bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ezra 5
Ezra 5
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 6 →
1
तब अगमवक्ता हाग्गै र इद्दोका सन्तान जकरिया अगमवक्ताले यरूशलेम र यहूदाका यहूदीहरूलाई तिनीहरूका इस्राएलका परमेश्वरको नाममा अगमवाणी गरे।
2
त्यसपछि शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूआले यरूशलेममा परमेश्वरको भवन फेरि बनाउन सुरु गरे। तब परमेश्वरका अगमवक्ताहरू तिनीहरूलाई सहायता गर्दै तिनीहरूसँगै रहे।
3
त्यस बेला यूफ्रेटिस पारिका प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका सहकर्मीहरू उनीहरूकहाँ गएर सोधे, “कसले तिमीहरूलाई यो मन्दिर पुनर्निर्माण गर्ने र यस संरचनालाई पुनर्स्थापित गर्ने अधिकार दियो?”
4
तिनीहरूले यो पनि सोधे, “यो भवन बनाउने मानिसहरूका नामहरू के-के हुन्?”
5
तर यहूदीहरूका अगुवाहरूमाथि परमेश्वरको निगाह रहेकोले, दाराकहाँ यो खबर पुगेर त्यसको लिखित जवाफ नपाउन्जेल कसैले पनि तिनीहरूलाई रोकेन।
6
यूफ्रेटिस पारिका प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै, तिनीहरूका सहकर्मीहरू र यूफ्रेटिस पारिका अधिकारीहरूले दारा राजालाई पठाएको पत्रको प्रतिलिपि यही हो।
7
तिनीहरूले पठाएका प्रतिवेदन यस प्रकारको छ: राजा दाराको सेवामा: हार्दिक अभिवादन!
8
राजालाई यो जानकारी होस्, कि हामी यहूदाको जिल्लामा बनिँदै गरेको महान् परमेश्वरको मन्दिरमा गयौँ। मानिसहरूले यसलाई ठूला-ठूला ढुङ्गाहरूले बनाउँदैछन् र पर्खालहरूमा काठका बीमहरू बसाल्दैछन्। सो काम तिनीहरूले मेहनतपूर्वक गरिरहेका छन्, र उनीहरूका निर्देशनमा काम तीब्र गतिमा प्रगति हुँदैछ।
9
हामीले ती अगुवाहरूलाई सोध्यौँ, “कसले तिमीहरूलाई यो मन्दिर फेरि बनाउने र पर्खाललाई फेरि पुनर्निर्माण गर्ने, र यसलाई बनाइसिद्ध्याउने अधिकार दियो?”
10
तपाईंको जानकारीको निम्ति तिनीहरूका नामहरू लेख्न सकौँ भनेर हामीले तिनीहरूका अगुवाहरूका नामहरू पनि सोध्यौँ।
11
तिनीहरूले हामीलाई यस्तो जवाफ दिए। “हामी स्वर्ग र पृथ्वीका परमेश्वरका सेवकहरू हौँ। अनि धेरै वर्षअगि इस्राएलको एक जना महान् राजाले बनाएका मन्दिरलाई हामी फेरि बनाउँदैछौँ।
12
किनकि हाम्रा पितापुर्खाहरूले स्वर्गका परमेश्वरलाई क्रोधित तुल्याए। अनि उहाँले बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा उनीहरूलाई सुम्पिदिनुभयो, जसले यस मन्दिरलाई नष्ट पारे, र मानिसहरूलाई बेबिलोनमा कैदी बनाएर लगे।”
13
तैपनि बेबिलोनका राजा कोरेसको पहिलो वर्षमा, कोरेस राजाले परमेश्वरको भवन फेरि बनाउनलाई एउटा उर्दी जारी गरे।
14
नबूकदनेसरले यरूशलेमका मन्दिरबाट बेबिलोनको मन्दिरमा ल्याएका परमेश्वरको भवनको सुन र चाँदीका भाँडाहरू पनि उनले बेबिलोनको मन्दिरबाट निकाले। त्यसपछि कोरेस राजाले ती भाँडाहरू शेश्बस्सर नाम भएका एक जना मानिसलाई दिए, जसलाई राजाले राज्यपाल नियुक्त गरेका थिए।
15
अनि राजाले शेश्बस्सरलाई भने, “यी भाँडाहरू लिएर जाऊ र यरूशलेमको मन्दिरमा जम्मा गर। अनि परमेश्वरको भवन त्यसकै पुरानो ठाउँमा फेरि पुनर्निर्माण गरियोस्।”
16
यसकारण तिनै शेश्बस्सर आएर यरूशलेममा परमेश्वरको भवनको जग बसाले। त्यस दिनदेखि अहिलेसम्म त्यसको निर्माणको काम भइरहेको छ, तर अझै सकिएको छैन।
17
अब हजुरलाई इच्छा लाग्यो भने बेबिलोनको राजकीय भण्डारको इतिहासहरूमा वास्तवमा कोरेस राजाले यरूशलेममा परमेश्वरको भवन फेरि बनाउने उर्दी जारी गरेको गरेका थिए कि थिएनन् भनेर खोजेर हेर्न सकिन्छ। त्यसपछि राजाले यस बारेमा आफ्नो निर्णय हामीलाई पठाउनुहोस्।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10