bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Isaiah 45
Isaiah 45
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 44
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 46 →
1
परमप्रभुले कोरेसलाई राजा हुन अभिषेक गर्नुभएको छ। उहाँले तिनलाई जाति-जातिमाथि विजय गर्न नियुक्त गर्नुभएको छ। उहाँले तिनलाई राजाहरूका हातबाट अधिकार खोस्न पठाउनुहुन्छ, परमप्रभुले तिनको निम्ति सहर-सहरका मूल-ढोकाहरू उघारिदिनुहुनेछ। परमप्रभुले कोरेसलाई भन्नुहुन्छ,
2
“म आफैं तेरो बाटो तयार पार्नेछु, डाँडा र पर्वत समतल पारिदिनेछु। म काँसाका मूल-ढोकाहरू तोडिदिनेछु र तिनका फलामका गजबारहरू टुक्रा-टुक्रा पारिदिनेछु।
3
म तँलाई गुप्त र अँध्यारो ठाउँहरूबाट धन-सम्पत्ति दिलाउनेछु, तब तैँले थाहा पाउनेछस् कि म नै परमप्रभु हुँ र इस्राएलका परमेश्वरले तँलाई नामद्वारा बोलाउनुभएको छ।
4
मेरो सेवक इस्राएल, मैले चुनेको जातिलाई, सहायता दिन मैले तँलाई नियुक्त गरेको छु। तैँले मलाई नचिने पनि मैले तँलाई ठूलो सम्मान् दिएको छु।
5
“म परमप्रभु हुँ, अरू कुनै परमेश्वर छैन, तैँले मलाई नचिने पनि चाहिएको बल म तँलाई दिनेछु।
6
म परमप्रभु हुँ र अर्को कुनै परमेश्वर छैन भनी संसारको वल्लो छेउदेखि पल्लो छेउसम्मका हरेक मानिसले जानोस् भनेर म यो काम गर्दछु।
7
म उज्यालो र अँध्यारो दुवै बनाउँदछु, मैले नै आशिष् र विपत्ति दुवै ल्याउँदछु। म परमप्रभुले यी सबै कुरा गर्दछु।
8
वर्षाझैँ म आकाशबाट धार्मिकता पठाउनेछु, त्यो लिनलाई पृथ्वीले मुख उघार्नेछ। अनि संसारमा उद्धार र धार्मिकताको फूल फुल्नेछन्। म परमप्रभुले यो कुरा गर्ने नै छु।”
9
एउटा माटोको भाँडा, जुन अरू भाँडाहरूजस्तै छ, के त्यसले कुमालेसित विवाद गर्ने साहस गर्न सक्छ? के माटोले कुमालेलाई तिमीले के गर्दै छौ भनी सोध्दछ? के माटाको भाँडाले मलाई बनाउने केही सीप छैन भनी भन्छ?
10
धिक्कार त्यसलाई! जसले आफ्ना आमा-बुबालाई “किन मलाई यस्तो जन्म दिनुभयो?” भनी गुनासो गर्छ।
11
इस्राएलका पवित्र परमेश्वर, भविष्यलाई रूप दिनुहुने परमप्रभु यसो भन्नुहुन्छ, “मेरा छोरा-छोरीहरूबारे मलाई प्रश्न गर्ने तेरो केही हक छैन अथवा मैले के गर्नुपर्छ, सो भन्ने पनि तेरो केही हक छैन!
12
पृथ्वी बनाउने म नै हुँ, त्यसमा बसोबास गर्ने मानिसहरू बनाउने म नै हुँ। आफ्नो शक्तिले मैले आकाश फैलाएँ, घाम, जून र ताराहरू म आफ्नो अधीनमा राख्दछु।
13
मैले नै कोरेसलाई काम गर्नलाई अनि मेरो अभिप्राय पूरा गर्न र सबै कुरा ठीक पार्न चम्काएँ। त्यसले हिँड्ने हरेक बाटो म सोझो पार्नेछु, त्यसले मेरो सहर यरूशलेम फेरि बसाल्नेछ र कैदमा परेका मेरा प्रजालाई छुटकारा दिनेछ। यो काम गर्न कसैले त्यसलाई ज्याला वा घुस दिनुपर्नेछैन।” सर्वशक्तिमान् परमप्रभु बोल्नुभएको छ।
14
परमप्रभु इस्राएललाई भन्नुहुन्छ, “मिश्र र कूशका धन तेरा हुनेछन् र सेबाका अग्ला-अग्ला मानिसहरू तेरा कमारा हुनेछन्, साङ्लाले बाँधिएर तिनीहरू तेरो पछि लाग्नेछन्। तिनीहरूले तँलाई ढोग्नेछन् र यो कुरा स्वीकार गर्नेछन्: ‘परमेश्वर तपाईंसित हुनुहुन्छ। उहाँ मात्र परमेश्वर हुनुहुन्छ।
15
आफ्ना प्रजालाई बचाउनुहुने इस्राएलका परमेश्वर, आफैं गुप्तमा रहने परमेश्वर हुनुहुन्छ।
16
मूर्ति बनाउनेहरू सबै लाजमापर्नेछन्, तिनीहरू सबैको अपमान हुनेछ।
17
तर परमप्रभुले इस्राएललाई बचाउनुभएको छ, त्यसको विजय सदाकालको निम्ति हुनेछ, त्यसका बासिन्दाहरूको कहिल्यै अपमान हुनेछैन’।”
18
परमप्रभुले स्वर्ग सृजनुभयो, उहाँ नै परमेश्वर हुनुहुन्छ! उहाँले पृथ्वीलाई आकार दिनुभयो र बनाउनुभयो, उहाँले त्यसलाई स्थिर र स्थायी बनाउनुभयो। उहाँले पृथ्वीलाई उजाड-स्थान होइन, तर मानिसहरू बसोबास गर्ने स्थान बनाउनुभयो। उहाँले नै भन्नुहुन्छ, “परमप्रभु म नै हुँ र अरू कुनै परमेश्वर छैन।
19
मैले गुप्तमा बोलेको छैनँ, मैले आफ्नो अभिप्राय लुकाएको छैनँ। मैले इस्राएलका मानिसहरूलाई व्यर्थमा मेरो खोजी गर्न लगाइनँ। म परमप्रभु हुँ र साँचो बोल्दछु, म ठीक कुरा बताउँदछु।”
20
परमप्रभु भन्नुहुन्छ, “लडाइँबाट बाँचेका हे जाति-जातिका मानिसहरू हो, तिमीहरू एकसाथ भएर आओ र आ-आफ्ना मुद्दाको लागि हाजिर होओ। जसले काठका मूर्तिहरू लिएर यात्रामा हिँड्छ र आफूलाई बनाउन नसक्ने देवीदेवताहरूलाई प्रार्थना गर्दछ, त्यसले बिल्कुलै केही जान्दैन!
21
आएर आफ्ना मुद्दा अदालतमा पेश गर र तिनीहरूले आपसमा छलफल गरून्। कसले धेरै अघिबाटै के-के हुनेछ भनी भनेको थियो? के म परमप्रभुले होइनँ, परमेश्वर जसले आफ्ना प्रजालाई बचाउनुहुन्छ? अरू कुनै परमेश्वर छँदैछैन।
22
“अब मकहाँ फर्क र बाँच, ए सारा संसारका मानिसहरू हो! म मात्र परमेश्वर हुँ, अरू कोही छैन।
23
मेरो प्रतिज्ञा साँचो छ र त्यो बदलिँदैन। म आफ्नै जीवनको शपथ खाएर भन्दछु, सबैले आएर मेरो सामुन्ने घुँडा टेक्नेछन् र मेरा भक्त भइरहने वाचा बाँध्नेछन्।
24
“मबाट मात्र उद्धार र बल पाइन्छ भनी तिनीहरूले भन्नेछन्, मसित घृणा गर्ने सबैको अपमान हुनेछन्।
25
म परमप्रभुले याकूबका सबै सन्तानहरूलाई उद्धार गर्नेछु र तिनीहरूले मेरो प्रशंसा गर्नेछन्।
← Chapter 44
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 46 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66