bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ezra 4
Ezra 4
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 5 →
1
जब यहूदा र बेन्यामीनका शत्रुहरूले निर्वासनबाट फर्किआएका यहूदीहरूले याहवेह इस्राएलका परमेश्वरको भवन निर्माण गर्दैछन् भन्ने कुरा सुने,
2
तब तिनीहरू यरुबाबेल र परिवारका मुखियाहरूकहाँ आएर भने, “हामीलाई पनि निर्माणको काममा सहायता गर्न दिनुहोस्; किनकि हामी पनि तपाईंहरूजस्तै तपाईंहरूका परमेश्वरको खोजी गर्दछौँ। अनि हामीलाई यहाँ ल्याएका अश्शूरका राजा एसरहदोनको समयदेखि नै उहाँलाई हामीले बलिदान चढाइरहेका छौँ।”
3
तर यरुबाबेल, येशूआ र इस्राएलका घरानाका मुखियाहरूले जवाफ दिए, “हाम्रो परमेश्वरको मन्दिर बनाउनमा तिमीहरूको कुनै अधिकार छैन। परसीयाका राजा कोरेसले हामीलाई आज्ञा गरेअनुसार याहवेह इस्राएलका परमेश्वरका निम्ति यो मन्दिर बनाउने काम हामी आफैँ पूरा गर्नेछौँ।”
4
त्यसपछि तिनीहरूका वरिपरिका शत्रुहरूले यहूदाका मानिसहरूलाई निराश बनाएर निर्माण गर्ने काममा डर पैदा गर्न थाले।
5
परसीयाका राजा कोरेसको सारा शासनकाल र परसीयाका अर्को राजा दाराको शासनकालभरि नै ती मानिसहरूले तिनीहरूका योजनालाई असफल तुल्याउन सल्लाहकारहरूलाई घूस दिए।
6
अहासूरसको शासनकालको सुरुमा तिनीहरूले यहूदा र यरूशलेमका मानिसहरूका विरुद्धमा एउटा अभियोगपत्र लेखे।
7
अनि परसीयाका राजा अर्तसास्तको पालामा बिश्लाम, मित्रेदात, ताबेल र तिनका अरू मित्रहरूले अर्तसास्तलाई एउटा पत्र लेखे। त्यो पत्र अरामी लिपिमा र अरामी भाषामै लेखिएको थियो।
8
सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको विरुद्धमा राजा अर्तसास्तलाई यस प्रकारको एउटा पत्र लेखे:
9
सेनापति रेहूम, सचिव शिम्शै र तिनीहरूका सहयोगी मित्रहरू—त्रीपोलीस, फारस, उरुक र बेबिलोनी न्यायधीशहरू, हाकिमहरू, र शूशनका एलामीहरू,
10
साथै अरू मानिसहरू, जसलाई महान् र आदरणीय ओस्नप्परले देश निकाला गरेर सामरिया र यूफ्रेटिसपारि बसोबास गराएका थिए।
11
(तिनीहरूले उहाँलाई पठाएको पत्रको प्रतिलिपि यही थियो।) राजा अर्तसास्तको सेवामा, यूफ्रेटिस पारिका हजुरका सेवकहरूबाट:
12
महाराजालाई यो कुरा थाहा होस्, ती यहूदीहरू, जो हजुरका राज्यबाट यहाँ हामीकहाँ आएर यरूशलेममा गएका छन्; अनि तिनीहरूले त्यो बागी र दुष्ट सहरलाई पुनर्निर्माण गर्दैछन्। तिनीहरूले पर्खालहरू पुनर्स्थापन गर्दैछन् र जगहरूका मर्मत गरिरहेका छन्।
13
महाराजालाई अझ थाहा होस्, यदि यो सहर बनियो र यसका पर्खालहरू पुनर्स्थापित गरियो भने तिनीहरूले आयकर, सलामी र अन्य महशुलहरू तिर्नेछैनन्। अनि राजकीय आम्दानीमा हानि हुनेछ।
14
किनकि हामी महाराजाप्रति ऋणी भएका हुनाले, र राजाको अपमान हेर्न हाम्रा निम्ति उचित नभएको कारण हामीले यो खबर महाराजालाई जानकारी गराउन पठाइरहेका छौँ:
15
हजुरका पितापुर्खाहरूका इतिहासमा यो सहरको बारेमा खोजी गरियोस्। यरूशलेम एउटा बागी सहर हो। प्रान्तहरू र राजाहरूका निम्ति कष्टदायक र प्राचीन समयदेखि नै यो एउटा राजद्रोहीको ठाउँ हो भनी हजुरले ती इतिहासका पुस्तकहरूबाट थाहा पाउनुहुनेछ। त्यही कारणले गर्दा यो सहर नष्ट पारिएको थियो।
16
हामी महाराजालाई यो जानकारी गराउँछौँ; यो सहर निर्माण भएर यसका पर्खालहरू फेरि पुनर्निर्माण गरिए भने हजुरका निम्ति यूफ्रेटिसपारि केही अधिकार रहनेछैन।
17
राजाले यस्तो जवाफ पठाए: सेनापति रेहूम, सचिव शिम्शै, सामरिया र तिमीहरूका यूफ्रेटिस पारिका मित्रहरूलाई: अभिवादन!
18
तिमीहरूले हामीलाई पठाएको पत्र मेरो उपस्थितिमा पढियो र अनुवाद गरियो।
19
मैले आदेश दिएअनुसार खोजी गरियो र यरुशलेमले राजाहरूका विरुद्धमा विद्रोह गरेको र राजद्रोहीको ठाउँ भएको एउटा लामो इतिहास पाइयो।
20
यरूशलेममा यूफ्रेटिस पारिका सम्पूर्ण इलाकाहरूमा शासन गर्ने शक्तिशाली राजाहरू रहेछन्; अनि उनीहरूलाई आयकर, सलामी र अन्य महशुलहरू तिरिएको रहेछ।
21
अब यी मानिसहरूका काम रोक्न एउटा आदेश जारी गर, र मैले हुकुम नदिएसम्म यो सहर फेरि पुनर्निर्माण नगरियोस्।
22
होसियार, यस बारेमा लापर्बाही नहोस्! राजकीय हितमा हानि पुर्याउने खतरा किन बढोस्?
23
यसरी राजा अर्तसास्तको पत्रको प्रतिलिपि रेहूम, सचिव शिम्शै र तिनीहरूका मित्रहरूलाई पढेर सुनाउने बित्तिकै तिनीहरू तुरुन्तै यरूशलेमका यहूदीहरूकहाँ गए; अनि तिनीहरूलाई जबरजस्ती काम रोक्न लगाए।
24
यसरी यरूशलेममा परमेश्वरको भवनको काम परसीयाका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म रोकियो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10