bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ezra 9
Ezra 9
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 10 →
1
यी कुराहरू गरिसकेपछि अगुवाहरू मकहाँ आएर भने, “इस्राएलका मानिसहरूका साथै, पुजारीहरू र लेवीहरूले यहाँका स्थानीयवासीहरू अर्थात् कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, इजिप्टियन र एमोरीहरूका घृणित व्यवहारहरूबाट आफैँलाई अलग राखेका छैनन्।
2
तिनीहरूले कनानीहरूका छोरीहरूलाई आफू र आफ्ना छोराहरूका निम्ति पत्नीको रूपमा लगेका छन्। तिनीहरूले वरिपरिका मानिसहरूसँग घुलमिल गरेर पवित्र जातिलाई अशुद्ध पारेका छन्। यसरी अगुवाहरू र अधिकारीहरूले विश्वासघातको बाटोमा अगुवाइ गरेका छन्।”
3
जब मैले यो कुरा सुनेँ, तब मैले आफ्नो पोशाक र खास्टो च्यातेँ, शिरको र दाह्रीको केश उखेलेँ; अनि स्तब्ध भएर बसेँ।
4
त्यसपछि निर्वासनमा गएकाहरूको पापको कारण इस्राएलका परमेश्वरको वचनदेखि डराउनेहरू सबै मेरो वरिपरि भेला भए। अनि म बेलुकीको बलिदानको समयसम्म स्तब्ध भएर बसिरहेँ।
5
त्यसपछि साँझको बलिदानको समयमा म आफ्नो शोकाकुल अवस्थाबाट फाटेकै पोशाक र खास्टोसित उठेँ; अनि याहवेह मेरा परमेश्वरको सामु घुँडा टेकेर आफ्ना हातहरू फैलाउँदै
6
प्रार्थना गरेँ: “हे मेरा परमेश्वर, तपाईंतिर मेरो अनुहार देखाउन म अति नै लज्जित र अपमानित भएको छु; किनकि हाम्रा पापहरू हाम्रो शिरभन्दा माथि छन् र हाम्रा दोषहरू आकाशसम्मै पुगेका छन्।
7
हाम्रा पितापुर्खाहरूका दिनदेखि आजसम्म, हाम्रा दोषहरू अत्यन्तै धेरै भएका छन्। हाम्रा पापहरूले गर्दा हामी र हाम्रा राजाहरू र हाम्रा पुजारीहरूले विदेशी राजाहरूका तरवारबाट आजसम्मै मृत्यु, लुटपाट, कैद र अपमान खेप्नुपरेको छ, आज पनि हाम्रो हालत त्यस्तै छ।
8
“तर अब थोरै समयका लागि याहवेह हाम्रा परमेश्वर हामीप्रति कृपालु हुनुभएर हामीमध्ये केहीलाई अवशेषको रूपमा बचाउनुभएको छ; अनि उहाँको पवित्रस्थानमा हामीलाई एउटा स्थिर ठाउँ दिनुभएको छ। यसरी हाम्रा परमेश्वरले हाम्रा आँखाहरूमा ज्योति र हाम्रा दासत्वबाट केही विश्राम दिनुभएको छ।
9
हामीहरू दासहरू भए तापनि हाम्रा परमेश्वरले हामीलाई दासत्वमा त्याग्नुभएको छैन। परसीयाका राजाको सामु उहाँले हामीलाई अचुक कृपा देखाउनुभएको छ: हाम्रा परमेश्वरको भवन फेरि बनाउन र भत्केका भागलाई पुनर्निर्माण गर्नलाई उहाँले हामीलाई नयाँ जीवन दिनुभएको छ। अनि उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनुभएको छ।
10
“तर अब हे हाम्रा परमेश्वर, यो भएपछि हामीले के भन्न सक्छौँ र? किनकि हामीले आज्ञाहरू तोडेका छौँ,
11
जुन तपाईंले आफ्नो सेवक अगमवक्ताहरूद्वारा अधिकार गर्न दिनुभयो; अनि त्यस बेला तपाईंले भन्नुभयो: ‘जुन देशमा तिमीहरू प्रवेश गर्न लागेका छौ, त्यो देश त्यहाँका मानिसहरूको अशुद्धताले दूषित पारिएको छ। तिनीहरूका घृणित व्यवहारहरूले र तिनीहरूका अशुद्धताले देशको एक कुनादेखि अर्को कुनासम्म भरिएको छ।
12
यसकारण तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूसित विवाहको निम्ति नदिनू। अनि तिमीहरूले पनि उनीहरूका छोरीहरू आफ्ना छोराहरूका निम्ति नल्याउनू। तिनीहरूसित मित्रताको नाता कहिल्यै नजोड्नु, ताकि तिमीहरू बलिया हुन सक र त्यस देशको असल थोकहरूमा अधिकार गर्न सक। तिमीहरूका सन्तानहरूका निम्ति सदासर्वदाका लागि पैतृक सम्पत्तिको रूपमा राख्न सक।’
13
“हामीलाई जे भएको छ, त्यो हाम्रै दुष्ट कामहरू र हाम्रै ठूलो दोषको परिणाम हो। तथापि हाम्रा परमेश्वर, तपाईंले हाम्रा पापहरूभन्दा कम नै सजाय दिनुभएको छ; यसरी हामीलाई अझै बाँकी राख्नुभएको छ।
14
के हामी फेरि तपाईंका आज्ञाहरूलाई तोडेर घृणित व्यवहार गर्ने र घृणित काम गर्ने मानिसहरूसित अन्तर-विवाह गर्ने? अनि के तपाईं हामीलाई एउटै पनि बाँकी नराखी नाश पार्न, अथवा एउटै पनि जीवित नछोडेसम्म तपाईंलाई रिस उठ्दैन थियो र?
15
हे याहवेह, इस्राएलका परमेश्वर, तपाईं धर्मी हुनुहुन्छ! आजको दिनसम्म हामी अवशेषको रूपमा छोडिएका छौँ। यहाँ हामी हाम्रा दोषहरूसहित तपाईंको उपस्थितिमा छौँ। यद्यपि पापको कारणले हामीमध्ये कोही पनि तपाईंको उपस्थितिमा उभिन योग्यको छैनौँ।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10