bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Isaiah 9
Isaiah 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 10 →
1
यो सङ्कष्टको समयबाट भाग्ने कुनै बाटो तिनीहरूको निम्ति हुनेछैन। एक चोटि जबूलून र नप्ताली कुलहरूका देशको अपमान भएको थियो तर भविष्यमा त्यस इलाकाको इज्जत हुनेछ। भूमध्य सागरदेखि पूर्वपट्टि यर्दनपारिका भूमि र गालीलसम्म, जहाँ विदेशीहरू बास गर्दछन्, त्यस देशको आदर गरिनेछ।
2
अन्धकारमा हिँड्डुल गर्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। तिनीहरू अन्धकारको देशमा बास गर्थे तर अब तिनीहरूमाथि ज्योति चम्केको छ।
3
हे परमप्रभु, तपाईंले तिनीहरूलाई ठूलो आनन्द दिनुभएको छ। तपाईंले तिनीहरूलाई प्रसन्न गराउनुभएको छ। मानिसहरू अन्न बटुल्दा वा लुटका धन बाँड्दा जसरी रमाउँछन्, त्यसरी नै तपाईंले गर्नुभएको काममा तिनीहरू रमाउँछन्
4
किनभने तपाईंले तिनीहरूका काँधमा परेको बोझको जूवा र आङमा पर्ने लौरो भाँचिदिनुभएको छ। धेरै दिनअघि मिद्यानका सेनालाई हराउनुभएझैँ तपाईंले आफ्नो प्रजालाई अत्याचार र थिचोमिचो गर्ने राष्ट्रलाई हराउनुभएको छ।
5
आक्रमण गर्ने सेनाले लाएका जुत्ता र रगत लागेका वस्त्र आगोमा भस्म हुनेछन्।
6
हाम्रा निम्ति एउटा बालक जन्मेका छन्! हामीलाई एउटा पुत्र दिइएको छ! उनले हामीमाथि राज्य गर्नेछन्। उनको नाम “उदेकका सल्लाहकार,” “पराक्रमी परमेश्वर,” “सनातनका पिता,” “शान्तिका राजकुमार” हुनेछ।
7
उनको राज्य-शक्ति बढिरहनेछ, उनको राज्यमा सधैँ शान्ति रहनेछ। दाऊद राजापछि आउने राजा उनी नै हुनेछन्। न्याय र धर्ममा खडा भई अबदेखि उसो सदाका निम्ति उनले राज्य गर्नेछन्। सर्वशक्तिमान् परमप्रभुले आफ्नो जोशमा यी सबै गर्नुहुनेछ।
8
इस्राएल राज्यमाथि, याकूबका सन्तानमाथि परमप्रभुले दण्डको आज्ञा गर्नुभएको छ।
9
इस्राएलका सबै मानिसहरू र सामरिया सहरका हरेक बासिन्दाले यो आज्ञा सुन्नेछन्। अहिले तिनीहरू अहङ्कारी र अभिमानी छन्। तिनीहरू भन्छन्,
10
“इँटाका भवनहरू त ढले तर तिनका सट्टामा हामी काटेका ढुङ्गाका भवन बनाउनेछौं। घर थाम्ने नेभाराका काठका दलिनहरू त काटिढालिए, तर त्यसको सट्टामा हामी सर्वोत्तम देवदारुका काठ लाउनेछौं।”
11
परमप्रभुले तिनीहरूका शत्रुलाई तिनीहरूमाथि हमला गर्न सुर्याउनुभएको छ।
12
पूर्वमा अराम र पश्चिममा पलिश्त देशहरू इस्राएललाई निल्न मुख बाएर बसेका छन्, तापनि परमप्रभुको क्रोध मरेको छैन, दण्ड दिनलाई उहाँका हात उठेका छन्।
13
इस्राएलका मानिसहरूले पश्चात्ताप गरेका छैनन्, सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई दण्ड दिनुभएको छ, तापनि तिनीहरू उहाँकहाँ फर्केका छैनन्।
14
एकै दिनमा परमप्रभुले इस्राएलका शिर र पुच्छरलाई अनि खजूरका हाँगा र नर्कटलाई काट्नुहुनेछ।
15
बुढा-पाका र आदरणीय मानिसहरूचाहिँ शिर हुन् अनि झूटा शिक्षा दिने अगमवक्ताचाहिँ पुच्छर!
16
यी मानिसहरूका अगुवाहरूले तिनीहरूलाई गलत बाटोमा लगेका छन् र तिनीहरूलाई अलमल्ल पारेका छन्।
17
यसकारण प्रभुले कुनै पनि युवकलाई उम्कन दिनुहुनेछैन अनि कुनै पनि विधवा र टुहुरा-टुहुरीलाई दया देखाउनुहुनेछैन किनभने सबै मानिसहरूले परमेश्वर मान्न छोडेका छन्। तिनीहरू दुष्ट भएका छन्। दुष्ट काम मात्र गर्छन् तर यति भएपछि पनि परमप्रभुको क्रोध थामिनेछैन तर दण्ड दिनलाई उहाँका हात अझै उठेका छन्।
18
मानिसहरूका दुष्ट्याइँ काँडेझ्याङ र सिउँडीहरू भस्म गर्ने आगोझैँ जल्दछन्। धुवाँको मुस्लो माथि उडाएर बल्ने जङ्गलमा लागेको आगोझैँ त्यो दन्कनेछ र सबै मानिसहरूलाई भस्म पार्नेछ
19
किनभने सर्वशक्तिमान् परमप्रभु रिसाउनुभएको छ, उहाँको दण्डले सारा देश आगोले भस्म हुनेछ र मानिसहरू नाश हुनेछन् र हामीहरू प्रत्येकलाई त्यस्तै हुनेछ।
20
देशका प्रत्येक ठाउँमा मानिसहरूले भेटेका भोजन खोसेर खानेछन्। तर तिनीहरूको भोक कहिल्यै मर्नेछैन। तिनीहरूले आफ्नै बालबच्चाहरूलाई पनि खानेछन्।
21
मनश्शे र एफ्राइमका मानिसहरूले एक-अर्कामाथि आक्रमण गर्नेछन्। तिनीहरूले एकसाथ मिलेर यहूदामाथि हमला गर्नेछन्। तरै पनि परमप्रभुको क्रोध मर्नेछैन, उहाँका हात दण्ड दिनलाई अझै उठेका हुनेछन्।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66