bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ezra 7
Ezra 7
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 8 →
1
यी सबै घटनापछि परसीयाका राजा अर्तसास्तको शासनकालमा एज्रा बेबिलोनबाट आए। एज्रा सरायाहका छोरा थिए, जो अजर्याहका छोरा थिए, जो हिल्कियाहका छोरा थिए,
2
हिल्कियाह शल्लूमका छोरा थिए, जो सादोकका छोरा थिए, जो अहीतूबका छोरा थिए,
3
अहीतूब अमर्याहका छोरा थिए, जो अजर्याहका छोरा थिए, जो मरायोतका छोरा थिए,
4
मरायोत जरयाहका छोरा थिए, जो उज्जीका छोरा थिए, जो बुक्कीका छोरा थिए,
5
बुक्की अबीशूका छोरा थिए, जो पीनहासका छोरा थिए, पीनहास एलाजारका छोरा थिए, एलाजार प्रधान पुजारी हारूनका छोरा थिए।
6
यी तिनै एज्रा हुन्, जो याहवेह इस्राएलका परमेश्वरले दिनुभएको मोशाको व्यवस्थामा एक निपुण शिक्षक थिए। तिनले मागेका हरेक कुरा राजाले दिएका थिए; किनकि याहवेह तिनका परमेश्वरको हात तिनीमाथि थियो।
7
राजा अर्तसास्तको सातौँ वर्षमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू यरूशलेममा आए।
8
अर्तसास्त राजाको सातौँ वर्षको पाँचौँ महिनामा एज्रा यरूशलेममा आइपुगे।
9
तिनले आफ्नो यात्रा पहिलो महिनाको पहिलो दिनमा बेबिलोनदेखि सुरु गरेका थिए। अनि तिनी पाँचौँ महिनाको पहिलो दिनमा यरूशलेममा आइपुगे; किनकि तिनका परमेश्वरको कृपालु हात तिनीमाथि थियो।
10
एज्राले आफूलाई इस्राएलमा याहवेहको व्यवस्था अध्ययन गर्न, पालन गर्न, व्यवस्थाका आज्ञाहरू र नियमहरू सिकाउनलाई अर्पण गरेका थिए।
11
राजा अर्तसास्तले पुजारी एज्रालाई दिएको पत्रको प्रतिलिपि यही हो। ती एज्रा व्यवस्थाका शिक्षक थिए, जसले याहवेहले इस्राएललाई दिनुभएका आज्ञाहरू र आदेशहरूको विषयमा तिनले सिकेका थिए:
12
राजाहरूका राजा अर्तसास्तको तर्फबाट, स्वर्गका परमेश्वरको व्यवस्थाका शिक्षक, पुजारी एज्रालाई: अभिवादन।
13
अब म यो उर्दी जारी गर्दछु; मेरो राज्यमा भएका कुनै पनि इस्राएली, पुजारीहरू र लेवीहरूले तिमीसँग यरूशलेम जाने इच्छा गर्छन् भने तिनीहरू जान सक्छन्।
14
तिमीलाई तिम्रो जिम्मामा रहेको तिम्रा परमेश्वरको व्यवस्थाअनुसार यहूदा र यरूशलेमको विषयमा पत्ता लगाउन भनी राजा र उनका सात जना सल्लाहकारहरूद्वारा पठाइएका छौ।
15
यसबाहेक राजा र उनका सल्लाहकारहरूले यरूशलेममा वास गर्नुहुने इस्राएलका परमेश्वरलाई राजीखुशीले दिएको सुन र चाँदी तिमीले लिएर जानू।
16
साथै बेबिलोनको प्रान्तबाट लैजान सक्ने सबै सुन र चाँदी, मानिसहरू र पुजारीले यरूशलेममा तिनीहरूका परमेश्वरको मन्दिरका निम्ति चढाएका स्वेच्छा-भेटीहरू तिमीले लिएर जान सक्छौ।
17
यस रकमले साँढेहरू, भेडाहरू, थुमाहरू यसकासाथै तिनीहरूका निम्ति अन्नबलिहरू, अर्घबलिहरू निश्चय नै किन्नू। अनि तिमीले यी वस्तुहरूलाई यरूशलेममा परमेश्वरको मन्दिरको वेदीमा बलि चढाउनू।
18
बाँकी रहेका सुन र चाँदीले तिम्रो परमेश्वरको इच्छाअनुसार तिमी र तिम्रा यहूदी दाजुभाइहरू मिलेर जे असल लाग्छ, त्यही गर्न सक्छौ।
19
तिम्रा परमेश्वरको मन्दिरमा सेवाका निम्ति तिमीलाई जिम्मा दिइएका सबै भाँडाहरू यरूशलेमका परमेश्वरलाई सुम्पिदिनू।
20
अनि तिम्रा परमेश्वरको मन्दिरका निम्ति चाहिने कुनै पनि चीज खाँचो पर्यो भने त्यसको प्रबन्ध गर्ने जिम्मेवारी तिम्रो हो, त्यो तिमीले राजकीय कोषबाट लैजान सक्छौ।
21
अब, म राजा अर्तसास्त, यूफ्रेटिस पारिका प्रान्तहरूका कोषाध्यक्षहरूलाई यो आदेश दिँदछु, स्वर्गका परमेश्वरको व्यवस्थाका शिक्षक र पुजारी एज्राले तिमीहरूसँग मागेका जुनसुकै कुरा पनि जुटाइदिनू।
22
एक सय टालेन्ट चाँदी, एक सय कोर गहुँ, एक सय बाथ दाखमद्य, एक सय बाथ जैतुनको तेल, र चाहिए जति नुन पनि दिनू।
23
स्वर्गका परमेश्वरले आज्ञा दिनुभएअनुसार सबै थोक इमानदारसाथ स्वर्गका परमेश्वरको मन्दिरका निम्ति गरियोस्, ताकि राजा र तिनका छोराहरूका राज्यमाथि उहाँको क्रोध आइनपरोस्।
24
यसबाहेक तिमीहरूले यो कुरा पनि याद राख: पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अथवा परमेश्वरको भवनका सेवकहरू र अरू कर्मचारीहरूबाट कर, सलामी अथवा अरू कुनै पनि महसुलहरू उठाउने अधिकार तिमीहरूलाई छैन।
25
अनि हे एज्रा, तिमीले पाएको तिम्रा परमेश्वरको बुद्धिअनुसार, यूफ्रेटिस पारिका सबै मानिसहरू जसले तिम्रा परमेश्वरको व्यवस्थालाई जान्दछन्, तिनीहरूमाथि न्याय गर्न शासकहरू र न्यायकर्ताहरू नियुक्त गर्नू; अनि जसले व्यवस्थाहरू जान्दैनन् तिनीहरूलाई तिमीले सिकाउनू।
26
जसले तिम्रा परमेश्वरको व्यवस्था पालन गर्दैन र राजाको हुकुम मान्दैन, त्यसलाई मृत्युदण्ड वा देश निकाला वा त्यसको सम्पत्ति जफत गरियोस्, अथवा झ्यालखानाको सजाय दिइयोस्।
27
हाम्रा पितापुर्खाहरूका परमेश्वर, याहवेहलाई महिमा होस्, जसले यरूशलेममा याहवेहको भवनको सम्मान ल्याउने विचार राजाको हृदयमा हालिदिनुभयो।
28
अनि उहाँले राजा, उनका सल्लाहकारहरू र राजाका शक्तिशाली अधिकारीहरूका सामु, उहाँको अचुक कृपा ममाथि राखिदिनुभएको छ। याहवेह मेरा परमेश्वरको हात ममाथि भएको हुनाले मैले साहस गरेँ; अनि मसँग इस्राएलबाट यरूशलेममा जानलाई अगुवाहरू जम्मा गरेँ।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10