bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Job 33
Job 33
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 34 →
1
अब, हे अय्यूब, मेरा सबै कुरा ध्यान दिएर सुन्नुहोस्।
2
म मेरो मनको कुरा भन्न तयार छु।
3
मेरा सबै शब्दहरू सत्य छन्। म इमानदारसित बोल्दछु।
4
परमेश्वरको आत्माले मलाई बनाउनुभयो, उहाँको सासले मैले जीवन दान पाएँ।
5
सक्नुहुन्छ भने मलाई जवाफ दिनुहोस्। मेरो सामुन्ने आफ्नो तर्क पेश गर्नुहोस्।
6
परमेश्वरको नजरमा तपाईं र म एउटै हौं। हामी दुवै माटाले बनेका हौं।
7
यसकारण तपाईं मसित डराउनुपर्दैन। म तपाईंमाथि कुनै दबाब लाउनेछैनँ।
8
तपाईंकै मुखले यसो भनेको मैले सुनें,
9
“म दोषी छैनँ, मैले केही गल्ती गरेको छैनँ। म निर्दोष छु, मैले केही पाप गरेको छैनँ।
10
तर परमेश्वरले मलाई हमला गर्ने मौका निकाल्नुहुन्छ र मलाई शत्रुसित झैँ व्यवहार गर्नुहुन्छ।
11
उहाँले मेरा खुट्टाहरू ठिंगुरोमा ठोक्नुहुन्छ र मेरो हरेक पाइलामा नजर राख्नुहुन्छ।”
12
तर हेर्नुहोस्, अय्यूब, तपाईंले गल्ती गर्दै हुनुहुन्छ। परमेश्वर कुनै पनि मानिसभन्दा महान् हुनुहुन्छ।
13
परमेश्वरले मेरो उजुरको जवाफ दिनुहुन्न भनेर किन तपाईंले उहाँलाई दोष दिनुहुन्छ?
14
परमेश्वर अनेक प्रकारले बोल्नुहुन्छ, तर मानिसले त्यो बुझ्न ध्यानै दिँदैन।
15
राती मानिसहरू जब गहिरो निद्रामा परेका हुन्छन्, परमेश्वर तिनीहरूसित सपना वा दर्शनद्वारा बोल्नुहुन्छ।
16
परमेश्वरले तिनीहरूलाई आफ्ना वचन सुनाउनुहुन्छ, उहाँका चेतावनीहरू पाएर तिनीहरू डराउँछन्।
17
मानिसहरूलाई आफ्नो दुष्कर्म छोड्न लाउनलाई र अहङ्कारी हुनदेखि रोक्नलाई परमेश्वर तिनीहरूसित बोल्नुहुन्छ।
18
परमेश्वरले तिनीहरूलाई नाश भएर जान दिनुहुन्न र मृत्युबाट जोगाउनुहुन्छ।
19
रोग पठाएर र शरीरमा एकोहोरो पीडा दिएर परमेश्वरले मानिसलाई शिक्षा दिनुहुन्छ।
20
बिरामीको भोक हराउँछ र मीठोभन्दा पनि मीठो भोजन उसलाई रुच्दैन।
21
उसको शरीर दुब्लाएर सिट्ठा हुन्छ र उसका सबै हाडहरू देखिन्छन्।
22
ऊ मर्न लागेको हुन्छ, चिहानको नजिक पुगिसकेको हुन्छ।
23
सायद उसलाई बचाउने हजारौं स्वर्गदूतमध्ये एउटा होलान्। उनैले मानिसलाई के ठीक छ, सो बुझाउलान्।
24
अनुग्रह गरी उनले भन्छन्, “त्यसलाई छोडिदेऊ; त्यो मर्नुपर्दैन। त्यसको छुटकाराको निम्ति तिर्नुपर्ने दाम यहाँ छ।”
25
तब ऊ फेरि आफ्नो जवानीको दिनमा झैँ जवान र बलियो हुनेछ।
26
तब उसले परमेश्वरलाई प्रार्थना गर्नेछ र उहाँले जवाफ दिनुहुन्छ। आनन्दसाथ उसले परमेश्वरको आराधना गर्दछ र उहाँले उसलाई फेरि सिद्ध गराउनुहुन्छ।
27
सबैका अघि गएर उसले भन्छ, “मैले पाप गरेको छु, ठीक काम गरेको छैनँ, तर परमेश्वरले मसित बदला लिनुभएन।
28
उहाँले मलाई मृत्युबाट बचाउनुभयो र म अझै जिउँदो छु।”
29
परमेश्वरले यी सबै थोक बारम्बार गर्नुहुन्छ।
30
उहाँले मानिसको प्राण बचाउनुहुन्छ, उसलाई जीवनको पूरा आनन्द दिनुहुन्छ।
31
अब अय्यूब, मैले के भन्दै छु, सुन्नुहोस्, तपाईं चुप लाग्नुहोस् र मलाई बोल्न दिनुहोस्।
32
यदि तपाईंले केही भन्नु छ भने सुनाउनुहोस्, यदि तपाईं ठीक हुनुहुन्छ भने म स्वीकार गर्नेछु।
33
नत्र तपाईं चुप लाग्नुहोस् र मेरो कुरा सुन्नुहोस्, म तपाईंलाई बुद्धिका कुरा सिकाउनेछु।
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 34 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42