bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Isaiah 22
Isaiah 22
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 23 →
1
दर्शनको बेसीको सम्बन्धमा यो अगमवाणी छ: के भइरहेछ? किन सहरका सबै बासिन्दाहरूले घर-घरका कौसीहरूमाथि आनन्द मनाइरहेका छन्?
2
सारा सहरमा होहल्ला भइरहेछ, मानिसका सोर र उत्तेजनाले सहर भरिएको छ। यस लडाइँमा मरेका तिम्रा मानिसहरू लडाइँ गरेर मरेनन्।
3
तिम्रा सबै अगुवाहरू भागे र एउटा काँड नहानी कब्जामा परे।
4
मरेका मेरा मानिसहरूका निम्ति रुँदै बिलौना गर्न मलाई एक्लै छोडिदेऊ। मलाई सान्त्वना दिने चेष्टा नगर।
5
दर्शनको बेसीमा अहिले आतङ्क, हार र गडबडीको समय छ। सार्वभौम, सर्वशक्तिमान् परमप्रभुले ती हामीमाथि पठाउनुभएको हो। हाम्रो सहरका पर्खालहरू भत्काइएका छन् र मद्दतको निम्ति उठेको पुकार डाँडा-डाँडामा ठोकिएर गुञ्जिरहेको छ।
6
एलाम देशका सिपाहीहरू घोडामा सवार भई, धनु-काँड भिरेर आए। कीर देशका सिपाहीहरूले आफ्ना ढाल तयार राखे।
7
यहूदाका मलिला बेसीहरू रथले भरिएका थिए। घोडचढी सिपाहीहरू यरूशलेमका मूलढोकामा खडा भए।
8
यहूदाले आफ्नो बचाउको निम्ति बनाएका उपायहरू भताभुङ्ग भए। त्यसो हुँदा तिमीहरूले सिलखानाका हात-हतियारहरूमा भर पर्यौ।
9
[9-10] यरूशलेमका पर्खालका मरमत गर्नुपर्ने ठाउँ खोजी निकाल्यौ। यरूशलेममा भएका सबै घरहरूको जाँच गर्यौ र कुनै-कुनै घर भत्काएर त्यहाँका ढुङ्गा सहरका पर्खाल मरमत गर्नलाई लियौ। पानी जगेडा गर्न
11
तिमीहरूले एउटा कुण्ड सहरभित्र बनायौ। पुरानो पोखरीबाट बगिआएको पानी त्यस कुण्डमा जम्मा हुन्थ्यो। तर यी सबै धेरै अघिबाटै प्रबन्ध गर्नुहुने र ती गराउने परमेश्वरलाई तिमीहरूले ध्यान दिएनौ।
12
सार्वभौम, सर्वशक्तिमान् परमप्रभुले तिमीहरूलाई रुने र विलाप गर्ने, टाउको खौरने र भाङ्ग्रा लगाउने आदेश दिँदै हुनुहुन्थ्यो।
13
त्यसको सट्टामा तिमीहरूले हाँस्दै रमाहट गर्यौ। गोरु र भेडा खानलाई काट्यौ। मद्य पियौ। तिमीहरूले भन्यौ, “लौ खाऔं र पिऔं। भोलि त हामी मर्नेछौं।”
14
सार्वभौम, सर्वशक्तिमान् परमप्रभु आफैं मसित बोल्नुभयो र भन्नुभयो, “यस दुष्ट्याइँको निम्ति तिनीहरू नमरेसम्म माफ पाउनेछैनन्। म सार्वभौम, सर्वशक्तिमान् परमप्रभु यी कुरा भन्दछु।”
15
सार्वभौम सर्वशक्तिमान् परमप्रभुले मलाई राज-परिवारका प्रबन्धक शेब्नाकहाँ गई यो कुरा भन्दिनू भनी आज्ञा गर्नुभयो,
16
“तँ आफैंलाई को हुँ भनी ठान्छस्? पत्थरिलो डाँडामा आफ्नै निम्ति चिहान खन्ने अधिकार तैँले कहाँबाट पाइस्?
17
तँ ठूलो मानिस होलास् तर परमप्रभुले तँलाई टिपेर फ्याँकिदिनुहुनेछ।
18
उहाँले तँलाई भकुन्डो टिपेझैँ टिप्नुहुनेछ र एउटा ठूलो देशमा हुत्त्याइदिनुहुनेछ। तँ त्यहाँ आफूले गर्व गरेको रथछेउ मर्नेछस्। तँ आफ्नो स्वामीका परिवारका निम्ति बदनाम बन्नेछस्।
19
परमप्रभुले तँलाई तेरो कामबाट निकालिदिनुहुनेछ अनि तँ तेरो उच्च स्थानबाट खसालिनेछस्।”
20
परमप्रभुले शेब्नालाई भन्नुभयो, “ती भएका दिन म आफ्नो सेवक हिल्कियाहको छोरो एल्याकीमलाई बोलाउनेछु।
21
तेरो सरकारी वस्त्र र पटुका म त्यसलाई पहिर्याइदिनेछु र तेरा सबै अधिकार त्यसका हातमा दिनेछु। यरूशलेम र यहूदाका मानिसहरूका निम्ति त्यो बुबासमान हुनेछ।
22
दाऊदका सन्तानबाट जन्मेका राजामुनि सम्पूर्ण अधिकार म त्यसलाई दिनेछु। त्यसका हातमा साँचो रहनेछ, जे त्यसले खोल्नेछ, त्यो कसैले बन्द गर्नेछैन र जे त्यसले बन्द गर्नेछ, त्यो कसैले खोल्नेछैन।
23
म त्यसलाई किला गाडेझैँ बलियो गरी त्यसको ठाउँमा राख्नेछु र त्यसले आफ्नो सारा परिवारमा सम्मान्को स्रोत ल्याइरहनेछ।
24
“तर त्यसका सबै नातेदार र ओतमा रहनेहरू त्यसका बोझ बन्नेछन्। किलामा भाँडाकुँडा र कचौराहरू झुण्डिएझैँ तिनीहरू त्यसमा झुण्डिनेछन्।
25
त्यसो हुँदा दरिलोसित गाडेको किला खुकुलो भई खस्नेछ। त्यसमा झुण्डिएका प्रत्येक कुराको अन्त त्यस्तै हुनेछ।” यो कुरा परमप्रभुले भन्नुभएको हो।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66