bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ezra 3
Ezra 3
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 4 →
1
सातौँ महिना लाग्दा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए। तब मानिसहरू एउटै मानिसझैँ भएर यरूशलेममा भेला भए।
2
तब परमेश्वरका जन मोशाको व्यवस्थामा लेखिएअनुसार होमबलि चढाउनलाई योसादाकका छोरा येशूआ र तिनका सह पुजारीहरू, शालतिएलका छोरा यरुबाबेल र तिनका मित्रहरू मिलेर इस्राएलका परमेश्वरको वेदी निर्माण गर्न सुरु गरे।
3
वरिपरिका मानिसहरूको डर तिनीहरूमा भए तापनि तिनीहरूले पुरानो भवन भएकै जगमाथि वेदी बनाए। अनि याहवेहलाई बिहान र बेलुकी दुवै समय होमबलि चढाए।
4
त्यसपछि लेखिएको नियमअनुसार प्रत्येक दिन चढाउनुपर्ने होमबलिको संख्याअनुसार होमबलि चढाएर तिनीहरूले छाप्रोबासको चाड मनाए।
5
त्यसपछि तिनीहरूले नियमित होमबलि, औँसीको बलिदान र याहवेहका निम्ति तोकिएका सबै चाडहरूका निम्ति बलिदानहरू चढाए, साथसाथै ल्याइएका स्वेच्छा-भेटीहरू पनि चढाए।
6
सातौँ महिनाको पहिलो दिनदेखि नै तिनीहरूले याहवेहलाई होमबलि चढाउन थाले। तापनि याहवेहको मन्दिरको जग अझ बसालिएकै थिएन।
7
त्यसपछि तिनीहरूले सिकर्मी र डकर्मीहरूलाई रकम दिए। तिनीहरूले परसीयाका राजा कोरेसको अनुमतिमा लेबनानबाट देवदारुका काठहरू समुद्रको बाटो भएर जोप्पासम्म ल्याउन सकून् भनी सीदोन र टायरका मानिसहरूलाई खानेकुरा, पिउने कुरा र जैतुनको तेल दिए।
8
दोस्रो वर्षको दोस्रो महिनामा तिनीहरू परमेश्वरको पुरानो भवन भएको ठाउँ यरूशलेममा आइपुगे। अनि शालतिएलका छोरा यरुबाबेल, योसादाकका छोरा येशूआ र उनीहरूका बाँकी दाजुभाइहरूले (पुजारीहरू, लेवीहरू र कैदबाट यरूशलेममा फर्कनेहरू सबै) काम सुरु गरे। तिनीहरूले बीस वर्ष र त्यसभन्दा माथिका लेवीहरूलाई याहवेहको भवन निर्माणको कामको रेखदेख गर्नलाई नियुक्त गरे।
9
तब येशूआ, तिनका छोराहरू, तिनका दाजुभाइहरू, कदमिएल र तिनका छोराहरू (होदबियाका सन्तानहरू), हेनादादका छोराहरू र भाइहरू—सबै लेवीहरू एकसाथ मिलेर परमेश्वरको भवनमा काम गर्नेहरूको रेखदेख गरे।
10
जब डकर्मीहरूले याहवेहको मन्दिरको जग बसाले, तब पुजारीहरूले आफ्नो पोशाकको साथमा तुरहीहरू लिए; अनि लेवीहरू अर्थात् आसापका छोराहरूले चाहिँ खैँजडीहरू लिएर इस्राएलका राजा दावीदले बताएअनुसार याहवेहको प्रशंसा गर्न आ-आफ्ना स्थानहरू लिए।
11
तिनीहरूले प्रशंसा र धन्यवादका साथमा याहवेहलाई यसो भनी स्तुति गरे: “उहाँ भलो हुनुहुन्छ; इस्राएलप्रतिको उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।” अनि सारा मानिसहरूले चर्को सोरले याहवेहको प्रशंसा गरे; किनकि याहवेहको भवनको जग बसालिएको थियो।
12
तर वृद्ध पुजारीहरू, लेवीहरू र परिवारका मुखियाहरू, जसले पुरानो मन्दिर देखेका थिए, तिनीहरू यो मन्दिरको जग बसालिएको देखेर ठूलो सोरले रोए। तर अरू धेरै मानिसहरूले चाहिँ हर्षले सोर उचालेर जयजयकार मनाए।
13
इस्राएलीहरूको हर्षको आवाज र रुवाइको आवाज कसैले पनि छुट्याउन सकेन। किनकि तिनीहरूले चर्को सोर निकालेका थिए। तिनीहरूको आवाज टाढा-टाढासम्म सुनिएको थियो।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10