bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Isaiah 40
Isaiah 40
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 39
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 41 →
1
तिमीहरूका परमेश्वर भन्नुहुन्छ, “मेरा प्रजालाई सान्त्वना देऊ! तिनीहरूलाई सान्त्वना देऊ!
2
यरूशलेमका मानिसहरूलाई साहस देओ, तिनीहरूलाई भन कि तिनीहरूले लामो समयदेखि कष्ट भोगेका छन् र अहिले तिनीहरूका पाप क्षमा भएको छ। तिनीहरूका पापको लागि मैले तिनीहरूलाई पूरा दण्ड दिएको छु।”
3
एउटा आवाज सुनिन्छ, “उजाड-स्थानमा परमप्रभुको निम्ति एउटा बाटो तयार पार! मरुभूमिमा हाम्रा परमेश्वरको निम्ति एउटा बाटो सीधा पार!
4
हरेक बेसीमा माटो भर, हरेक पर्वत होच्याओ? डाँडाहरू मैदान बनिनेछन् र खाल्टा-खुल्टी जमिन समतल पारिनेछ।
5
तब परमप्रभुको महिमा प्रकट हुनेछ, सबै मानिसहरूले एकसाथ देख्नेछन् किनभने परमप्रभु आफैंले यस्तो प्रतिज्ञा गर्नुभएको छ।”
6
एउटा सोर सुनिन्छ, “एउटा खबर जोडले सुनाऊ!” “कस्तो खबर सुनाऊँ?” म सोध्दछु। “सबै मानिसहरू घाँसजस्ता छन्, तिनीहरूको आयु जङ्गलको फूलजस्तै छ भनी सुनाऊ।
7
घाँस सुकिजान्छ, फूल झरिहाल्छ किनकि परमप्रभुले तीमाथि बतास बहाउनुहुन्छ, साँच्चै मानिसहरू घाँसजस्ता छन्।
8
हो, घाँस सुकिजान्छ र फूल झरिहाल्छ, तर हाम्रा परमेश्वरको वचन सधैँभरि रहन्छ।”
9
हे यरूशलेम, अग्लो पर्वतमाथि जा र यो शुभ समाचार सुना! हे सियोन, ठूलो सोर उचाल् र यो शुभ समाचार भन्! नडराई बोल्। यहूदा सहरलाई भन् कि तिनीहरूका परमेश्वर आउँदै हुनुहुन्छ!
10
हेर, शक्तिसाथ राज्य गर्न सार्वभौम परमप्रभु आउँदै हुनुहुन्छ, उहाँको इनाम र प्रतिफल उहाँसँगै छ,
11
उहाँले आफ्नो बगाललाई गोठालाले झैँ समाल्नुहुनेछ, थुमाहरूलाई एकसाथ भेला गरी अँगालोमा लिनुहुनेछ, तिनका माऊहरूलाई बिस्तारै डोर्याउनुहुनेछ।
12
के कसैले समुद्रलाई आफ्नो हत्केलाले वा आकाशलाई आफ्नो हातले नाप्न सक्छ? के कसैले पृथ्वीको माटो डालोमा राख्न वा डाँडा र पर्वत तराजुले जोख्न सक्छ?
13
के कसैले परमप्रभुलाई के काम गर्नुपर्छ सिकाउन सक्छ? कसले उहाँलाई शिक्षा वा अर्ती दिन सक्छ?
14
कुन काम कसरी गर्नुपर्ने हो, त्यो जान्न, बुझ्न वा सिक्नलाई परमेश्वरले कसको सल्लाह लिनुहुन्छ?
15
परमेश्वरको निम्ति जाति-जातिहरू केही होइनन्, ती एक थोपो पानीभन्दा बढी होइनन्। उहाँको निम्ति टाढाका टापुहरू धुलोझैँ हलुङ्गा छन्।
16
हाम्रा परमेश्वरलाई बलि चढाउन लेबनानका जङ्गलका सबै पशुहरू थोरै हुन्छ र त्यहाँका रूखहरू आगो सल्काउन पुग्दैन।
17
जातिहरू उहाँको निम्ति केही पनि होइनन्।
18
परमेश्वरलाई कोसित तुलना गर्न सकिन्छ? के उहाँलाई कसैको रूपसँग दाँज्न सक्छौ?
19
कारिगरले बनाएको वा सुनारले सुनले मोहोरेर दायाँ-बायाँका सिक्रीले सजाएको मूर्तिजस्तो त उहाँ हुनुहुन्न।
20
सुन र चाँदीले मूर्ति बनाउन नसक्ने मानिसले नसड्ने काठ रोज्दछ, नढल्ने मूर्ति बनाउन उसले एउटा सिपालु कारिगर खोज्दछ।
21
के तिमी जान्दैनौ? के तिमीलाई उहिले नै भनिएन? पृथ्वी सुरु कसरी भयो, के तिमीले सुनेका छैनौ?
22
पृथ्वीमाथि आकाशभन्दा उच्चमा आफ्नो सिंहासनमा विराजमान हुनुहुनेले त्यो बनाउनुभएको हो, तलका मानिसहरू फटेङ्ग्राजस्ता छन्। बास बस्नलाई पाल टाँगेजस्तो वा पर्दा टाँगेजस्तो उहाँले आकाशलाई टाँग्नुभयो।
23
उहाँले शक्तिशाली राजाहरूलाई होच्याउनुहुन्छ र तिनीहरूलाई बेकम्मा बनाउनुहुन्छ।
24
तिनीहरू भर्खरै पलाएका र जमिनमा जरा हाल्न लागेका टुसाजस्ता हुन्छन्, परमप्रभुले बतास पठाउनुहुँदा ती सुकिजान्छन् र भुसझैँ उडिजान्छन्।
25
पवित्र परमेश्वरको तुलना कोसित गर्न सकिन्छ? उहाँजस्तो अरू कोही छ?
26
आकाशतिर हेर! तिमीले देखेका ताराहरू कसले बनाए? उहाँले ती असङ्ख्य ताराहरूलाई पनि गन्ती गरी नाउँ काढेर बोलाउनुहुन्छ! उहाँको महान् शक्तिले गर्दा तीमध्ये एउटा पनि छोडिनेछैन!
27
हे इस्राएल, परमप्रभुले मेरो दु:ख बुझ्नुहुन्न, मैले अन्याय भोगेको वास्ता गर्नुहुन्न भनी तँ किन दु:ख पोखाउँछस्?
28
के तँ जान्दैनस्? के सुनेको छैनस्? परमप्रभु अनन्तको परमेश्वर हुनुहुन्छ, उहाँले सारा संसार बनाउनुभयो। उहाँ कहिल्यै थाक्नुहुन्न, कहिल्यै गल्नुहुन्न, उहाँका विचार कसैले बुझ्दैनन्।
29
उहाँले थाकेका र दुर्बल भएकाहरूलाई बल दिनुहुन्छ।
30
जवानहरू पनि दुर्बल हुन्छन्, जवानहरू थाकेर लड्छन्,
31
तर ज-जसले परमप्रभुमाथि मद्दतको लागि भरोसा राख्दछन्, तिनीहरूले फेरि नयाँ बल पाउँदछन्। तिनीहरू चिलझैँ मास्तिर उड्नेछन्। दगुरेर पनि थाक्नेछैनन्। तिनीहरू हिँड्नेछन् तर गल्नेछैनन्।
← Chapter 39
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 41 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66