bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Isaiah 1
Isaiah 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 2 →
1
यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा आमोजका छोरा यशैयालाई यहूदा र यरूशलेमबारे परमेश्वरले दर्शनमा दिनुभएको सन्देश यस पुस्तकमा छ।
2
परमप्रभुले भन्नुभयो, “हे पृथ्वी र आकाश, मेरा कुरा सुन! मैले हुर्काएका छोरा-छोरीहरूले मेरा विरुद्धमा विद्रोह गरेका छन्।
3
गोरुले आफ्नो मालिक चिन्दछ र गधाले आफ्नो मालिकले खुवाउने डुँड चिन्दछ। यी पशुहरूको ज्ञान र मेरा प्रजा इस्राएलीहरूको भन्दा बढी छ। मेरा प्रजाले केही बुझ्दैनन्।”
4
तिमी पापी जाति, दुष्ट र भ्रष्ट मानिसहरूका झुण्ड, तिमीहरू विनाश हुनेछौ। तिमीहरूका पापले तिमीहरूलाई तल घिसार्दछ! तिमीहरूले परमप्रभु, इस्राएलका पवित्र परमेश्वरलाई इन्कार गरेका छौ र उहाँलाई आफ्ना पिठ्युँ फर्काएका छौ।
5
तिमीहरू किन विद्रोह गरिरहन्छौ? के तिमीहरूले अझ धेरै दण्ड खोजेका? हे इस्राएल, तेरो शिर घाउले भरिएको छ, तेरो हृदय र मन रोगी भएको छ।
6
तेरो शरीरमा शिरदेखि पैतालासम्म रोग नलागेको कुनै ठाउँ छैन। चोट, घाउ, खटिरा र ठूला घाउहरूले तँ बिटुलिएको छस्। तेरा घाउ कसैले धोएर मलम-पट्टी लगाइदिएको छैन।
7
तिमीहरूका देश विध्वंस पारिएको छ र तिमीहरूका सहरहरू आगोले भस्म पारिएका छन्। तिमीहरूकै सामुन्ने विदेशीहरूले तिम्रा जमिन हात पार्छन् र सबै थोक नष्ट गरिदिन्छन्।
8
खालि यरूशलेम बाँचेको छ तर त्यो पनि घेरामा परेको छ। त्यो दाखबारीमा पालेले डेरा वा काँक्राघारीमा एउटा छाप्रोझैँ असुरक्षित छ।
9
सर्वशक्तिमान् परमप्रभुले केही मानिसहरूलाई बचाएर नराख्नुभएको भए सदोम र गमोराजस्तै यरूशलेम पनि पूरा नाश भएर जानेथियो।
10
हे यरूशलेम, तेरा शासकवर्ग र मानिसहरू सदोम र गमोराका जस्तै छन्। परमप्रभुले तँलाई के भन्दै हुनुहुन्छ, त्यो सुन्! हाम्रा परमेश्वरले तँलाई के सिकाउँदै हुनुहुन्छ, त्यसमा ध्यान दे।
11
उहाँ भन्नुहुन्छ, “के तिमीले चढाइरहेका थुप्रै बलिदानहरू म चाहन्छु भनी तिमीहरू सोच्दैछौ? मलाई त तिमीहरूले होमबलि चढाएका भेडाहरू र मोटा पशुका बोसोले नाक लागिसक्यो। साँढेहरू, भेडाहरू र बोकाहरूका रगतले मलाई वाक्क लागिसक्यो।
12
मलाई पुज्न आउँदा यी सबै कुरा ल्याउनुपर्छ भनी कसले तिमीहरूलाई भन्यो? कसले मेरो मन्दिरमा तिमीहरूलाई खुट्टाले कुल्ची-मिल्ची गर्न लगायो?
13
तिमीहरूका भेटीहरू ल्याउनु व्यर्थ छ। तिमीहरूले बालेका धूपसित म विरक्त भइसकें। तिमीहरूका औंसीका चाड, विश्रामको दिन पालन र धार्मिक सभाहरू मैले सहन नसक्ने भएका छन्। तिमीहरूका पापले गर्दा ती भ्रष्ट भएका छन्।
14
म तिम्रा औंसी र अरू पवित्र चाडका दिनहरूलाई घृणा गर्दछु। ती मैले बोक्न नसक्ने भार भएका छन्।
15
“तिमीहरूले प्रार्थनामा हात उचाल्दा म आफ्नो मुख अर्कोतिर फर्काउनेछु। तिमीहरूले जति धेरै प्रार्थना गरे पनि म ती सुन्नेछैनँ किनभने तिमीहरूका हातमा हत्या गरेका रगत लागेको छ।
16
आफैंलाई धोएर चोखो पार। जुन दुष्कर्म तिमीहरूले गरेको म देख्दछु, ती बन्द गर। हो, दुष्कर्म छोड
17
र ठीक काम गर्न सिक। सबैको निसाफ गर, अत्याचारमा परेकाहरूलाई सहायता गर, टुहुरा-टुहुरीहरूको हकको खोजी गरिदेऊ, रक्षा गरिदेऊ र विधवाको पक्षमा बोल।”
18
परमप्रभु भन्नुहुन्छ, “आओ, हामी सबै कुरा छलफल गरौं। पापले तिमीहरूमा रातो दाग लागे तापनि म तिमीहरूलाई धोई हिउँजस्तै सेतो पार्नेछु। तिमीहरूका पापको दाग गाढा रातो रङ्गको भए तापनि तिमीहरू ऊनजस्तै सेता हुनेछौ।
19
तिमीहरू मेरा आज्ञापालन गर्न इच्छुक भयौ भने तिमीहरूले देशका असल-असल उब्जाउहरू खान पाउनेछौ।
20
तर तिमीहरूले अटेरी र मेरो विरोध गर्यौ भने त तिमीहरू तरवारले मारिनेछौ। म परमप्रभु यो कुरा भन्दछु।”
21
एक समयको विश्वासयोग्य सहर अब वेश्याजस्तै भएको छ! एक समय त्यो सहर धार्मिक मानिसहरूले भरिभराउ थियो तर अब त त्यहाँ हत्याराहरू मात्र छन्।
22
हे यरूशलेम, एक समय तँ चाँदीजस्तो थिइस् तर अब बेकामको भइस्, तँ असल दाखमद्यझैँ थिइस् तर अब त साधारण पानी मात्र भएको छस्।
23
तेरा अगुवाहरू विद्रोही र चोरका साथीहरू भएका छन्। तिनीहलेरू सदा कोसेली र घुस खोजिरहन्छन्। अदालतमा तिनीहरूले कहिल्यै टुहुरा-टुहुरीको न्यायको रक्षा गर्दैनन् र विधवाहरूका उजुर सुन्दैनन्।
24
यसर्थ सर्वशक्तिमान् परमप्रभु इस्राएलका शक्तिशाली परमेश्वर के भन्दै हुनुहुन्छ, त्यो राम्ररी सुन, “मेरा शत्रुहरूसित म बदला लिनेछु र शत्रुहरूले मलाई अरू दु:ख दिन सक्नेछैनन्।
25
म तिमीहरूका विरुद्धमा कारवाही गर्नेछु। चाँदी खारेझैँ म तिमीहरूलाई शुद्ध गर्नेछु र तिमीहरूका सबै अशुद्धता हटाउनेछु।
26
उहिलेका जस्तै न्यायकर्ता र सल्लाहकारहरू म तिमीहरूलाई दिनेछु। तब यरूशलेम धर्मी र विश्वासयोग्य सहर कहलिनेछ।”
27
परमप्रभु धर्मी हुनुहुन्छ र उहाँले यरूशलेम र त्यहाँका पश्चात्ताप गर्ने हरेक प्राणीलाई बचाउनुहुनेछ।
28
तर पाप गर्ने र उहाँको विरोध गर्ने हरेकलाई उहाँले चुर पार्नुहुनेछ। उहाँलाई त्याग्ने हरेकलाई उहाँले नाश गर्नुहुनेछ।
29
तिमीहरूले फलाँटका रूखका पूजा गरेका र मूर्तिको पूजा-स्थल लाएका कारणले तिमीहरूले अफसोस गर्नुपर्नेछ।
30
सुक्न लागेको फलाँटको रूख र पानी नपाएको बगैँचाझैँ तिमीहरू ओइलाइजानेछौ।
31
आगोको फिलिङ्गाले पराल भस्म भएझैँ शक्तिशाली मानिसहरूका आफ्ना दुष्ट कामसमेत नाश हुनेछ र कसैले तिनीहरूको विनाश रोक्न सक्नेछैन।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66