र दुष्ट दुवैलाई नाश गर्नेछु।
4
मैले धर्मी र दुष्ट दुवैलाई नाश गर्न लागेको कारण, मेरो तरवार म्यानबाट बाहिरै रहेर दक्षिणदेखि उत्तरसम्म सबैको विरुद्धमा हुनेछ।
5
तब सबै मानिसहरूले म याहवेहले नै मेरो तरवार म्यानबाट बाहिर निकालेको छु भनी जान्नेछन्; यो फेरि म्यानमा फर्केर आउनेछैन।’
6
“यसकारण हे मानिसको छोरा, सुस्केरा हाल्! तिनीहरूकै आँखाको सामु व्याकुल र अति दुःखी भएर सुस्केरा हाल्।
7
अनि जब तिनीहरूले तँलाई सोध्छन्, ‘तिमी किन सुस्केरा हाल्दैछौ?’ तब तिनीहरूलाई यसरी भन्, ‘आइरहेको खबरको कारणले सबैको हृदय डरले हताश हुनेछ, र हरेक हात कमजोर हुनेछ; हरेक आत्मा मूर्च्छा पर्नेछ र हरेक घुँडा अति कमजोर हुनेछन्। ’ हेर, यो कुरा आइरहेको छ! यो निश्चय नै हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
8
याहवेहको वचन मकहाँ आयो:
9
“हे मानिसको छोरा, अगमवाणी गरेर भन्, ‘प्रभु यसो भन्नुहुन्छ: “ ‘एउटा तरवार, एउटा तरवार, उध्याइएको छ, र टल्काइएको छ,
10
अर्थात् काटमारका निम्ति उध्याइएको छ! बिजुलीझैँ चम्कनलाई टल्काइएको छ! “ ‘के हामी मेरो राजकीय छोराको राजदण्डमा खुशी होऔँ? तरवारले यस्तो दण्डलाई तुच्छ ठान्छ।
11
“ ‘तरवार टल्काउनलाई र हातले पक्रिनलाई नियुक्त गरिएको छ। तरवार उध्याइएको छ र टल्काइएको छ, काटमार गर्नेको हातमा तयार पारिएको छ।
12
हे मानिसको छोरा, चर्कोगरी करा र विलाप गर्; किनकि यो मेरा प्रजाको विरुद्धमा छ; यो इस्राएलका सबै राजकुमारहरूको विरुद्धमा छ। तिनीहरू मेरा प्रजाहरूसँगै तरवारमा फ्याँकिएका छन्। यसकारण तँ विलाप गर।
13
“ ‘जाँच निश्चय नै आउनेछ। अनि यदि यहूदाको राजदण्ड, जसलाई तरवारले घृणा गर्छ, त्यो रहेन भने? प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’
14
“यसकारण हे मानिसको छोरा, अगमवाणी गर्! अनि दुवै हात ठटाएर ताली बजा। तरवारले दुई पल्ट प्रहार गरोस्, अझ तीन पल्टसम्म नै प्रहार गरोस्। यो काटमारको तरवार हो— तिनीहरूको चारैतिरबाट घेरा हालेर आइरहेको काटमारको एउटा ठूलो तरवार हो।
15
तिमीहरूका हृदय डरले हताश होऊन्, र ढल्नेहरू धेरै जना होऊन्; मैले तिनीहरूका सबै मूलढोकाहरूमा काटमारको निम्ति तरवार नियुक्त गरेको छु। हेर्, बिजुलीजस्तै चम्कन तरवारलाई टल्काइएको छ! यसलाई काटमारको निम्ति समातिन्छ।
16
ए धारिलो तरवार, दायाँतिर काट्; त्यसपछि बायाँतिर काट्, जतातिर तेरो धार जान्छ, उतैतिर काट्।
17
म पनि मेरो दुवै हातले ताली बजाउनेछु; अनि मेरो क्रोध शान्त हुनेछ, म याहवेहले नै भनेको हुँ।”
18
याहवेहको वचन मकहाँ आयो:
19
“हे मानिसको छोरा, बेबिलोनको राजाको तरवारले लिनुपर्ने दुई वटा बाटोहरूमा चिन्ह लगा, र दुवै चिन्हहरू एउटै देशबाट सुरु भएका होऊन्। एउटा चिन्ह लगाउने खम्बा बना, जहाँबाट बाटो छुट्टिएर सहरतिर जान्छ।
20
अम्मोनीहरूको रब्बाको विरुद्धमा आउने तरवारको निम्ति एउटा बाटोमा चिन्ह लगा, र अर्कोमा यहूदा र सुरक्षित यरूशलेमको विरुद्धमा चिन्ह लगा।
21
किनकि बेबिलोनको राजा जोखना हेर्नलाई दोबाटोमा र बाटोको दोभानमा रोकिनेछ: त्यसले काँडको चिट्ठा हाल्नेछ; राजाले आफ्ना मूर्तिहरूसित सल्लाह लिनेछ। त्यसले बलिदान चढाएको पशुको कलेजो जाँच गर्नेछ।
22
त्यसको दायाँ हाततर्फ यरूशलेम आउनेछ, जहाँ त्यसले पर्खाल भत्काउने रूखका ठूला-ठूला मुढाहरू राख्नुपर्छ; काटमार गर्ने आदेश दिनुपर्छ र युद्ध-ध्वनिको आवाज सुनाउनुपर्छ। मूलढोकाहरूको विरुद्धमा भत्काउने रूखका मुढाहरू राख्नुपर्छ र घेरा-मचान खडा गर्नुपर्छ।
23
यरूशलेमका मानिसहरूका निम्ति यो झूटो जोखनाजस्तो लाग्नेछ; किनकि तिनीहरूले राजासित मित्रताको शपथ खाएर सन्धि गरेका थिए; तर नबूकदनेसरले तिनीहरूलाई तिनीहरूका दोष देखाएर तिनीहरूलाई कैद गरेर लैजानेछ।
24
“यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरूका खुल्ला विद्रोहद्वारा तिमीहरूका पापको स्मरण गराएका छौ, जसमा तिमीहरूले गरेका सबै कामहरूबाट तिमीहरूका सबै पापहरू प्रकट भएका छन्। तिमीहरूले यसो गरेको कारण, अथवा तिमीहरूको पापको कारण तिमीहरूका विरोधी शत्रुहरूद्वारा तिमीहरू कैदमा लगिनेछौ।
25
“ ‘हे इस्राएलको अपवित्र र दुष्ट राजकुमार, जसको दिन आइपुगेको छ, जसको दण्डको दिन आखिरी विन्दुमा पुगेको छ।
26
प्रभु याहवेह यसो भन्नुहुन्छ: तेरो फेटा निकाल् र मुकुट उतारिदे। अब यो एकनास रहनेछैन: नम्रहरू उच्च पारिनेछन् र उच्चमा हुनेहरू होच्याइनेछन्।
27
भग्नावशेष! भग्नावशेष! म यसलाई एउटा भग्नावशेष बनाइदिनेछु! यो मुकुट जबसम्म आधिकारिक रूपमा जसको हो, त्यो सम्बन्धित व्यक्ति नआएसम्म यो फेरि बनिनेछैन; म उसैलाई यो दिनेछु।’
28
“अनि हे मानिसको छोरा, तँ अगमवाणी गरेर भन्, ‘अम्मोनीहरू र तिनीहरूका अपमानको बारेमा प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘एउटा तरवार, एउटा तरवार, काटमारको निम्ति निकालिएको छ; भस्म गर्नलाई र बिजुलीजस्तै चम्कन टल्काइएको छ!
29
तेरो बारेमा भएको झूटो दर्शन भए तापनि र तेरो बारेमा झूटो जोखना भए तापनि यो मारिनुपर्ने दुष्टहरूका घिच्रोमा राखिनेछ, जसको दिन आइपुगेको छ, जसको दण्डको समय आखिरी विन्दुमा पुगेको छ।
30
“ ‘तरवारलाई त्यसको म्यानमा राख्। तँ सृष्टि भएकै ठाउँमा, तेरो पितापुर्खाहरूको देशमा, म तेरो न्याय गर्नेछु।
31
म मेरो क्रोध तँमाथि खन्याउनेछु, र मेरो रिसको आगो तेरो विरुद्धमा पोखाउनेछु; म तँलाई नाश गर्न सिपालु मानिसहरू, क्रूर मानिसहरूका हातमा सुम्पिदिनेछु।
32
तँ आगोका निम्ति दाउरा हुनेछस्; तेरो रगत तेरो देशमा बगाइनेछ; तेरो सम्झना फेरि कहिल्यै गरिनेछैन; किनकि म याहवेहले नै बोलेको छु।’ ”
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48