bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Job 1
Job 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 2 →
1
ऊज देशमा अय्यूब नाम गरेका एक जना मानिस थिए। उनले परमेश्वरलाई पुज्दथे र उहाँप्रति विश्वासयोग्य थिए। उनी असल मानिस थिए र खराब काम गर्नबाट जोगिन्थे।
2
उनका सात छोराहरू र तीन छोरीहरू थिए।
3
उनका सात हजार भेडा र तीन हजार ऊँट, एक हजार गाई-वस्तु, पाँच सय गधाहरू थिए। उनका धेरै नोकर-चाकरहरू थिए। पूर्वका मानिसहरूमध्ये उनी सबैभन्दा धनी थिए।
4
अय्यूबका छोराहरू मिलेर पालैपालो भोज दिने गरेका थिए। ती भोजमा सबै जना आउँथे। तिनीहरूले आफ्ना तीन बहिनीहरूलाई पनि भोजमा बोलाउँथे।
5
भोज भएको भोलिपल्ट अय्यूब बिहानै उठ्थे र आफ्ना प्रत्येक छोरा-छोरीका नाउँमा होमबलि चढाउँथे। उनले त्यसरी आफ्ना सन्तानलाई चोख्याउने गर्थे। सायद कोही छोरा वा छोरीले अनजानमा परमेश्वरको अपमान गरेर पाप पो गरिहाल्यो कि भनी उनले त्यसो गर्ने गर्थे।
6
स्वर्गीय जनहरू परमप्रभुको सामु उपस्थित हुने दिनमा शैतान पनि त्यहाँ पुग्यो।
7
परमप्रभुले त्यसलाई सोध्नुभयो, “तँ के गर्दै थिइस्?” शैतानले उत्तर दियो, “पृथ्वीमा चारैतिर यताउति घुमफिर गर्दै थिएँ।”
8
परमेश्वरले सोध्नुभयो, “के तैँले मेरो सेवक अय्यूबलाई देखिस्? पृथ्वीमा त्योजस्तो सोझो र असल मानिस कोही छैन। त्यसले मलाई पुज्दछ र खराब कामबाट होशियारसाथ जोगिएर बस्दछ।”
9
शैतानले जवाफ दियो, “के त्यसलाई खास लाभ नभए अय्यूबले तपाईंलाई पुज्दथ्यो र?
10
सधैँ तपाईंले त्यसका जहान परिवार र धन-सम्पत्तिको रक्षा गर्नुभएको छ। त्यसका सबै काममा तपाईंले आशीर्वाद दिनुहुन्छ र सारा देश भरिने गरी त्यसलाई गाई-वस्तु दिनुभएको छ।
11
तर त्यसका सबै चीज खोस्नुहोस् त, त्यसले तपाईंको मुखकै सामुन्ने सराप्नेछ!”
12
परमप्रभुले त्यसलाई भन्नुभयो, “ठीक छ। त्यसका सबै थोक तेरो अधिकारमा दिएँ। खालि त्यसको जिउलाई चाहिँ तैँले हात नलगाउनू।” शैतान त्यहाँबाट निस्क्यो।
13
एक दिन अय्यूबका छोरा-छोरीहरू आफ्नो जेठा दाइको घरमा भोजमा बसेका थिए।
14
एक जना मानिस यस्तो खबर लिएर अय्यूबकहाँ दगुरेर आयो, “हामी गोरुहरू जोतिरहेका थियौं, छेउमा गधाहरू पनि चरिरहेका थिए।
15
अचानक शबीहरूले हमला गरे र ती पशुहरू लगे। अरू सबै तपाईंका नोकरहरूलाई मारे। म मात्र भागेर तपाईंलाई खबर दिन आइपुगें।”
16
त्यसले बोल्दाबोल्दै अर्को नोकर आएर भन्यो, “भेडा र गोठालाहरूलाई चट्याङ्गले मार्यो। तपाईंलाई खबर दिन म मात्र बाँचेर आएँ।”
17
त्यसले भनिनसक्दै अर्को नोकर आएर भन्यो, “तीन दल कल्दी छापामारहरूले हामीमाथि हमला गरे र ऊँटहरू लुटेर लगे। मबाहेक अरू सबै तपाईंका नोकरहरूलाई तिनीहरूले मारे। तपाईंलाई खबर दिन बाँचेर आउने म मात्र भएँ।”
18
त्यो पनि बोल्दै नै थियो, अर्को नोकर आएर भन्न लाग्यो, “तपाईंका छोरा-छोरीहरूले जेठा दाजुको घरमा खानपान गर्दै थिए।
19
त्यस बेला मरुभूमिबाट आँधी-बेहरी आयो र घरै भत्काइदियो र तपाईंका छोरा-छोरीहरू सबै मरे। तपाईंलाई खबर दिन म मात्र बाँचें।”
20
ती सबै सुनेपछि अय्यूब उभिए र शोकले आफ्नो वस्त्र च्याते। तिनले आफ्ना कपाल खौरे र भूइँमा घोप्टो परे।
21
उनले भने, “म आफ्नी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो र परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्!”
22
यी सबै भए पनि अय्यूबले परमेश्वरलाई दोष दिएर पाप गरेनन्।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42