bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Isaiah 41
Isaiah 41
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 40
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 42 →
1
परमेश्वर भन्नुहुन्छ, “हे टाढाका देशहरू हो, शान्त होओ र मेरा कुरा सुन! अदालतमा आफ्ना मुद्दा पेश गर्न तयार होओ, तिमीहरूलाई बोल्ने मौका दिइनेछ। हामी एकसाथ न्यायको निम्ति जम्मा होऔं।
2
“कसले विजयी मानिसलाई पूर्वबाट ल्यायो र उसलाई कदम-कदममा विजय दिन्छ? कसले उसलाई राजा र जातिहरूमाथि विजय दिन्छ? उसका तरवारले तिनीहरूलाई धुलो पारिदिन्छ, उसका काँडले तिनीहरूलाई भुसझैँ उडाउँदछ।
3
उसले तिनीहरूलाई खेद्दै आउँदछ र आफूले नचिनेका बाटामा पनि सुरक्षासाथ ऊ अघि बढ्छ!
4
कसले यो सब गरायो? कसले सुरुदेखि अहिलेसम्ममा पुस्ताहरूलाई बोलायो? म परमप्रभु सुरुमा थिएँ र म परमप्रभु अन्तसम्म रहनेछु।
5
“टाढा देशमा मानिसहरूले मेरा काम देखेका छन्। तिनीहरू तर्सेका छन् र डरले काँप्छन्। यसकारण तिनीहरू एकैसाथ आउँछन्।
6
मानिसहरूले आपसमा एउटाले अर्कोलाई मद्दत र साहस दिँदछन्।
7
सिकर्मीले सुनारलाई भन्दछ, ‘काम खुब राम्रो भयो!’ धातु पिटेर चिप्लो मूर्ति बनाउनेले, मूर्ति जोड्नेको मन बढाइदिन्छ। तिनीहरू भन्छन्, ‘रसाउने काम राम्रो भयो,’ र किला ठोकेर मूर्तिलाई ठाडो बस्ने गरी जोड्दछ।
8
“तर हे इस्राएल, मेरा सेवक, मैले चुनेको याकूब, मेरा मित्र अब्राहामका सन्तान,
9
मैले तँलाई पृथ्वीको पल्लो छेउबाट ल्याएँ। त्यसका टाढा-टाढाका कुनाकुनाबाट बोलाएर भनें, ‘तँ मेरो सेवक होस्। मैले तँलाई त्यागिनँ तर छानेको छु!’
10
नडरा, म तँसित छु! म तेरा परमेश्वर हुँ, कुनै कुराले तँलाई नतर्साओस्! म तँलाई बल र मद्दत दिनेछु। मेरो धार्मिकताको दाहिने हातले तँलाई बचाउनेछु।
11
“तँसित रिसाउनेहरू हार खाएर लज्जित हुनेछन्। तिमीहरूका विरुद्धमा लड्नेहरू मारिनेछन्।
12
तँसँग लड्नेहरूलाई तैँले खोज्नेछस् तर भेट्टाउनेछैनस्। तँसँग लडाइँ गर्नेहरू व्यर्थका हुनेछन् र पृथ्वीबाट लोप हुनेछन्।
13
म परमप्रभु, तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समातेर भन्दछु, ‘नडरा, म तँलाई मद्दत दिनेछु’।”
14
परमप्रभु भन्नुहुन्छ, “हे इस्राएल, तँ सानो र दुर्बल भए तापनि नडरा, म तँलाई सहायता गर्नेछु। म, इस्राएलका पवित्र परमेश्वरले नै तँलाई बचाउनेछु।
15
म तँलाई नयाँ र तिखो दाँत भएको दाइँ गर्ने हतियार बनाउनेछु। तैँले पर्वतहरूलाई चुट्नेछस् र नाश पार्नेछस्, डाँडाहरू पेलेर धुलो पार्नेछस्।
16
तैँले तिनीहरूलाई बतासमा निफन्नेछस् र हावाले तिनीहरूलाई उडाएर लैजानेछ र आँधीमा तिनीहरू छरपष्ट पारिनेछन्। तब तँ खुसी हुनेछस् किनकि म तेरा परमेश्वर हुँ। तिमीहरूले म इस्राएलका पवित्र परमेश्वरको प्रशंसा गर्नेछौ।
17
“जब मेरा प्रजाले खाँचो परेर पानी खोज्दछन् र जब तिर्खाले तिनीहरूका घाँटी सुकेका हुन्छन्, तब म परमप्रभुले तिनीहरूका प्रार्थनाको उत्तर दिनेछु। म, इस्राएलका परमेश्वरले तिनीहरूलाई कहिल्यै त्याग्नेछैनँ।
18
रूखा डाँडाहरूमा म नदी बहाउनेछु। र बेँसीमा पानीका फोहोरा फुटाउनेछु। मरुभूमिलाई पानीको पोखरी र सुख्खा जमिनलाई बग्ने फोहोरा बनाउनेछु।
19
म मरुभूमिमा देवदारु र बबुल, मेहेदी र जैतुनका रूखहरू उमार्नेछु, सुख्खा जमिनमा रूखहरू उम्रनेछ, सल्ला, धूपी र सिसौका रूखहरू उम्रनेछन्।
20
मानिसहरूले यी सबै देखेर म परमप्रभुले के काम गरेको छु, ती जान्नेछन्। यी इस्राएलका पवित्र परमेश्वरले गराएका हुन् भनी तिनीहरूले बुझ्नेछन्।”
21
परमप्रभु, याकूबका राजाले यसो भन्नुहुन्छ, “तिमी, जाति-जातिका देवताहरूले आफ्ना मुद्दा तयार पार, आफ्ना असल-असल तर्कहरू पेश गर!
22
यहाँ आओ र के इन्साफ हुनेछ, सो बताओ र न्याय भएपछि त्यसो भएको हामी बुझौंला। बितेका दिनका घटनाहरूबारे अदालतमा बयान देओ र तिनका अर्थ हामीलाई बताओ।
23
आउँदा दिनमा के हुने हो, सो हामीलाई बताओ, तब तिमीहरू साँचो ईश्वर रहेछौ भनी हामीहरू बुझ्नेछौं! केही भलाइ गर वा विपत्ति ल्याओ। हामीलाई डर र त्रासले सताओ!
24
तिमीहरू र तिमीहरूका सबै काम व्यर्थ छन्, तिमीहरूलाई पुज्नेहरू घिनलाग्दा छन्।
25
“मैले एक जना मानिसलाई उत्तर दिशादेखि छानेको छु र त्यो आउँछ। सूर्य उदय हुने दिशाबाट आएर त्यसले मेरो नाउँको पुकारा गर्नेछ। हिलोलाई कुल्चेझैँ, अँ, कुमालेले माटो कुल्चेझैँ त्यसले शासकहरूलाई कुल्चनेछ।
26
तिमीहरूमध्ये कुनचाहिँले यो कुरा हुनेछ भनी अघिबाटै भनेको थियौ? तिमीहरू ठीक हौ भनी हामी कसरी भन्न सक्छौं र? तिमीहरू कसैले यसबारे एक शब्द बोलेनौ, तिमीहरूले बोलेका कसैले सुनेनन्!
27
म परमप्रभु नै यो खबर सियोनलाई दिने पहिलो थिएँ, मैले एउटा खबर गर्ने मानिसलाई यरूशलेममा यसो भनी पठाएँ, ‘हेर, तिनीहरू यहाँ छन्।’
28
मैले देवी-देवताहरूका बीचमा खोजी गरें, कसैको केही भन्नु थिएन। कसैले मेरो प्रश्नको जवाफ दिन सकेन।
29
यी सबै देवी-देवताहरू बेकामका हुन्, तिनीहरूले केही गर्न सक्दैनन्, यी मूर्तिहरू कमजोर र शक्तिहीन छन्।”
← Chapter 40
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 42 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66