bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ezekiel 19
Ezekiel 19
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 20 →
1
“इस्राएलका राजकुमारहरूका निम्ति एउटा विलापको गीत सुना,
2
र भन्: “सिंहहरूमध्ये तेरी आमा कस्ती सिंहिनी थिई! जवान सिंहहरूको बीचमा बसेर त्यसले आफ्ना डमरुहरूलाई हुर्काई।
3
त्यसले आफ्ना डमरुहरूमध्ये एउटालाई हुर्काई; अनि त्यो एउटा बलियो सिंह भयो। त्यसले शिकारलाई फहराउन जान्यो, र त्यसले मानिसहरूलाई खान थाल्यो।
4
जाति-जातिहरूले त्यसको बारेमा सुने, र त्यो तिनीहरूको खाडलको पासोमा पर्यो। तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर इजिप्ट देशमा लगे।
5
“ ‘जब त्यस सिंहिनीले आफ्नो आशा पूरा नभएको, आफ्नो अपेक्षा टुटेको देखी; तब त्यसले आफ्ना डमरुहरूमध्ये अर्को एउटालाई लिई र त्यसलाई एउटा बलियो सिंह बनाई।
6
त्यो सिंहहरूको बीचमा शिकारको खोजीमा यताउता हिँड्डुल गर्न थाल्यो; किनकि अब त्यो एउटा बलवान् सिंह भएको थियो। त्यसले शिकारलाई फहराउन जान्यो, र त्यो मानिस खाने भयो।
7
त्यसले तिनीहरूका बलियो किल्लाहरू भत्काइदियो, र तिनीहरूका सहरहरू ध्वस्त पारिदियो। देश र त्यसमा भएका सबै जना त्यसको गर्जनद्वारा त्रसित भए।
8
तब त्यसको चारैतिर भएका जाति-जातिहरू त्यसको विरुद्धमा आए। तिनीहरूले त्यसको विरुद्धमा तिनीहरूका जाल फिँजाए, र त्यो तिनीहरूको खाडलको पासोमा फस्यो।
9
तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर खोरमा हाले र त्यसलाई बेबिलोनका राजाकहाँ ल्याए। तिनीहरूले त्यसलाई थुनेर राखे। त्यसैले त्यसको गर्जन इस्राएलका पर्वतहरूमा फेरि सुनिएन।
10
“ ‘पानीको छेउमा रोपिएको तेरो दाखबारीको दाखको बोटजस्तै तेरी आमा थिई; प्रशस्त पानी भएको कारण त्यो फलदायक र हाँगाहरूले भरिएको थियो।
11
त्यसका हाँगाहरू बलिया थिए, र शासकको राजदण्डको निम्ति योग्यका थिए। बाक्ला पातहरूमाथि त्यो अग्लो बोट भएर बढ्यो; अनि त्यसका हाँगाहरू धेरै थिए, र त्यो उचाइमा अग्लो देखिन्थ्यो।
12
तर क्रोधमा त्यो उखेलियो, र जमिनमा त्यो फ्याँकियो। अनि पूर्वीय बतासले त्यसलाई सुकाइदियो, र त्यसका फलहरू सबै झारिदियो; त्यसका बलिया हाँगाहरू सुकिहाले, र आगोले ती भस्म पार्यो।
13
अब त त्यो सुक्खा र पानी नभएको ठाउँ, मरुभूमिमा रोपिएको छ।
14
त्यसका मुख्य हाँगाहरूमध्ये एउटाबाट आगो फैलियो र त्यसका फलहरूलाई भस्म पारिदियो। शासकको राजदण्डको निम्ति योग्य, कुनै पनि बलियो हाँगा त्यसमा छोडिएन।’ यो एक विलापको गीत हो, र यो विलापको गीतको रूपमा प्रयोग हुनुपर्छ।”
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48