bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Isaiah 10
Isaiah 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 11 →
1
तिम्रो विनाश हुनेछ! तिमीहरू अन्यायका नियम-कानुन बनाउँछौ र मेरा प्रजामाथि अत्याचार हुँदछ।
2
त्यसरी तिमीहरू गरीबलाई हक, न्याय पाउन रोक्छौ। त्यसरी तिमीहरूले विधवा र टुहुरा-टुहुरीहरूका धन-सम्पत्ति खोस्दछौ।
3
परमेश्वरले सजायँ दिनुहुँदा तिमीहरूले के गर्ने? उहाँले टाढाका देशबाट तिनीहरूमाथि विपत्ति ल्याउनुहुँदा के गर्छौ? मद्दतका लागि तिमीहरू कता दगुरेर जान्छौ? तिमीहरूका धन-सम्पत्ति कहाँ लुकाउँछौ?
4
तिमीहरू लडाइँमा मारिनेछौ वा त कैदमा लगिनेछौ तर पनि परमप्रभुको क्रोध मर्नेछैन, उहाँका हात सजायँ दिनलाई अझै उठेका हुनेछन्।
5
परमप्रभुले भन्नुभयो, “हाय! हाय!! अश्शूर देश, म जोसँग रिसाएको छु, त्यसका निम्ति तँ मेरा हातको मुङ्ग्रो भइस्।
6
मलाई रिस उठाउने परमेश्वरबिनाका राष्ट्रलाई आक्रमण गर्न मैले अश्शूरलाई पठाएँ। बाटोमा कसिङ्गर खुट्टाले दलेझैँ मानिसहरूलाई दल्नु र लुटपिट गर्न मैले अश्शूरीलाई पठाएँ।”
7
तर अश्शूरका राजाको आफ्नै हिँसा गर्ने विचार छ। त्यसले धेरै राष्ट्रहरू नाश गर्ने निश्चय गरेको छ।
8
यसरी तिनले धाक लगाउँछन्, “मेरो हरेक सेनापति एउटा राजा नै हो!
9
मैले कल्नो, कर्कमीश, हमात र अर्पाद सहरहरू जितें। मैले सामरिया र दमस्कस जितें।
10
मूर्तिहरूको पूजा गर्ने राज्यहरूलाई दण्ड दिन मैले आफ्नो हात उठाएँ। ती मूर्तिहरूको सङ्ख्या यरूशलेम र सामरियामा भएका मूर्तिहरूको सङ्ख्याभन्दा धेरै थियो।
11
मैले सामरिया र त्यहाँ भएका सबै मूर्तिहरूलाई नाश गरें। यरूशलेम र त्यहाँ पूजा गरिने मूर्तिहरूलाई पनि म त्यसै गर्नेछु।”
12
तर परमप्रभु भन्नुहुन्छ, “सियोन पर्वत यरूशलेममा मैले सुरु गरेको काम सिद्धिएपछि म अश्शूरको राजालाई त्यसका घमण्ड र धाकको निम्ति सजायँ दिनेछु।”
13
अश्शूरका राजा यस्तोले धाक लगाउँछन्, “यी सबै म आफैंले गरेको हुँ। म बलियो, बुद्धिमान् र चतुर छु। राष्ट्र-राष्ट्रका बीचमा साँध-सिमाना मैले मेटिदिएँ र तिनीहरूले भण्डारमा थुपारेका माल-सामान आफ्नो पारें। त्यहाँ बास गर्ने मानिसहरूलाई मैले साँढेले झैँ कुल्चेको छु।
14
संसारका राष्ट्रहरू चराका गुँडझैँ थिए र मैले चराका फुल बटुलेझैँ तिनीहरूका धन-सम्पत्ति बटुलें। मलाई तर्साउन एउटा पखेटा पनि चलेन, एउटा चुच्चो पनि उघ्रेन!”
15
तर परमप्रभु भन्नुहुन्छ, “के बन्चरो त्यसलाई चलाउने मानिसभन्दा ठूलो हुन सक्छ? के आरा, आरा चलाउनेभन्दा महत्त्वको हुन्छ र? मुङ्ग्रोले मानिस उठाउँदैन, मानिसले पो मुङ्ग्रो उठाउँछ।”
16
अहिले आएर मोटाएकाहरूलाई सजायँ दिन सर्वशक्तिमान् परमप्रभुले रोग पठाउनुहुनेछ। तिनीहरूका जिउमा ननिभ्ने आगो लाग्नेछ।
17
इस्राएलका ज्योति, परमेश्वर आगो बन्नुहुनेछ। इस्राएलका पवित्र परमेश्वर ज्वाला बन्नुहुनेछ र एकै दिनमा सबै कुरा काँडा र काँडे-झ्याङसित भस्म पार्नुहुनेछ।
18
असल जङ्गल र खेतबारीहरू त्यसरी सम्पूर्ण नाश हुनेछ, जसरी कुनै घातक रोगले मानिसलाई मार्दछ।
19
यति थोरै रूख बाँकी रहेका हुन्छन् कि एउटा सानो बालकले पनि ती गन्न सक्छ।
20
त्यो दिन बाँकी रहेका इस्राएलका सन्तान आफूलाई प्राय: सम्पूर्ण नाश गर्ने राष्ट्रमा कहिल्यै भरपर्नेछैनन्। तिनीहरूले आफ्नो भरोसा साँच्चै परमप्रभु इस्राएलका पवित्र परमेश्वरमा राख्नेछन्।
21
इस्राएलका थोरै मानिसहरू आफ्ना शक्तिशाली परमेश्वरकहाँ फर्की आउनेछन्।
22
अहिले इस्राएलका मानिसहरू समुद्रका किनारमा बालुवासरि भए पनि थोरै मात्र फर्कनेछन्। तिनीहरूका भाग्यमा सर्वनाश छ र तिनीहरू त्यसका योग्य छन्।
23
हो, सार्वभौम र सर्वशक्तिमान् परमप्रभुले सारा देशमा सर्वनाश गराउनुहुनेछ र उहाँले त्यसो गर्छु भन्नुभएको छ।
24
सियोनमा बास गर्नेहरूलाई सार्वभौम र सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “अश्शूरीहरूसित तिमीहरू नडराओ। तिनीहरूले तिमीहरूलाई मिश्रीहरूले झैँ अत्याचार गरे तापनि तिमीहरू नडराओ।
25
अब थोरै समय मात्र छ, म तिमीहरूलाई दण्ड दिइसक्नेछु र त्यसपछि तिनीहरूलाई ध्वंस पार्नेछु।
26
ओरेबका चट्टानमा मिद्यानीहरूलाई पिटेझैँ म सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई कोर्रा लाउनेछु। मिश्रलाई झैँ म अश्शूरलाई दण्ड दिनेछु।
27
त्यो समय आउँदा म तिमीहरूलाई अश्शूरीहरूका हातबाट छुटाउनेछु र तिनीहरूका जूवाको बोझ तिमीहरूका काँधबाट हटाउनेछु।”
28
शत्रुहरूले अय्यात सहर कब्जामा लिएका छन्। तिनीहरू मिग्रोनबाट गएका छन्। तिनीहरूले मिकमाशमा आफ्ना सर-सामान छोडिराखेका छन्।
29
तिनीहरूले घाटी पार गरे र गेबामा बास बसेका छन्। रामा सहरका मानिसहरू डराएका छन् अनि शाऊल राजाको सहर गेबाका मानिसहरू भागे।
30
हे गल्लीमका बासिन्दाहरू हो, सोर उचाल। हे लैशाका बासिन्दाहरू हो! सुन। हे अनातोतका मानिसहरू हो, जवाफ देओ।
31
मदमेना र गेबीमका मानिसहरू प्राण बचाउनलाई भाग्दै छन्।
32
आज शत्रुहरू नोब सहरमा छन् र त्यहाँ यरूशलेम सहरको सियोन पर्वतलाई मुक्का देखाउँदै छन्।
33
रूखबाट हाँगा-बिंगा काटिएझैँ सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई लाछ्नुहुनेछ। तिनीहरूका सबैभन्दा ठूला र घमण्डीहरू काटेर होच्याइनेछन्।
34
जङ्गलका बीचमा बन्चरोले रूख ढालेझैँ, लेबनानका उत्तम रूखहरू काटिढालेझैँ परमप्रभुले तिनीहरूलाई काटिढाल्नुहुनेछ!
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
Recommended Reading
Commentary
Isaiah Commentaries
→
Devotional
Isaiah Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→