bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ezra 6
Ezra 6
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 7 →
1
त्यसपछि राजा दाराले एउटा हुकुम जारी गरे। अनि तिनीहरूले बेबिलोनका राजभण्डारमा राखिएका अभिलेखहरूमा खोजी गरे।
2
मादी प्रान्तको एकबतानाको किल्लामा एउटा चर्मपत्र भेट्टाए। अनि त्यसमा यस्तो विवरण लेखिएको थियो: स्मारिका-पत्र:
3
राजा कोरेसको पहिलो वर्षमा, यी राजाले यरूशलेममा परमेश्वरको मन्दिरको विषयमा एउटा उर्दी जारी गरे। यहूदीहरूले पहिले बलिदान चढाउने गरेकै ठाउँमा बलिदानहरू चढाउने ठाउँको रूपमा मन्दिरको पुनर्निर्माण गरियोस्; अनि मन्दिरको जग बसालियोस्। यसको उचाइ साठी क्यूबिट र चौडाइ साठी क्यूबिट होस्।
4
विशाल ढुङ्गाहरूका तीन लहरहरू होस्, र काठको एक लहर होस्। यसको खर्च राजकीय कोषबाट बेहोरियोस्।
5
नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनमा ल्याएका सुन र चाँदीका भाँडाहरू पनि यरूशलेमको मन्दिरमा तिनीहरूकै ठाउँहरूमा फर्काएर लगिनुपर्छ। ती सरसामानहरू परमेश्वरको भवनमा जम्मा गरिनुपर्छ।
6
त्यसैले अब यूफ्रेटिस पारिका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र त्यस प्रान्तमा रहेका तिनीहरूका सह कर्मचारीहरू, त्यस ठाउँदेखि अलग रहून्।
7
तिमीहरूले परमेश्वरको मन्दिरको काममा बाधा नगर। यहूदीहरूका राज्यपाल र यहूदी प्रधानहरूले परमेश्वरको भवन त्यसकै पुरानो स्थानमा पुनर्निर्माण गरून्।
8
यसबाहेक परमेश्वरको भवन निर्माणमा लागेका यी यहूदीहरूका प्रधानहरूका लागि तिमीहरूले के गर्नुपर्छ भनी म यो आदेश दिँदछु: यूफ्रेटिसपारिबाट राजकोषमा जम्मा भएको राजस्वबाट यी मानिसहरूको खर्च पूर्ण रूपले तिरिनुपर्छ; ताकि यो पुनर्निर्माण गर्ने काम नरोकियोस्।
9
तिनीहरूलाई चाहिएका जुनसुकै कुरा—साँढेहरू, भेडाहरू, थुमाहरू, स्वर्गको परमेश्वरलाई होमबलिका निम्ति चाहिने भेडाहरू, गहुँ, नुन, दाखमद्य र जैतुनको तेल जे जति कुराहरू यरूशलेममा पुजारीहरूले माग गर्छन्, तिनीहरूलाई प्रत्येक दिन नबिर्सिकन दिनुपर्छ;
10
ताकि तिनीहरूले स्वर्गका परमेश्वरलाई खुशी पार्न बलिदानहरू चढाउन सकून्। अनि राजा र तिनका छोराहरूका भलाइका निम्ति प्रार्थना गरून्।
11
अनि म यो पनि आदेश दिँदछु, यदि कसैले यस उर्दीलाई परिवर्तन गर्छ भने त्यसको घरबाट एउटा खाँबो उखेलेर त्यसलाई त्यही खाँबोमा टाँगियोस्। अनि यस अपराधको निम्ति त्यसको घर भताभुङ्ग पारेर ढुङ्गाहरूको थुप्रो बनाइयोस्।
12
यरूशलेमको मन्दिरलाई नष्ट गर्न, अथवा यस उर्दीलाई परिवर्तन गर्न कुनै राजा, अथवा कुनै पनि मान्छेले हात उठायो भने त्यही परमेश्वर जसले आफ्नो नामलाई त्यहाँ स्थापित गर्नुभएको छ, उहाँले तिनीहरूलाई नष्ट पारून्। म दाराले यो आदेश दिएको छु। यो होसियारीपूर्वक पालन गरियोस्।
13
दारा राजाले आदेश दिएका हुनाले यूफ्रेटिस पारिका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका प्रान्तका मित्रहरूले साह्रै होसियारीसाथ यो काम गरे।
14
यसकारण यहूदीहरूका अगुवाहरूले अगमवक्ता हाग्गै र इद्दोका सन्तान जकरियाका अगमवाणीअनुसार निर्माणको काम निरन्तर प्रगति गर्दैगए। तिनीहरूले परमेश्वरको आदेशअनुसार र परसीयाका राजाहरू कोरेस, दारा र अर्तसास्तका आदेशअनुसार मन्दिर पुनर्निर्माणको काम समाप्त गरे।
15
दारा राजाको शासनकालको छैटौँ वर्षको अदार महिनाको तेईसौँ दिनमा, मन्दिरको काम पूरा भयो।
16
त्यसपछि इस्राएलका मानिसहरू, पुजारीहरू, लेवीहरू र निर्वासनबाट फर्कने यहूदीहरूले ठूलो रमाहटकासाथ परमेश्वरको भवन अर्पण गरे।
17
परमेश्वरको यस भवन अर्पणको निम्ति तिनीहरूले एक सय साँढे, दुई सय भेडा, चार सय थुमा र सारा इस्राएलको पाप शुद्धीकरण बलिका निम्ति बाह्र वटा बोका, इस्राएलका प्रत्येक बाह्र कुलको निम्ति एउटा-एउटा गरेर बलि चढाए।
18
अनि मोशाको पुस्तकमा लेखिएअनुसार तिनीहरूले यरूशलेममा परमेश्वरको सेवा गर्न भनेर पुजारीहरूलाई तिनीहरूकै दलमा र लेवीहरूलाई तिनीहरूकै झुण्डमा नियुक्त गरे।
19
निर्वासनबाट फर्कनेहरूले, बेबिलोनी पात्रोको पहिलो महिनाको चौधौँ दिनमा, निस्तार चाड मनाए।
20
पुजारीहरू र लेवीहरूले आफैँलाई शुद्ध पारेका थिए, र विधिपूर्वक सबै जना शुद्ध थिए। लेवीहरूले आफ्नै निम्ति र निर्वासनबाट फर्केका सबैका निम्ति, तिनीहरूका पुजारी दाजुभाइहरूका निम्ति निस्तार चाडको थुमा मारे।
21
यसकारण निर्वासनबाट फर्कने इस्राएलीहरूले, गैरयहूदी छिमेकीहरू, जसले इस्राएलका याहवेह परमेश्वरलाई खोज्नका निम्ति आफूलाई अशुद्ध रीतिथितिहरूबाट अलग राखेका थिए, तिनीहरूसँग नै मिलेर थुमा खाए।
22
सात दिनसम्म तिनीहरूले अखमिरी रोटीको चाड साह्रै आनन्दसाथ मनाए। किनकि याहवेहले अश्शूरका राजाको हृदयलाई परिवर्तन गरेर इस्राएलका परमेश्वरको भवनको काममा तिनीहरूलाई सहायता गर्ने बनाएर तिनीहरूलाई आनन्दले भरिदिनुभएको थियो।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10